दार्शनिक सोलोमनद्वारा व्यक्त भनाइबाट मानिस र पशुको मृत्युको बिचमा कुनै भिन्नता छैन जस्तो देखिन्छ, “मानिसको भाग्य पशुको झैँ हुन्छ । ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्छ । एउटा जसरी मर्छ, अर्को पनि त्यसरी नै मर्छ । सबैको एउटै सास हुन्छ । मानिसहरूको पशुभन्दा बढी सुविधा हुँदैन । हरेक कुरा व्यर्थ हो” (उपदेशक ३:१९) । तर उही पुस्तकको अर्को ठाउँमा सोलोमनले प्रस्ट पारेका छन् कि मानिसको आत्मा परमेश्वरकहाँ फर्कन्छ, “जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर” (उपदेशक १२:७) । के मानिसको भाग्य पशुको भन्दा फरक हुँदैन र ?
मानिस र पशुको मृत्युको बिचमा समानतासाथै भिन्नताहरू छन् । मानिस र पशु दुवै मर्छन् र धुलोमा फर्कन्छन् । तिनीहरूको मृत्यु निश्चित छ र तिनीहरूले मृत्युलाई रोक्न सक्दैनन् । यो अर्थमा मानिस र पशुको भाग्य उस्तै छ ।
मानिस र पशुको बिचमा समानता मात्रै होइन, भिन्नताहरू पनि छन् । सोलोमन आफैले प्रस्ट पारेका छन् कि मानिसको आत्मा आत्मा दिनुहुने परमेश्वरकहाँ फर्केर जान्छ (उपदेशक १२:७) । मानिसको जस्तै पशुको अमरणशील आत्मा हुँदैन । भविष्यमा मानिसको न्याय गरिने छ, पशुको गरिने छैन । पशुहरू आफ्नो लेखा दिन जवाफदेही छैनन् जस्तो हामी छौँ । नरक पशुको लागि होइन । तिनीहरू शरीरबाट अनुपस्थित भएर प्रभुको उपस्थितिमा जाँदैनन्, जस्तो मानिसहरू जान्छन् (२ कोरिन्थी ५:८) । तिनीहरूको पुनरुत्थान हुँदैन, न त तिनीहरूले नयाँ शरीर पाउने छन् (यूहन्ना ५:२८-२९; प्रकाश २०:४-६) ।
भौतिक शरीरमा मानिस र पशुको मृत्युको भाग्य समान देखिए तापनि आत्मिक राज्यमा ठुलो भिन्नता छ ।