प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले जोसका साथ बाइबल पढ्ने गर्थे

हामीले इतिहासका महान्‌तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । ख्रिस्टाब्द १६४२ मा इङ्गल्यान्डमा जन्मेका तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । तिनी वैज्ञानिक क्रान्तिका एक महत्त्वपूर्ण पात्र मात्र नभई मानव इतिहासकै सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पनि पर्छन् ।

१६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक तिनको पुस्तकले सबै भौतिकशास्त्रका नियमहरूको जग बसाल्ने काम गर्‍यो । वास्तवमा विज्ञानको इतिहासमा यो कृतिलाई एक महान्‌तम पुस्तक ठानिन्छ । तिनको यही पुस्तकले गतिको चाल र विश्‍वव्यापी गुरुत्वाकर्षणका नियमहरूलाई सुत्रमा व्यक्त गर्‍यो र तिनको वैज्ञानिक दृष्टिणकोणले पछिल्ला तीन सय वर्षसम्म साम्राज्य जमायो  । हरेक ग्रहको चेतना हुन्छ भन्ने अरस्तुको सिद्धान्तलाई अन्त्यमा न्युटनको गुरुत्वाकर्षणका नियमहरूको खोजले दफन गरिदिएको थियो ।

परमेश्‍वरले “शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ” (अय्यूब २६:७) भन्‍ने बाइबलीय कथनलाई न्युटनको गुरुत्वाकर्षणको खोजले वैज्ञानिक ढङ्गमा पुष्‍टि गर्‍यो भनी सजिलैसित तर्क गर्न सकिन्छ ।

न्युटन जोसका साथ बाइबल पनि पढ्ने गर्थे, “प्रेरणा पाएका मानिसहरूद्वारा लेखिएको बाइबल परमेश्वरको वचन हो भनी म आधारभूत रूपमा विश्वास गर्दछु । म बाइबल दिनदिनै पढ्दछु ।” बाइबल र यससित जोडिएको साहित्यबारे तिनको ज्ञान प्रभावशाली थियो । एकातिर, तिनी परमेश्वरमाथि विश्वास गर्ने महान् मानिस थिए भने अर्कोतिर, तिनी विज्ञानका पनि महान् मानिस थिए । विशेष प्रकाश (बाइबल) र सामान्य प्रकाश (प्रकृति) दुवैमा आफ्नो जीवन खर्चेर तिनले संसारलाई औधी आशिष् दिए ।

१६६१ मा क्याम्ब्रिजको ट्रिनिटी कलेजमा भर्ना भएका न्युटनले बाइबलीय विषयहरूबारे पनि १३ लाखवटा शब्द लेखे । यी तीनै जिनिअस थिए जसले लेखे, “सूर्य, ग्रह र पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली बौद्धिक र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ ।”

तिनका केही रचनाहरू प्रेरितहरूको विश्‍वासको सारजस्तै देखिन्छ । उदाहरणार्थ, तिनी भन्छन्, “परमेश्‍वरले अदृश्य रूपमा संसारमाथि शासन गर्नुहुन्छ, र उहाँको आराधना गर्न उहाँले हामीलाई आज्ञा गर्नुभएको छ । … उहाँले हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टलाई बिउँताउनुभएको छ ।”

पुनरुत्थानपश्चात् ख्रीष्ट आत्मामा नभई शरीरमा नै पुनरुत्थान हुनुभएको थियो भन्ने प्रमाणको रूपमा तिनले थोमाकहाँ भएको येशूको पुनरुत्थानोत्तर प्रकटीकरणलाई प्रमाणको रूपमा उल्लेख गरेका छन् । बाइबलमाथि तिनको औधी श्रद्धा थियो ।

Facebook Comments

Powered by Youth Circle