कम्प्युटरका पिता चार्ल्स ब्याबेजका अनुसार विशुद्ध विज्ञानले हामीलाई परमेश्वरतर्फ डोर्‍याउँछ

चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता भनिएको छ । तिनी गणितज्ञ, दार्शनिकसाथै आविष्कारक पनि हुन् । यी तिनै ब्याबेज हुन् जसले प्रथम यान्त्रिक कम्प्युटरको आविष्कार गरेका थिए । तिनकै अवधारणाको सारमा वर्तमान समयका जटिलभन्दा जटिल सबै आधुनिक कम्प्युटर निर्माण हुन्छन् । आज विज्ञान र प्रविधिमा ब्याबेजका सैयौँ आविष्कार प्रयोगमा छन् । ब्याबेज त्यस्तो समयमा बाँचेका थिए जुन बेला विद्युत-शास्त्र वा हामीले जानेका जस्तो बिजुली अस्तित्वमा आइसकेको थिएन । कम्प्युटर मानवीय दिमागमा मात्र सीमित थियो र यो कस्तो किसिमको हुन सक्नेथियो भन्नेबारे कुनै अवधारणा थिएन ।

मनग्गे वैज्ञानिक किताबहरूसमेत लेखेका ब्याबेज महान् आविष्कारक र लेखक मात्र नभई एक भक्त ख्रीष्‍टियान पनि थिए । तिनले लेखेका छन्, “मेरी श्रेष्ठ आमाले मलाई मेरो दैनिक र रात्री प्रार्थनाका स्वाभाविक स्वरूपहरू सिकाइन् । मेरा पिता न मेरी आमामा धर्मान्धताको कुनै मिश्रण थियो ।” ख्रीष्टियान परिवारमा हुर्केका ब्याबेजले थुप्रै ख्रीष्‍टियान किताब पनि लेखेका छन् जसले ख्रीष्‍टियान विश्वासप्रति तिनको भक्तिलाई छर्लङ्ग पार्छन् । तिनको एउटा कृति विश्वास र विज्ञानको विषयसित सम्बन्धित छ । ब्याबेजले आफ्ना पुस्तकहरू र भाषणहरूमा बारम्बार उल्लेख गरेका छन् कि विशुद्ध विज्ञानले तपाईं र मलाई सधैँ परमेश्वरमाथिको विश्वासतर्फ अगुवाइ गर्छ । फलतः तिनले गणितमा भएको आफ्नो खुबीलाई सधैँ बाइबलको समर्थनको लागि प्रयोग गरे ।

प्यासेजेस फ्रम द लाइफ अफ अ फिलोसफर (१८६४) नामक आफ्नो आत्मकथामा ब्याबेजले एउटा पूरै अध्याय धर्मको विषयमा चर्चा गरेका छन् जहाँ तिनले ईश्वरीय ज्ञानका तीनवटा स्रोतलाई पहिचान गरेका छन् जसमध्ये एउटा ज्ञानचाहिँ सृष्टिकर्ताका कामहरूको जाँचबाट आउँछ भनी तिनले उल्लेख गरेका छन् । ब्याबेजको लागि यो सारा विश्व ज्यादै व्यवस्थित छ भनी बताउले सोद्देश्यमूलक तर्क परमेश्वरको अस्तित्वको लागि ज्यादै शक्तिशाली तर्क थियो । प्राकृतिक ईश्वरशास्त्रका पक्ष पोषक तिनले लेखेका छन्, “सृष्टिकर्ताका कामहरू हाम्रा इन्द्रियहरूमा सधैँ उपस्थित छन् जसले उहाँको शक्ति र भलाइबारे जीवित र अटुट गवाही दिन्छन् जुन मानवीय गवाहीद्वारा सम्प्रेषण गरिएको कुनै पनि साक्षीभन्दा श्रेष्ठतर छन् ।”

Facebook Comments

Powered by Youth Circle