बाइबलको ईश्वरीय प्रेरणाबारे ७ ओटा घतलाग्दा भनाइ

प्रेरणा पाएका मानिसहरूद्वारा लेखिएको बाइबल परमेश्वरको वचन हो भनी म आधारभूत रूपमा विश्वास गर्दछु । म बाइबल दिनदिनै पढ्दछु ।

सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

बाइबल मानिसलाई परमेश्वरले दिनुभएको सर्वोत्तम उपहार हो भनी म विश्वास गर्दछु । संसारका मुक्तिदाताले सम्पूर्ण असल कुराहरू यस पुस्तकद्वारा हामीलाई दिनुभएको छ ।

अब्राहाम लिङ्कन, अमेरिकाका सोर्‍हौँ राष्ट्रपति

परमेश्वरको मस्तिष्क, मानिसको अवस्था, उद्धारको मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको प्रसन्नता बाइबलमा समावेश छन् । यसका सिद्धान्तहरू पवित्र छन्; यसका आज्ञाहरू पालनीय छन्; यसका निर्णयहरू अपरिवर्तनीय छन् । विश्वास गर्ने उद्देश्यले यसलाई पढ्नुस्; सुरक्षित हुने उद्देश्यले यसलाई विश्वास गर्नुस्; पवित्र हुने उद्देश्यले यसलाई अभ्यास गर्नुस् । तपाईंलाई बाटो देखाउने ज्योति, भरणपोषण गर्ने भोजन र प्रसन्न पार्ने सान्त्वना पाइन्छ यसमा । यो यात्रुको पथप्रदर्शक, तीर्थयात्रीको लौरो, विमान चालकको कम्पास, सिपाहीको तरवार र ख्रीष्टियानको अधिकार-पत्र हो । यहाँ स्वर्गलोक पुनस्थापना गरिएको छ; स्वर्ग खोलिएको छ र नरकका द्वारहरू उदाङ्गो पारिएका छन् । ख्रीष्ट यसको मुख्य विषयवस्तु हुनुहुन्छ; हाम्रो भलाइ यसको संरचना हो र परमेश्वरको महिमा यसको अन्त्य हो । यसले स्मृतिलाई भर्नुपर्छ; हृदयलाई शासन गर्नुपर्छ र पाउलाई अगुवाइ गर्नुपर्छ । यसलाई बिस्तारै, दैनिक र प्रार्थनापूर्वक पढ्नुस् । यो धन सम्पत्तिको खानी, महिमाको स्वर्गलोक र आनन्दको नदी हो । यो यस जीवनमा तपाईंलाई दिइएको छ; न्यायमा खोलिने छ र सदासर्वदा यसको सम्झना गरिने छ । यसमा उच्चतम उत्तरदायित्व सम्मिलित छ; यसले महानतम श्रमिकलाई इनाम दिनेछ र यसको विषयवस्तुसित खेलवाड गर्नेहरूलाई यसले दण्ड दिने छ ।

ह्वाइटहेड

बाइबल परमेश्वरको वचन थियो भन्ने विश्वाससँगै हुर्कें म । मेरो प्रारम्भिक जीवनमा मेरा आमा बाबुको अधिकारमा मैले यसलाई विश्वास गरेँ र यसबारे कहिल्यै पनि गम्भीर रूपमा प्रश्न उठाइनँ । तर मेरो जीवनको पछिल्लो घडीमा बाइबलमाथि भएको मेरो विश्वास एक जना ज्यादै विख्यात, विद्वतापूर्ण र प्रतापी सन्देहवादीका रचनाहरूद्वारा धुजाधुजा पारियो । मैले आफैलाई आमनेसामने यो प्रश्न गरेको भेट्टाएँ: तपाईं किन बाइबललाई परमेश्वरको वचनको रूपमा स्वीकार गर्नुहुन्छ ? मसँग कुनै सन्तुष्टप्रद उत्तर थिएन । मैले यस प्रश्नको जरासम्म पुग्ने निधो गरेँ । यदि बाइबल परमेश्वरको वचन थियो भन्ने सन्तुष्टप्रद उत्तर फेला नपारिएको खण्डमा जस्तोसुकै मुल्य चुकाउनु परे तापनि म पूरै कुरोलाई त्यागिदिनेथिएँ । यदि बाइबल परमेश्वरको वचन थियो भन्ने सन्तुष्टप्रद उत्तर फेला पारिएको खण्डमा जस्तोसुकै मुल्य चुकाउनु परे तापनि म दृढ हुनेथिएँ । निस्सन्देह मेरा थुप्रै मित्र थिए जसले चित्त बुझ्ने गरी यस प्रश्नको उत्तर दिन सक्थे । तर मेरो आफ्नोनो हृदयमा मैले गरेको सङ्घर्षबारे तिनीहरूले दिएको जवाफ पछ्याउन म अनिच्छुक थिएँ । तसर्थ मैले परमेश्वर र पुस्तकहरूबाट जवाफ खोजेँ र निकै दर्दनाक अध्ययन र मननपश्चात् म सन्देहवादको अन्धकारबाट विश्वासको उज्यालो र बाइबल सुरुदेखि अन्त्यसम्म परमेश्वरको वचन हो भन्ने निश्चयताको ज्योतिमा आएँ ।

आर. ए. टोरी, पास्टरसाथै लेखक

जसरी भौतिक जीवनको लागि श्वासप्रश्वासको खाँचो छ, त्यसै गरी आत्मिक जीवनको लागि बाइबलको … खाँचो छ । हाम्रो जीवनको लागि परमेश्वरको वचनभन्दा अन्य कुनै कुरो बेसी आवश्यक छैन ।

ज्याक हेफोर्ड

बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानतम आशिष् हो । यसका लेखक परमेश्वर स्वयम् हुनुहुन्छ; … यो पूर्णतः शुद्ध छ; पूर्णतः इमान्दार छ; यो अधीक पनि छैन र कम पनि छैन ।

जोन लक, अङ्ग्रेज दार्शनिकसाथै विचारक

यो पुस्तक [बाइबल] लाई यी तीनमध्ये एक थरीले लेखेको हुनुपर्छः असल मानिसहरू, खराब मानिसहरू वा परमेश्वर । यो असल मानिसहरूद्वारा लेखिएको हुन सक्दैन किनकि यसले परमेश्वरबाट प्रेरणा पाएको छ भनी तिनीहरूले भनेका छन् । असल मानिसहरूले झुट बोल्दैनन् र ठग्ने काम गर्दैनन् । यो खराब मानिसहरूद्वारा लेखिएको हुन सक्दैन किनकि आफ्नो विषयमा निन्दा गर्ने कुराहरू खराब मानिसहरूले लेख्दैनन् । तब एउटै निष्कर्ष बाँकी छ । यो परमेश्वरको प्रेरणाबाट आएको हो ।

जोन वेस्ली, ईश्वरशास्त्रीसाथै लेखक

Facebook Comments

Powered by Youth Circle