बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफै ख्रीष्टका चेला बने

ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रिस्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।”

ओलसेन प्रतिभावान् डाक्टर थिए जसको जीवन विज्ञानमा ओतप्रोत भएको थियो । सृष्टिकर्ताको अस्तित्वको लागि कुनै स्वतन्त्र साक्षी छैन भन्ने तिनको ठम्याइ रहेको थियो ।

ओलसेनकी पत्नीको नाउँ थियो, जोआन । पत्नी पनि सन्देहवादी नै थिइन् । तर जोआनका बुबा आमा भने भक्त ख्रीष्टियानहरू थिए । एक पटक ओलसेन आफ्नी पत्नीसँगै सासु ससुरालाई भेट्न गए । ओलसेनले चाहिँदो मात्रामा धार्मिक जानकारी पाए । एक रात निराश हुँदै तिनले ख्रिस्टियमतलाई जाँच्ने सहमति जनाए, “मेरो आशय पटक्कै वस्तुगत अध्ययन गर्नु थिएन । जसरी डाक्टरले सतहमा काट्छ, त्यसै गरी हामीले बाइबललाई काटी यसका लज्जित तुल्याउने वैज्ञानिक त्रुटिहरूलाई चिरफार गर्नु थियो ।”

पति र पत्नी दुवैले बाइबलमा वैज्ञानिक भुलहरू खोज्न थाले, तर पाएनन्  । त्यसपछि एक जना विद्यार्थीले ओलसनलाई मोर्डन साइन्स एन्ड क्रिस्चियन फेथ नामक पुस्तक दियो । उक्त पुस्तकमा परेश्वरलाई औँल्याउने साक्षीहरू पेस गरिएका थिए । पुस्तक पढेपछि ख्रीष्टियान विश्वासको लागि साक्षी रहेछ भनी पहिलो पटक पति पत्नीले महसुस गरे । तिनीहरूले त्यस पुस्तकलाई सबिस्तार ढङ्गमा पढे र तिनीहरू सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निष्कर्षमा आइपुगे ।

येशूको बारेमा जानेपछि तिनीहरूले आफ्ना जीवन उहाँमा अर्पण गरे । दुवै जना बङ्गलादेशमा सुसमाचार लिएर आए जहाँ तिनीहरूले ३३ वर्ष बिताए । ओलसनले केही पुस्तकहरू पनि लेखेका छन् जसमध्ये एउटा (द एग्नस्टिक हु  डेएर्ड टु सर्च) मा तिनले आफ्नो आत्मिक यात्रालाई बयान गरेका छन् ।

Facebook Comments

Powered by Youth Circle