आफ्नो विश्वासको रक्षा गर्नुहोस्— येशूका भाइ यहूदा

चार्ली एच. क्याम्पबेल कलेज पढ्दा नास्तिक थिए । तर एक्काइस वर्षको उमेरमा आइपुग्दा तिनले कतै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि भनेर प्रश्न गर्न थाले । बाइबल, येशू ख्रीष्ट र परमेश्वरको पक्षमा लेखिएका तर्कसङ्गत पुस्तकहरू पढेपछि तिनी छक्क परे । नास्तिकवाद साक्षीमा आधारित नभएको र ख्रिस्टियमत साक्षीमा आधारित भएको देखेपछि १९९० मा तिनले येशूलाई ग्रहण गरे । हाल लेखकसाथै लोकप्रिय पाहुना शिक्षक चार्ली ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने अलवेज बि रेडी नामक सेवाको निर्देशक पनि हुन् । तिनले लेखेका छन्ः

तपाईंको देशको बारेमा मानिसहरूले सोध्ने सामान्य प्रश्नहरूको लागि आफैलाई तयार पार्न बेवास्ता गरी के तपाईं आफ्नो देशको राजदूत भएको कल्पना गर्न सक्नुहुन्छ ? त्यो गैरजिम्मेवार हुने छ । चावडै नै तपाईंले आफ्नो जागिर गुमाउनुहुनेछ । हामी उहाँका राजदूत हौँ भनी परमेश्वर भन्नुहुन्छ (२ कोरिन्थी ५:२०) । यस्तो हुने छ भन्ने देखेकोले मेरो विचारमा हरेक ख्रीष्टियानले यस प्रश्नलाई मनन गर्नु महत्त्वपूर्ण हुन्छः मानिसहरूले परमेश्वरको विषयमा सोध्ने सामान्य प्रश्नहरूको जवाफ दिन के म तयार छु ? बाइबल भरोसायोग्य छ भनेर म किन विश्वास गर्दछु भनी कसैलाई व्याख्या गर्न के म तयार छु ? हाम्रो विश्वासको रक्षा गर्न हामी तयार हुनुपर्छ भनी १ पत्रुस ३:१५ ले भन्छ । के तपाईं तयार हुनुहुन्छ ? दुःखसाथ भन्नुपर्छ कि धेरै ख्रीष्टियानले परमेश्वर र बाइबलको सम्बन्धमा भएका प्रश्नहरूको जवाफ दिनका लागि आफैलाई तयार पार्न वर्षभरिमा तिनीहरूले बिताउने समयभन्दा तिनीहरूले हप्तामा टी. भी. हेर्न बढी समय बिताउँछन् । विश्वासको रक्षा गर्ने काम पास्टरको हातमा नछोड्नुहोस् । मण्डलीलाई सन्तहरूको सेनाको खाँचो छ जसले सत्यतालाई चित्त बुझाउने गरी र अनुग्रहपूर्वक स्पष्टसवग व्यक्त गर्न सक्छन् । हामीलाई विश्वासको रक्षा गर्न बोलाइएको छ (यहूदा ३) ।

यहूदाले लेखेका छन्, “प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने” (यहूदा ३) ।

Facebook Comments

Powered by Youth Circle