रक्षाशास्‍त्रबारे ९ ओटा तर्कसङ्गत भनाइ

ख्रीष्टियानहरूले जे विश्वास गर्छन् त्यसको लागि मजबुत साक्षी उपलब्ध गराउन र गैरविश्वासीहरूका प्रश्नसाथै अवरोधहरूका लागि असल उत्तरहरू उपलब्ध गराउनलाई ख्रीष्टियानहरूलाई तालिम दिइने हो भने तिनीहरूको पहिचान विस्तारै परिवर्तन हुनेथियो । ख्रीष्टियानहरूलाई भावनात्मक धर्मान्ध या जोकरहरूको रूपमा हेरिनुको साटो गम्भीर रूपमा विचार गरिनुपर्ने चिन्तनशील मानिसहरूको रूपमा लिइन्थ्यो । सुसमाचार मानिसहरूले अङ्गाल्नुपर्ने वास्तविक विकल्प हुनेथियो ।

विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

सत्यताले चोट पुर्‍याउँछ भने पुर्‍याओस् । परमेश्वरलाई चोट पुर्‍याउँदै मानिसहरूले आफ्नो सम्पूर्ण जीवन गुजार्दै आएका छन् । केही क्षणको लागि तिनीहरूलाई चोट लागोस् ।

जोन माकार्थुर, पास्टर, प्रचारकसाथै लेखक

असल दर्शनशास्त्र अस्तित्वमा हुनैपर्छ, कुनै कारणले गर्दा होइन भने पनि खराब दर्शनशास्त्रलाई जवाफ दिनुपर्ने भएकोले गर्दा हो ।

सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

बाइबलले मानिसहरूलाई तिनीहरूको विश्वास परमेश्वरमाथि राख्न उत्साह दिन्छ । अभाग्यवशः धेरै मानिसले विश्वासलाई अन्धविश्वास वा मनको चाहको समान ठान्छन् । तर बाइबलले अपेक्षा गरेको विश्वास त बौद्धिक विश्वास हो । यो न अन्धो छ, न त अबौद्धिक । बाइबलीय विश्वास कसै (परमेश्वर) माथि गरिने भरोसा हो जो हाम्रो विश्वासको योग्य हुनुहुन्छ । कसैले बाइबलको परमेश्वरमाथि विश्वास गर्दा उसले आफ्नो तर्कशक्तिलाई त्याग गर्नुपर्छ भनी उसलाई बिन्ती गरिएको छैन ।

डन स्टेवार्ट, रक्षाशास्त्रीसाथै वक्ता  

सबै धर्म उही होइनन् । सबै धर्मले परमेश्वरलाई देखाउँदैनन् । सबै धर्म उही हुन् भनी सबै धर्मले बताउँदैनन् । हरेक धर्ममा परमेश्वर को हुनुहुन्छ वा को हुनुहुन्न र जीवनको उद्देश्य के हो भनी खास तवरले परिभाषित गर्ने सम्झौता नगर्ने प्रतिबद्धता हुन्छ ।

रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

सुसमाचारहरूमा तपाईंलाई मन परेका कुराहरूलाई विश्वास गरी मन नपरेका कुराहरूलाई इन्कार गर्नुभयो भने तपाईंले विश्वास गर्नुभएको कुरो सुसमाचार होइन, त्यो त तपाईं आफै हुनुहुन्छ ।

अगस्टिन, ख्रीष्टियान ईश्वरशास्त्रीसाथै दार्शनिक 

रक्षाशास्त्रले कसैलाई उद्धार दिलाउँछ भनी रक्षाशास्त्रीहरू विश्वास गर्दैनन् । यसले केवल साक्षीलाई उपलब्ध गराउने काम गर्छ जसको प्रकाशमा मानिसहरूले तर्कसङ्गत निर्णयहरू लिन सक्छन् । यसले ख्रिस्टियमत साँचो हो भन्ने साक्षीलाई मात्र उपलब्ध गराउँछ । उद्धार पाउनका लागि अझै पनि एउटा व्यक्तिले आफ्नो विश्वास ख्रीष्टमाथि राख्नैपर्छ । रक्षाशास्त्रले ‘घोडा’ लाई केवल पानी भएको ठाउँमा डोर्‍याउँछ । केवल पवित्र आत्माले उसलाई पिउनको लागि विश्वस्त पार्न सक्नुहुन्छ ।

नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री

साधारणतया तर्क गर्न तयार नहुने व्यक्तिले उपहासमा उडाउने काम गर्दछ ।

जी. के. खेस्टर्टोन, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री 

आफ्नो मालिकमाथि आक्रमण हुँदा कुकुर भुक्छ । परमेश्वरको सत्यतामाथि आक्रमण हुँदा पनि म मौन रहन्छु भने म डरपोक हुने छु ।

जोन काल्भिन, ईश्वरशास्त्रीसाथै सुधारवादी

Facebook Comments

Powered by Youth Circle