येशूको क्रूसबारे १७ ओटा शानदार भनाइ

क्रूस हराएकाहरूको बाटो हो ।

क्रूस लङ्गडाहरूको लट्ठी हो ।

क्रूस दृष्टिविहीनहरूको गाइड हो ।

क्रूस कमजोरहरूको ताकत हो ।

क्रूस आशाविहीनहरूको आशा हो ।

क्रूस दासहरूको स्वतन्त्रता हो ।

क्रूस बिउहरूको पानी हो ।

क्रूस श्रमिकहरूको सान्त्वना हो ।

क्रूस पानी खोज्नेहरूको स्रोत हो ।

क्रूस नाङ्गाहरूको वस्त्र हो ।

अफ्रिकी भजन

मुक्ति क्रूस र क्रूसमा टाँगिनुभएका ख्रीष्टबाट आउँछ ।

आन्द्रु मुर्रे

क्रूसमा स्वेच्छापूर्वक जानुहुने ख्रीष्ट हुनुहुन्थ्यो र हाम्रा पापले उहाँलाई त्यहाँ लगेका थिए ।

फ्र्याङ्कलिन ग्राहम

ख्रीष्टियान समुदाय क्रूसको समुदाय हो, किनकि क्रूसद्वारा नै यसलाई अस्तित्वमा ल्याइएको छ र यसको आराधनाको केन्द्र एक पटक मारिनुभएका तर अहिले महिमित हुनुभएका थुमा हुनुहुन्छ ।

जोन स्टट, ईश्वरशास्त्रीसाथै लेखक

केवल ख्रीष्टको क्रूसमा

हामी शक्तिहीन हुँदा शक्ति पाउने छौँ ।

हामी कमजोर हुँदा सामर्थ्य पाउने छौँ ।

हाम्रो अवस्था निराश हुँदा आशाको अनुभूति गर्ने छौँ ।

केवल क्रूसमा कष्ट भोगेको आत्माका लागि शान्ति छ ।

मिखाएल युसुफ

तपाईं हाम्रो निम्ति परमेश्वरको प्रेमको प्रमाण चाहनुहुन्छ भने हामीले पहिले क्रूसमा हेर्नुपर्छ जहाँ परमेश्वरले हाम्रा पापका लागि आफ्ना पुत्रलाई बलिदानस्वरूप अर्पण गर्नुभयो । कलवरी हाम्रो लागि परमेश्वरको प्रेमको वस्तुगत, पूर्ण र अखण्डनीय प्रमाण हो ।

जेरी ब्रिजेस

क्रूस संसारको इतिहासको केन्द्र हो । ख्रीष्टको देहधारण र हाम्रा प्रभुको क्रुसीकरण एउटा गोलो धुरी हो जसको वरिपरि युग-युगका घटनाहरू घुम्छन् । ख्रीष्टको गवाही अगमवाणीको आत्मा थियो, र येशूको बढ्दो शक्ति इतिहासको आत्मा थियो ।

अलेक्ज्यान्डर म्याकलरेन

क्रूस परमेश्वरको प्रेमको सर्वोच्च साक्षी हो ।

एरिस साउर, ईश्वरशास्त्री

क्रूसमा ख्रीष्टको मृत्यु दुर्घटना थिएन, तर महिमित घटना थियो ।

क्रिस्टोफर क्याथरवुड

ख्रीष्टको क्रूस याकूबको भर्‍याङ हो, जसद्वारा हामी उच्चतम स्वर्गमा उक्लन्छौँ ।

थोमास त्राहर्नेम, कविसाथै लेखक

ख्रीष्टको क्रूसले दुईवटा कुराको घोषणा गर्छः पहिलो, संसारप्रति परमेश्वरको असीमित प्रेम; दोस्रो, पापप्रति परमेश्वरको असीमित घृणा ।

आर. ए. टोरी, ईश्वरशास्त्री

येशू ख्रीष्टको क्रुसीकरण इतिहासको एकलसाथै निकै मजबुत सत्यता हो । कुनै पनि सैनिक युद्ध, भौगोलिक अन्वेषण, वैज्ञानिक आविष्कार, साहित्यिक सृजना, कलात्मक प्राप्ति र नैतिक वीरता यसको तुलनामा आउँदैन । यो अद्वितीय, विशाल, स्मरणयोग्य, अभूतपूर्व र अतुलनीय छ । … ख्रीष्टको क्रूस केन्द्रिय सत्यता हो, जसको सामु अन्य सबै सत्यता कम महत्त्वका छन् ।

युजेन एच. पिटर्सन, पास्टरसाथै लेखक

क्रूसमा ख्रीष्टको दुःखकष्ट ख्रीष्टियान विश्वासको केन्द्र हो । त्यहीँ नै उहाँको ईश्वरत्व, मानवता, कार्य र दुःखकष्टलाई निकै प्रस्टसित देखिन्छ ।

जोन माकार्थुर, ईश्वरशास्त्रीसाथै लेखक

हे प्रभु, तपाईंको यस मिठो र बचाउने चिन्हद्वारा तपाईं र हाम्रा वैरीहरूबाट हामीलाई बचाउनुहोस् ।

हे येशू, तपाईंका चोटग्रस्त पाउद्वारा हाम्रो मार्ग सिधा तुल्याइदिनुहोस् ।

हे येशू, तपाईंका काँटी ठोकिएका हातद्वारा हाम्रा हात प्रेमका काममा लगाइदिनुहोस् ।

हे येशू, तपाईंको घोचिएको कोखाद्वारा हाम्रा इच्छा सफा बनाइदिनुहोस् ।

हे येशू, तपाईंको काँडाको मुकुटद्वारा हाम्रो घमण्डलाई निमिट्ट्यान पारिदिनुहोस् ।

हे येशू, तपाईंको मौनताद्वारा हाम्रा गनगनलाई लज्जित तुल्याइदिनुहोस् ।

हे येशू, तपाईंको सुक्खा ओठद्वारा हाम्रा क्रुर वचनलाई बङ्ग्याइदिनुहोस् ।

हे येशू, तपाईंका आँखा चिम्लाइद्वारा हाम्रो पापलाई फेरि नहेर्नुहोस् ।

हे येशू, तपाईंको टुटेको हृदयद्वारा हाम्रो टुटेको हृदयलाई बुनिदिनुहोस् ।

हे प्रभु, तपाईंको यस मिठो र बचाउने चिन्हद्वारा हामीलाई हाम्रो र तपाईंको शान्तिमा लैजानुहोस् ।

रिचार्ड क्रसअसाथै अन्य

येशू र क्रूसमा टाँगिनुभएका येशूलाई जान्नु मेरो दर्शनशास्त्र हो र त्योभन्दा उच्चतर केही छैन ।

सन्त बर्नार्ड, भिक्षु

गरिबीको क्रूस, भोकको क्रूस, अन्य सबै किसिमको क्रूसमा रूपान्तरण आउन सक्छ, किनकि ख्रीष्टको क्रूस हाम्रो संसारमा ज्योति बनेको छ । यो आशा र उद्धारको ज्योति हो । यसले सबै मानवीय दुःखकष्टलाई अर्थ प्रदान गर्छ । यसले अनन्त जीवन, शोकबाटको मुक्ति, पापबाटको मुक्तिसहितको प्रतिज्ञा लिएर आउँछ ।

पोप जोन पावल द्वितीय

क्रूसको मार्ग भनेको ज्योतिको मार्ग हो ।

मध्यकालीन ल्याटिन उखान

Facebook Comments

Powered by Youth Circle