रेडियोबाट बजेको ख्रीष्टियान गीतले आत्महत्या रोक्यो

शैतानको चिप्लाइ नाम गरेको चट्टानको एउटा छेउमा बिल मान्सोडरले आफ्नो कार रोके । सन्त फ्रान्सिस्कोदेखि झन्डै पच्चिस माइल दक्षिणमा पर्ने यो भिर दुई सय फिट उचाइमा रहेको थियो । आत्महत्याको लागि यो नै उपयुक्त ठाउँ हो भनी बिलको ठम्याइ रहयो ।

भोलिपल्ट बिहान तिनी घरमा एकलै थिए । आफ्नो पाप र दोषले कायल भएर आत्महत्या गर्नुभन्दा अगि तिनले एउटा कागतमा केही कुरा लेख्दै थिए । त्यसै बिचमा तिनले केही क्षणको लागि रेडियो खोले र रेडियोको सुई किर नाम गरेको अव्यावसायिक ख्रीष्टियान रेडियोमा गएर रोकियो ।

त्यसपछि जे भयो बिलले त्यसलाई ईश्वरीय आश्चर्यकर्म भनेका छन् । रेडियोबाट एउटा गीत बज्दै थियो:

तपाईंको व्यथालाई परमेश्वरले बुझ्नुहुन्छ,

तिक्त पीडालाई उहाँले जान्नुहुन्छ,

अन्धकारमा उहाँमाथि भरोसा गर्नुहोस्,

तपाईंले व्यर्थतामाथि भरोस गर्न सक्नुहुन्न ।

परमेश्वरले तपाईंको दु:खलाई बुझ्नुहुन्छ,

उहाँले बगिरहेको आँसुलाई देख्नुहुन्छ,

अनि यसरी कानेखुसी गर्नुहुन्छ, “म तिमीसँग छु ।”

त्यसैले, नलडखडाउनुहोस्, न त डराउनुहोस् ।

यसलाई फ्लो प्राइसले गाएका थिए भने डा. ओसवाल्ड जे. स्मिथले शब्द दिएका थिए । बिलले टिप्पणी गरेका छन्, “यदि त्यहाँ प्रचारकले बोलिरहेका भए मैले रेडियो बन्द गर्नेथिएँ । तर त्यस गीतले … मेरो हृदय छोयो ।” बिलले किर रेडियो स्टेसनका प्रबन्धकलाई फोन गरे । अनि कुनै पृष्ठभूमि नबाँधी तिनले भने, “परमेश्वरलाई धन्यवाद होस्, तपाईंको स्टेसन हावामा छ । तपाईंले मेरो जीवन बचाइदिनुभयो ।”

त्यो रेडियो प्रसारण र तिनीहरू दुई बिचको बातचितले अन्य नतिजा पनि लिएर आयो । पछिल्ला ६ महिनामा स्टेसनले बिलसँग सम्पर्क गरिरह्यो अनि अन्त्यमा तिनलाई जनसम्बन्धको निर्देशकको रूपमा जागिर दिइयो । पछि तिनी त्यहाँ त्यस किर स्टेसनको प्रमुख मात्र बनेनन् तर सञ्चार र सम्पादनको निर्देशकसमेत बने ।

(नोटः यो रचना लेखक कमल अधिकारीको तेस्रो पुस्तक प्रेरक प्रसङ्गहरूबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle