इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्ने प्रोत्साहान पाए जोसेफले

तिनको नाउँ हो, मारियो जोसेफ । तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए । तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन् ।

केरलामा दश वर्षसम्म दर्शनशास्त्र र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए ।

कसैले तिनलाई “येशू को हुनुहुन्छ ?” भनेर सोधेपछि त्यसले तिनलाई पुनः कुरआन पढ्न अभिप्रेरित गर्‍यो । तिनले कुरआनमा भएका ११४ अध्याय र ६,६६६ ओटा शब्द पूरै पढे । कुरआनमा इस्लाम धर्मका संस्थापक मोहम्मदको नाउँ केवल ४ पटक र येशूको नाउँ २५ पटक उल्लेख भएको पाए तिनले । तिनको जिज्ञासा थियो, “येशूलाई किन यति धेरै ठाउँ दिइएको ?” कुरआनमा येशूकी आमा मरियमबाहेक अन्य कुनै स्त्रीको नाउँ उल्लेख गरिएको छैन ।

अलमलमा परेका जवान मुस्लिम विद्वान् जोसेफले ख्रिस्टियमतको अनुसन्धान थाले । तिनी एउटा ख्रीष्टियान जमघटमा उपस्थित भए जहाँ तिनले यूहन्ना १:१२ लाई पढे, “तर जतिले उहाँ [येशू] लाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो ।”

जोसेफ केवल परमेश्वरको दास हुन चाहन्थेनन् । ख्रीष्टियान विश्वासमा परमेश्वरलाई “पिता” भनी सम्बोधन गर्न मिल्थ्यो जुन अवधारणा इस्लाम धर्ममा एक प्रकाश वर्ष टाढा छ ।

तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले । तर तिनको लागि नयाँ विश्वास सार्‍है महङ्गो साबित हुन पुग्यो । तिनको परिवारले तिनीमाथि उग्र सतावट खन्याए तापनि परमेश्वरले तिनलाई अद्भूत रूपमा बचाउनुभएको छ । तिनको गवाहीलाई युट्युबमा लाखौँ मानिसले हेरिसकेका छन् ।

Facebook Comments

Powered by Youth Circle