जङ्गलमै बसेर नयाँ करारलाई स्थानीय भाषामा अनुवाद गर्ने मिसनरी

रोबर्ट मोर्स आफ्नो परिवारसँगै बर्मामा मिसनरी बनेर गएका थिए । सेवाको क्रममा तिनी र तिनको परिवार बर्माबाट निष्कासन गरिए । त्यस बेला केही केटाकेटीहरू बिरामी थिए भने एक जना स्त्रीको बच्चा जन्माउने बेला आइपुगिसकेको थियो । परिस्थिति प्रतिकूल भएकोले तिनीहरू अमेरिका फर्केर जान सकेनन् । बाँच्नका लागि तिनीहरू पहाडहरूमा लुके अनि जङ्गलमा बसे । यो प्रतिकूल परिस्थिति ६ वर्षसम्म लम्बियो ।

तथापि मिसनरीको लागि यो अति नै महत्त्वपूर्ण र उत्पादनशील अवधि साबित हुन पुग्यो । तिनले नयाँ करारको बाइबललाई स्थानीय भाषामा अनुवाद गरेर सिद्ध्याए । “न्याकेड नागास” नाउँ गरेका जङ्गली जातिसित तिनीहरूको जम्काभेट भएको थियो जसले मान्छेलाई मार्ने गर्थे । तर येशूको प्रेमद्वारा तिनीहरू पग्लिए र केहीले येशूमाथि विश्वास गरे ।

रिडर्स डाइजेस्ट नामक मासिक पत्रिकाले मोर्सको परिवारको बारेमा याक्सोडस टु अ हिडेन भ्याली नामक पुस्तक प्रकाशित गर्‍यो जसमा मोर्सको परिवारले भोगका त्यही ६ वर्षको कहानीलाई बेसी जोड दिइएको छ । मिसनरीले भोगेका तिता मिठा अनुभवबारे प्रश्न गर्दा तिनले मुस्कुराउँदै जवाफ दिए, “यी प्रतिकूल समयमा पनि परमेश्वर सही नै हुनुहुन्थ्यो ।”

Facebook Comments

Powered by Youth Circle