ख्रिस्टमसबारे ५५ ओटा शानदार भनाइ

ख्रिस्टमसको प्रतिज्ञा यही होः हामीसित मुक्तिदाता हुनुहुन्छ र उहाँको नाउँ येशू हो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रिस्टमसको कथा हाम्रो निम्ति भएको परमेश्वरको अनवरत प्रेमको कथा हो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

हे प्रेमिलो परमेश्वर, हामीलाई येशूको जन्मदिन याद गर्न मदत गर्नुहोस् ताकि हामी स्वर्गदूतहरूको गीत, गोठालाहरूको खुसी र बुद्धिमान् मानिसहरूको आराधनामा सहभागी हुन सकौँ ।

रोबर्ट लुइस स्टेभेन्सन, उपन्यासकारसाथै कवि

म साँच्चै विश्वास गर्दछु कि हामीले ख्रिस्टमसको कथा बताइरह्‍यौँ, ख्रिस्टमससम्बन्धी गीतहरू गाइरह्यौँ र ख्रिस्टमसको आत्माअनुसार जिइरह्यौँ भने हामीले यस संसारमा आनन्द, खुसी र शान्ति ल्याउन सक्छौँ ।

नर्मन भिन्सेन्ट पेल, पास्टरसाथै लेखक

ख्रीष्टको उपस्थितिविना संसारका सबै ख्रिस्टमस उपहारहरू निरर्थक हुन्छन् ।

डेभिड जेरेमिया, लेखकसाथै टेलिभिजन व्यक्तित्व

ख्रिस्टमसमा कसले थप्न सक्छ ? संसारप्रति परमेश्वरको प्रेम सिद्ध मनसाय थियो । उहाँका एक मात्र पुत्र सिद्ध उपहार थियो । एक मात्र माग उहाँमा विश्वास गर्नु हो । विश्वासको इनाम अनन्त जीवन हो ।

कोरी टेन बुम, लेखिका

ख्रिस्टमस आनन्द, धार्मिक आनन्द, ज्योति र शान्तिको भित्री आनन्द हो ।

पोप फ्रान्सिस

संसारमा ख्रीष्टको आगमनको मुख्य उद्देश्य मानव जातिका पापका लागि उहाँले आफ्नो जीवन बलिदानस्वरूप अर्पण गर्नुथियो । उहाँ मर्नका लागि आउनुभयो । यही नै ख्रिस्टमसको मुख्य विषयवस्तु हो ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारक

उहाँ एउटी आमाको गर्भमा रचिनुभयो जसलाई उहाँले नै रच्नुभएको थियो । उहाँ ती हातहरूद्वारा डोर्‍याइनुभयो जसलाई उहाँले नै बनाउनुभएको थियो ।

अगस्टिन, लेखकसाथै ईश्वरशास्त्री

येशूको जन्मले जीवनलाई नयाँ तरिकाले बुझ्न मात्र सम्भव तुल्याएन, तर नयाँ तरिकाले जिउन पनि सम्भव तुल्यायो ।

फ्रेडरिक बुचनर, लेखक, ईश्वरशास्त्रीसाथै वक्ता

येशूको जन्म बाइबलमा सूर्योदय हो ।

हेन्‍री भान डुइक, लेखक, पास्टरसाथै शिक्षाविद्

ख्रीष्टको जन्मको सत्यता संसारको इतिहासले अभिलिखित गरेको महान्‌तम र सर्वाधिक महत्त्वपूर्ण सत्यता हो ।

सी. एच. स्पर्जिन, प्रचारक, पास्टरसाथै लेखक

येशू हामीलाई राजनीति, शत्रु, चुनौती र कठिनाइहरूबाट बचाउन मात्र आउनुभएन, तर हाम्रा आफ्नै पापबाट बचाउन पनि आउनुभयो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रीष्ट जन्मनुहुँदा उहाँ डुँडमा सन्तुष्ट हुनुहुन्थ्यो ताकि हामी मर्दा हामीसित महल हुन सकोस् ।

अज्ञात

ख्रीष्ट बेथलेहेममा एक हजार पटक जन्मनुभए तापनि उहाँ तपाईंमा जन्मनुभएको छैन भने तपाईंको आत्मा अझै दयनीय अवस्थामा छ ।

एङ्गेलस सिलेसस, चिकित्सकसाथै कवि

बेथलेहेममा योसेफले येशूलाई डुँडमा राखे; उहाँको आगमनमा येशू सिंहासनमा विराजमान हुनुहुने छ ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रीष्ट पहिलो शताब्दीमा जन्मनुभयो, तापनि उहाँ सबै शताब्दीमा हुनुहुन्छ । उहाँ यहूदी भएर जन्मनुभयो, तापनि उहाँ सबै जातिको हुनुहुन्छ । उहाँ बेथलेहेममा जन्मनुभयो, तापनि उहाँ सबै राष्ट्रको हुनुहुन्छ ।

जर्ज डब्लु. ट्रट, पास्टर, वक्तासाथै लेखक

डुँडमा परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ; क्रूसद्वारा परमेश्वरले तपाईंलाई बचाउनुहुन्छ ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

परमेश्वर सधैँ हाम्रो नजिकै हुनुहुन्छ; सधैँ हाम्रो लागि हुनुहुन्छ; सधैँ हामीमा हुनुहुन्छ । हामीले उहाँलाई बिर्सौंला, तर परमेश्वरले हामीलाई कहिल्यै बिर्सनुहुन्न ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

म मेरो हृदयमा ख्रिस्टमसलाई आदर गर्ने छु र वर्षभरि नै यसलाई मेरो हृदयमा सजाएर राख्ने कोसिस गर्दछु ।

चार्ल्स डिकेन्स, लेखक

हृदयमा भएको ख्रिस्टमसले नै ख्रिस्टमसलाई हावामा राख्छ ।

डब्लु. टी. एलिस

ख्रिस्टमस साँच्चै ख्रिस्टमस बन्दछ जब हामी सबैभन्दा बेसी प्रेमको ज्योतिको खाँचो भएकाहरूलाई त्यो दिएर यसको उत्सव मनाउँछौँ ।

रुथ कार्टर स्ट्याप्लेटोन, सुसमाचार प्रचारिका

तपाईंलाई मुक्तिदाताको खाँचो छ । बेथलेहेमको कारणले तपाईंसित एक जना हुनुहुन्छ ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रिस्टमस केवल उत्सव वा खुसीको समय होइन । यो त्योभन्दा बेसी हो । यो अनन्त कुराहरूबारे मनन गर्ने समय हो । ख्रिस्टमसको आत्मा दिने र क्षमा दिने आत्मा हो ।

जे. सी. पेन्नी

येशू तपाईंले गर्नुपर्ने कुराहरूको सूची लिएर आउनुहुन्न, तर उहाँले पहिले नै गरिसक्नुभएका र गर्नुहुने कुराहरूको सुची लिएर आउनुहुन्छ । उहाँले बोझ हटाउनुहुन्छ, थप्नुहुन्न ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

मेरो विचारमा ख्रिस्टमस अपरिहार्य रूपमा थोकहरूको विषयमा होइन । यो एक अर्कामा असल हुने विषयमा हो; ख्रीष्टियान नीतिशास्त्रको विषयमा हो; दयाको विषयमा हो ।

केरी फिसर

ख्रिस्टमस के हो ? यो विगतको लागि कोमलता हो; वर्तमानको लागि साहस हो; भविष्यको लागि आशा हो । यो हरेक कचौरा अनमोल र अनन्त आशिष्‌हरूले भरिएर पोखियोस् र हरेक मार्गले शान्तिमा डोर्‍याओस् भन्ने जोसिलो शुभकामना हो ।

अग्नेस एम. फारो, कलाकारसाथै लेखक

ख्रिस्टमसको दिन आनन्द र सौहार्दताको दिन हो । परमेश्वरले तपाईंलाई दुवैमा सम्पन्न बनाउनुभएको होस् ।

फिलिप ब्रुक्स, लेखकसाथै पास्टर

येशू बेथलेहेममा मौन रूपमा आउनुभयो; उहाँ महिमामा ठुलो गर्जनसाथ आउनुहुने छ ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रिस्टमस कसैको निम्ति गरिने सानो असाधारण कुरो हो ।

चार्ल्स स्कल्ज

मानव–जाति एउटा महान् र विशाल परिवार हो । … ख्रिस्टमसको समयमा हामीले जे महसुस गर्छौं त्यसबाट यो प्रमाणित हुन्छ ।

पोप जोन पावल तेइसौँ

ख्रिस्टमस कुनै समय वा ऋतु होइन तर समझको अवस्था हो । शान्ति र सद्‌भावलाई संरक्षण गर्नु, दयामा प्रशस्त हुनु नै ख्रिस्टमसको वास्तविक आत्मा हो ।

काल्भिन कुलरिज, अमेरिकाका तिसौँ राष्ट्रपति

ख्रिस्टमसको आत्माले तपाईंमा शान्ति ल्याओस्; ख्रिस्टमसको प्रसन्नताले तपाईंमा आशा ल्याओस्; ख्रिस्टमसको न्यायोपनाले तपाईंमा प्रेम ल्याओस् ।

एनोन

ख्रिस्टमस परमेश्वर र परिवारको प्रेमको उत्सव मनाउने अनि सदाको निम्ति जारी रहने यादगरहरूको सृजना गर्ने सिद्ध समय हो । येशू परमेश्वरका सिद्ध, अवर्णनीय उपहार हुनुहुन्छ । उदेकको कुरो यो हो कि हामी यसलाई प्राप्त गर्न मात्र सक्षम छैनौँ, तर ख्रिस्टमससाथै वर्षको कुनै पनि दिनमा हामी यो अरूहरूलाई बाँड्न पनि सक्छौँ ।

जोएल ओस्टिन, लेखक, वक्तासाथै पास्टर

ख्रिस्टमस प्रतिज्ञा हो भने इस्टर प्रमाण हो ।

अज्ञात

ख्रिस्टमसका उपहारहरूः तपाईंको शत्रुलाई, क्षमा; विरोधीलाई, सहनशीलता; मित्रलाई, तपाईंको हृदय; ग्राहकलाई, सेवा; सबैलाई, सौहार्दता; हरेक बच्चालाई, असल उदाहरण; आफैलाई, आदर ।

ओरेन अर्नोल्ड

ख्रिस्टमसको आत्माको ठाउँमा ख्रीष्टको आत्मालाई नियुक्त गरिनुपर्छ । ख्रिस्टमसको आत्मा वार्षिक हो; ख्रीष्टको आत्मा अनन्त हो । ख्रिस्टमसको आत्मा भावात्मक हो; ख्रीष्टको आत्मा अलौकिक हो । ख्रिस्टमसको आत्मा मानवीय उत्पादन हो; ख्रीष्टको आत्मा ईश्वरीय व्यक्तित्व हुनुहुन्छ ।

स्टाउर्ट ब्रिस्को

उहाँले हाम्रो रूप धारण गर्नुभयो ताकि उहाँले हामीलाई उहाँजस्तै बनाउन सकुन् ।

अगस्टिन, ख्रीष्टियान दार्शनिक, लेखकसाथै ईश्वरशास्त्री

हरेक कुरा जान्नुहुने र सारा विश्वलाई सृजनुहुने अनन्त व्यक्तित्व मानिस मात्र नभई बच्चा पनि हुनुभयो र त्यसभन्दा पहिले स्त्रीको शरीरभित्र भ्रूण बन्नुभयो ।

सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

हृदयमा ख्रिस्टमस नमनाउनेले यसलाई कहिल्यै पनि रुखमुनि फेला पार्ने छैन ।

रोय एल. स्मिथ

ख्रिस्टमस कुनै दिन या उत्सव मात्र होइन जसलाई मनायो अनि चाँडै बिर्सिदियो । यो एउटा आत्मा हो जुन हाम्रा जीवनको हरेक भागमा व्याप्त हुनुपर्छ ।

विलियम पार्किस

साधारण गोठालाहरूले स्वर्गदूतको आवाज सुने अनि तिनीहरूले आफ्नो थुमालाई फेला पारे । बुद्धिमान् मानिसहरूले ताराको प्रकाश देखे अनि तिनीहरूले आफ्नो बुद्धिलाई फेला पारे ।

फुल्टन जे. सिन, प्रधान बिशप

ख्रिस्टमसमा परमेश्वरले तपाईंलाई

ज्योति दिनुभएको होस्,

जुन विश्वास हो;

ख्रिस्टमसको न्यानोपना दिनुभएको होस्,

जुन प्रेम हो;

ख्रिस्टमसको चमक दिनुभएको होस्,

जुन शुद्धता हो;

ख्रिस्टमसको धार्मिकता दिनुभएको होस्,

जुन न्याय हो;

ख्रिस्टमसको विश्वास दिनुभएको होस्,

जुन सत्यता हो;

ख्रिस्टमसका सारा कुरा दिनुभएको होस्,

जो ख्रीष्ट हुनुहुन्छ ।

विल्डा इङ्गलिस

मानिसहरू परमेश्वरका सन्तान बन्न सकुन् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो ।

सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

बेथलेहेमको डुँडमार्फत ख्रीष्टको आगमन अनौठो र आश्चर्यजनक देखिन्छ । तर जब हामी उहाँलाई डुँडबाट निकाली हाम्रा हृदयभित्र स्वागत गर्छौं तब अर्थ लाग्छ अनि अनौठोपना गायब भएर जान्छ ।

सी. नेइल स्ट्रेट

येशू हाम्रा प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्थ्यो ।

हेन्‍री बी. इरिङ

येशू हाम्रो संसारमा मानिसजस्तै बनेर आउनुभएन, तर मानिस नै बनेर आउनुभयो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रिस्टमस भ्रष्ट मानव–जातिको लागि आशाको सन्देश हो । यो क्षमाको आशा, परमेश्वरसित शान्ति स्थापना गर्ने आशा र महिमाको आशाको सन्देश हो । किनभने पिताको इच्छामा येशू गरिब हुनुभयो र तबेलामा जन्मनुभयो ताकि तिस वर्षपश्चात् उहाँ क्रुसमा टाँगिनसक्नुभएको होस् ।

जे. आई. प्याकर, लेखकसाथै ईश्वरशास्त्री

ख्रीष्ट जन्मनुहुँदा हाम्रो आशा पनि जन्मियो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

बेथलेहेमको कारणले मसित स्वर्गमा मुक्तिदाता हुनुहुन्छ । इस्टरले जेको उत्सव मनाउँछ, त्यो ख्रिस्टमससँगै सुरु हुन्छ । डुँडको बालक क्रुसमा राजा बन्नुभयो ।

म्याक्स लुकाडो, लेखकसाथै प्रचारक

ख्रीष्टमा आशा जीवित हुन्छ ।

नेल एल. इन्डरसन

ख्रिस्टमसको कथा एउटा परिवारको कथा हो जसले स्वर्ग र पृथ्वीलाई जोड्छ ।

रिचार्ड जे. मेनिस

ख्रिस्टमस कपोलकल्पित कथा होइन, न यो परम्परा हो, न सपना । यो एउटा महिमित सत्यता हो ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारकसाथै लेखक

ख्रिस्टमस यस्तो घटनाको उत्सव हो जसले स्वर्गलाई गीतमा ढाल्छ ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारकसाथै लेखक

प्रेमको एउटा नाउँ छ, येशू

प्रेमको एउटा ठाउँ छ, हाम्रो हृदय

प्रेमको एउटा कथा छ,

जुन अझै टुङ्गिएको छैन ।

एलिजाबेथ बी. ब्रोनिङ

Facebook Comments

Powered by Youth Circle