पिटर हिचेन्स— बाइबल जलाएका तिनले बाइबलकै पक्षमा वकालत गर्न थाले

ख्रिस्टाब्द १९५१ मा पिटर हिचेन्सको जन्म युरोपेली टापुको मुलुक माल्टामा भएको थियो । तिनका दाजु क्रिस्टोफर हिचेन्स कुख्यात नास्तिक थिए । दाजुभाइ नै धार्मिक दृष्टिकोणबाट सचेत परिवारमा हुर्के तापनि दुवै जना प्रखर नास्तिक बने । आफूले घरमा सिकेका ख्रीष्टियान मूल्य-मान्यताहरूको विरुद्धमा उत्रे तिनीहरू । वास्तवमा पिटरको विद्रोह यति उत्कट थियो कि तिनी स्कुलमा पढ्दा तिनले आफ्नो बाइबललाई आगो लगाएर जलाइदिएका थिए । नास्तिकवादप्रति आफ्नो अडानलाई उल्लेख गर्दै तिनी यसो भन्थे, “हामी आफ्नै धार्मिकताले भरिपूर्ण थियौँ । … हामी ठिक थियौँ भनी हामीलाई थाहा थियो । हामी असल थियौँ भनी हामीलाई थाहा थियो ।” तर “हामीलाई अझै राम्रोसित थाहा छ र अरू सबै मूर्ख हुन्” भन्ने पिटरको सजगताले अन्ततः तिनलाई ख्रीष्टमा डोर्‍यायो ।

करिब ३० वर्षको उमेरमा आइपुग्दा पिटरले नास्तिकवाद र साम्यवादप्रति भएको आफ्नो दृष्टिकोणमाथि गम्भीर रूपमा प्रश्न तेर्साए । तिनले आफ्ना ख्रीष्टियान पूर्वजहरूलाई विचार गर्दा तिनले पाए कि तिनीहरू न असभ्य थिए, न अज्ञानी थिइ, बरु तिनीहरू त महान् सिप भएका मानिसहरू थिए जसको सृजनशीलतालाई विश्वासले बाधा दिएको थिएन ।

अन्ततः पिटरले येशू ख्रीष्टमाथि विश्वास गरे । नास्तिकवादबाट ख्रीष्टियान विश्वाससम्मको यात्रालाई तिनले आफ्नो पुस्तक द रेज अगेन्स्ट गडमा बयान गरेका छन् । अहिले तिनी ख्रीष्टियान विश्वासको बफादार रक्षक हुन् । ६७ वर्षका तिनी परिचित पत्रकारसाथै लेखक हुन् । तिनका आठवटा कृति प्रकाशित भइसकेका छन् । इङ्गल्यान्डको मण्डलीको सदस्य बनेका पिटरको बुझाइअनुसार युरोपमा ख्रिस्टियमतको ह्रास नै पहिलो विश्वयुद्धको कारण थियो ।

Facebook Comments

Powered by Youth Circle