येशूको मृत्युबारे २७ ओटा मन छुने भनाइ

हे मेरा मित्रहरू, पृथ्वीमा एउटा स्थान छ जहाँ मृत्यु, पाप र न्यायको डरले हामीलाई कहिल्यै बेचैन तुल्याउँदैन; पृथ्वीमा भएको एउटै मात्र सुरक्षित स्थान जहाँ पापी खडा हुन सक्छ । त्यो हो— गलगथा ।

डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरूका पापको प्रायश्चित्तको लागि मर्नुभयो र तीन दिनपश्चात् फेरि जीवित हुनुभयो । यो विश्वको सबैभन्दा महत्त्वपूर्ण सत्यता हो ।

वाचम्यान नी, अगुवासाथै शिक्षक

ख्रीष्टको क्रुस वीरतापूर्ण कुरो थिएन भनी मानिसहरूले भनेका छन् । तर म तपाईंहरूलाई भन्न चाहन्छु कि मानवीय इतिहासमा अन्य कुनै घटनाले भन्दा येशू ख्रीष्टको क्रुसले मानिसका आत्माहरूमा बेसी वीरता हालिदिएको छ ।

जोन जी. लेक, अगुवासाथै मिसनरी

ख्रिस्टियमत कुनै सुत्र होइन तर येशू आफैको व्यक्तित्व हो । ख्रिस्टियमत भनेको आचरण मिलाउनु हो भनी कहिल्यै नठान्नुहोस्, बरु ख्रीष्टलाई उहाँको शक्ति र सामर्थ्यसाथ हामीमा जिउन दिनु हो ।

माल्कोम स्मिथ

ख्रीष्ट र उहाँको क्रुसारोहणलाई बोध गर्न सिक्नुहोस् । उहाँको लागि गाउन सिक्नुहोस् र भन्नुहोस्, “हे प्रभु येशू, तपाईं मेरो धार्मिकता हुनुहुन्छ र म तपाईंको पाप हुँ” । जे मेरो हो त्यो तपाईंले आफै बोक्नुभएको छ र तपाईंको चाहिँ मलाई दिनुभएको छ । म जे थिइनँ त्यो हुन सकूँ भनेर तपाईं जे हुनुहुन्थेन तपाईं त्यो हुनुभएको छ ।

मार्टिन लुथर, ईश्वरशास्त्रीसाथै प्राध्यापक

ख्रीष्टले जिउनुभएको जीवनले उहाँले भोग्नुभएको मृत्युलाई योग्य तुल्यायो र उहाँले भोग्नुभएको मृत्युले हामीले जिउने जीवनलाई योग्य तुल्याउँछ ।

अज्ञात

अन्धकारमा कुनै छनौट हुँदैन । वस्तुहरूको भिन्नता छुट्टयाउन हामीलाई सक्षम तुल्याउने कुरो त ज्योति हो र हामीलाई ज्योति दिने ख्रीष्ट हुनुहुन्छ ।

सी. टी. ह्वाइटमेल

येशूले आफ्नो जीवन तपाईंको निम्ति जिउनुभयो र उहाँले आफ्नो जीवन तपाईंको निम्ति दिनुभयो । अब उहाँले आफ्नो जीवन तपाईंद्वारा जिउन चाहुनुहुन्छ ।

ज्याक्विलेन के. हेस्ली

कोही सिद्ध छैन । एक मात्र जो सिद्ध हुनुहुन्थ्यो उहाँलाई क्रुसमा चढाइयो ।

लोरेट्टा ल्यान,

क्रुसको विजयलाई आएर हेर्नुहोस् । ख्रीष्टका चोटहरू तपाईंका चङ्गाइ हुन्; उहाँका वेदना तपाईंका विश्राम हुन्; उहाँका सङ्घर्ष तपाईंका जित हुन्; उहाँका आर्तनाद तपाईंका गीत हुन्; उहाँका दर्द तपाईंका चैन हुन्; उहाँको लाज तपाईंको महिमा हो; उहाँको मृत्यु तपाईंको जीवन हो र उहाँको दुःखकष्ट तपाईंको उद्धार हो ।

मत्ती हेन्‍री, सेवकसाथै लेखक

ख्रीष्ट स्वैच्छापूर्वक क्रुसमा जानुभयो तर हाम्रा पापले उहाँलाई त्यहाँ लगेका थिए ।

फ्रान्कलिन ग्राहाम, सुसमाचार प्रचारकसाथै मिसनरी

ख्रीष्टियान समुदाय क्रुसको समुदाय हो किनकि क्रुसद्वारा नै यसलाई अस्तित्वमा ल्याइएको छ र यसको आराधनाको केन्द्रबिन्दु एक पटक मारिनुभएका थुमा हुनुहुन्छ जो अहिले महिमित हुनुहुन्छ ।

जोन स्टट, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक

हामी शक्तिविहीन हुँदा हामीले केवल ख्रीष्टको क्रुसमा शक्ति पाउँछौँ । हामी कमजोर हुँदा हामीले सामर्थ्य पाउँछौँ । हाम्रो अवस्था आशाविहीन हुँदा हामीले आशाको अनुभव गर्छौं । हाम्रा बेचैन हृदयका लागि केवल क्रुसमा शान्ति पाइन्छ ।

मिखाएल योसेफ

यदि हामी हामीप्रति भएको परमेश्वरको प्रेमको प्रमाण चाहन्छौँ भने हामीले पहिले क्रुसमा हेर्नुपर्छ जहाँ परमेश्वरले हाम्रा पापका निम्ति आफ्ना पुत्रलाई बलिदानको रूपमा अर्पण गर्नुभयो । कलवरी हाम्रा निम्ति परमेश्वरको प्रेमको वास्तविक, पूर्ण, अखण्डनीय प्रमाण हो ।

जेरी ब्रिज, ख्रीष्टियान लेखकसाथै वक्ता

“हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दै छन् सो जान्दैनन्” भन्ने क्रुसमा व्यक्त उहाँको शोकाकुल वेदनाले पापीहरूप्रति भएको परमेश्वरको हृदयलाई झल्काउँछ ।

जोन आर. राइस, सुसमाचार प्रचारक, पास्टरसाथै सम्पादक

क्रुस संसारको इतिहासको केन्द्रबिन्दु हो । ख्रीष्टको अवतार र हाम्रा प्रभुको क्रुसारोहण यस्ता वृत्ताकार धुरी हुन् जसका वरिपरि सबै युगका घटनाहरू घुम्छन् । ख्रीष्टको गवाही अगमवाणीको आत्मा थियो र येशूको बढ्दो शक्ति इतिहासको आत्मा हो ।

अलेक्ज्यान्डर म्याकफर्लेन, ख्रीष्टियान सेवक

परमेश्वरले आफ्नो प्रेम क्रुसमा प्रमाणित गर्नुभयो । ख्रीष्ट झुण्ड्याइनुहुँदा, उहाँले रगत बगाउनुहुँदा र उहाँ मर्नुहुँदा उहाँले संसारलाई भन्दै हुनुहुन्थ्यो, “म तिमीलाई माया गर्दछु ।”

बिल्ली ग्राहाम, सुसमाचार प्रचारक

मैले ठुला–ठुला भिडहरूलाई प्रचार गरेकोले वा धेरै पटक बाइबल पढेकोले म स्वर्ग जाँदिनँ । क्रुसमा आखिरी घडीमा “हे येशू, … मलाई सम्झनुहोस्” भन्ने डाँकुजस्तै गरी म स्वर्ग जाँदै छु ।

बिल्ली ग्राहाम, सुसमाचार प्रचारक

हामी साहसपूर्वक परमेश्वरको सिंहासनमा जान सक्छौँ किनकि क्रुसमा येशूले हाम्रो निम्ति जे गर्नुभयो त्यसको शक्तिमा हामी निर्धक्क छौँ ।

जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता

क्रुसलाई सहनु दुर्भाग्य होइन; यो त्यो दुःखकष्ट हो जुन येशू ख्रीष्टप्रतिको एक मात्र बफादारीको फल हो ।

डाइट्रिच बोनहफर, पास्टरसाथै ईश्वरशास्त्री

क्रुसमा परमेश्वरले संसारका पापका निम्ति येशूलाई दण्ड दिँदै हुनुहुन्थ्यो । परमेश्वरको न्यायको लागि पापीहरूलाई दण्ड दिनु आवश्यक थियो र उहाँको अवर्णनीय प्रेममा उहाँ आफैले क्रुसारोहण हुनुभएका उहाँका पुत्रमा मूल्य चुकाउनुभयो ।

लेविस बी. स्मेडेस, लेखक, नीतिज्ञसाथै ईश्वरशास्त्री

हामीले प्रशस्तताको जीवन पाउन सकौँ भनेर येशूले हाम्रा लागि उत्कृष्ट मूल्य चुकाउनुभयो । उहाँले हाम्रा सबै पाप स्वैच्छापूर्वक आफैमा लिनुभयो र क्रुसमा आफ्नो जीवन अर्पण गर्नुभयो ताकि हामीलाई क्षमा मिल्न सकोस् र हामीले उहाँमा नयाँ जीवन पाउन सकौँ ।

जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता

हाम्रा पापको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टले मृत्युसम्मै दुःख भोग्नुभयो ।

पोलिकार्प, ख्रीष्टियान बिशपसाथै सहिद

उहाँले वास्तवमै दुःख भोग्नुभयो अनि उहाँ मर्नुभयो र फेरि जीवित हुनुभयो ।

इग्नेसियस, प्रेरितिय पिता, बिशपसाथै सहिद

येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान मानवीय इतिहासमा घटेका सबैभन्दा महत्त्वपूर्ण घटनाहरू थिए ।

बिल्ली ग्राहाम, सुसमाचार प्रचारक

हामीलाई हामीले तिर्न नसक्ने ऋण लागेकोले ख्रीष्टले आफूलाई नलागेको ऋण तिर्नुभयो ।

बब बोट्सफोर्ड, पास्टर

हे प्रभु येशू, तपाईं मेरो धार्मिकता हुनुहुन्छ; म तपाईंको पाप हुँ । जे मेरो हो, त्यो तपाईंले लिनुभएको छ, र जे तपाईंको हो, त्यो तपाईंले मलाई दिनुभएको छ ।

मार्टिन लुथर, ईश्वरशास्त्री, सुधारक

Facebook Comments

Powered by Youth Circle