१० वर्षको उमेरमा आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो

१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे । तर भाग्यवशः बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन । किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो छ ।

१६ वर्षको उमेरमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् । तिनकी आमा कलगर्ल अर्थात् वेश्या थिइन् । त्यो बच्चा जन्माउने उमेर थिएन भनी वेश्याको दलाललाई राम्ररी थाहा थियो । गर्भपतनको मनग्गे असफल प्रयत्नपश्चात् तिनकी आमाले तिनलाई जन्म दिएकी थिइन् । शारीरिक दुर्बलताहरू लिएर जन्मेको बच्चा चाहलाग्दो थिएन त्यसैले तिनी निमोनियाबाट झन्डै मरे ।

१९७३ मा तिनको जीवनमा बद्लाउ आयो । एक जना स्पियर्स नाउँ गरेकी शिक्षिकाले तिनलाई कसरी भाषण गर्ने भनी सिकाउन थालिन् । ती शिक्षिका ख्रीष्टियान थिइन् जसको कुनै सन्तान थिएन । उनी दयालु थिइन् । उनले केटोको हातमा एउटा बाइबल दिइन् । तिनले पहिलो पटक आफ्नो हातमा बाइबल पाउवदै थिए ।

तिनले बाइबल दैनिक पढ्न थाले । तिनले इस्राएलीहरूलाई मिश्री दासत्वबाट छुटकारा दिलाउनुहुने परमेश्वरले भकभके मोशालाई प्रयोग गर्नुभएको कथा पढे । तिनले घुयेँत्रोको माध्यमबाट एउटा ठिटोले गोल्यतलाई पराजित गरेको ऐतिहासिक विवरण पढे ।

गहन रूपमा चोट लागेका मानिसहरूलाई परमेश्वरले प्रयोग गर्न सक्नुहुन्छ भनी तिनले बाइबल पढेर बुझे । परमेश्वरविनाको जीवन बेकम्मा हुन सक्छ भनी उहाँलाई प्राप्त गरेको जीवन सन्देश बन्न सक्छ भनी तिनले सिके ।

पछि तिनी विद्वान् बने । तिनी युवा पास्टर बने । तिनले आशाको सन्देश दिन थाले । तिनले आफ्नी आमा, हजुरआमा, हजुरबुबासाथै अन्य नातेदारहरूलाई प्रभु येशूमा डोर्‍याए ।

तिनले मण्डलीहरू स्थापना गरेका छन्; जागृतिका सन्देशहरू बाँडेका छन्; पाँचवटा पुस्तक लेखेका छन्; टेलिभिजनमा कार्यक्रम चलाएका छन्; संसारका अगुवाहरूलाई परामर्श दिएका छन् र अफ्रिका र भारतमा शान्ति कायम राख्ने प्रयास गरेका छन् । हजारौँ मानिसले तिनको जीवन कहानी सुन्ने अवसर पाएका छन् । तिनको नाउँ हो, रन आर्चर ।

यसरी एक जना शिक्षिकाले दिएकी बाइबलबाट तिनी विश्वासको मार्गमा मात्र आएनन् तर परिचित ख्रीष्टियान अगुवासमेत बने ।

Facebook Comments

Powered by Youth Circle