चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे 

नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एउटा आदिवासी जातिको नाउँ हो । यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे । यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो ।

यो वर्षौंअगिको कुरो हो । रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए । तिनी खानाको खोजीमा गएका थिए । कुनै ईश्वरले तिनको आवाज सुनुन् भनी तिनले ईश्वरको पुकारा गरे । तिनले जवाफ स्वरूप एउटा चिन्ह पनि मागे ।

ती मछुवाले प्रार्थना सकेका केही समय बित्न नपाउँदै आकाशबाट तिनको नजिकै एउटा बाइबल खस्यो । तिनी परमेश्वरको वचनको प्रति लिएर आफ्नो गाउँमा फर्के र तिनको भनाइ थियो, “मैले चिन्ह पाएँ ।” ती मछुवा एउटा मण्डलीमा उपस्थित भए जहाँ नेनेट्स जातिका ३० जना ख्रीष्टियान सङ्गति गर्थे ।

त्यो बाइबल आकाशबाट कसरी खसेको रहेछ त ? ती मछुवाले चिन्ह प्राप्त गरेका दिनमा रुसको सलेकहार्ड नामक सहरबाट एउटा हेलिकप्टर उडेको कुरा ती गाउँलेहरूलाई थाहा थिएन । त्यस विमानमा दुई जना सरकारी कर्मचारीले खाँचोमा परेका ती गाउँलेहरूलाई केही राहत ल्याएका थिए । आकाशमा उड्दै गर्दा तिनीहरूले विमानभित्र भएका सामानहरू बन्दोवस्त गरे । एक जनाले अर्कोलाई भन्यो, “यी खानाका बाकसहरू त ठिकै छन् तर हामीलाई यी पुस्तकहरूको के खाँचो ?” त्यसैले एक जना अधिकारीले झ्यालबाट केही बाइबलहरू फ्याँक्न थाले । ती खसालिएका बाइबलहरूमध्ये एक प्रति ती मछुवाको नजिकै खस्न पुगेको थियो ।

Facebook Comments

Powered by Youth Circle