बाइबलको विषयमा चाखलाग्दा १३ ओटा भनाइ (भाग ३)

अन्य कुनै पनि सेकुलर इतिहासमा भन्दा बाइबलमा प्रामाणिकताको प्रस्ट सङ्केतहरू बेसी पाइन्छन् ।

सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

प्रकृतिको पुस्तक [बाइबल] स्पष्टतः बुझिने गणितको भाषामा लेखिएको छ ।

ग्यालिलियो ग्यालिली, भौतिकशास्त्री, गणितज्ञसाथै खगोलविद्

इङ्गल्यान्डमा दुईवटा पुस्तक छनः बाइबल र सेक्सपिएर । इङ्गल्यान्डले सेक्सपिएरलाई निर्माण गर्‍यो तर बाइबलले इङ्गल्यान्डलाई ।

भिक्टर ह्युगो, लेखक, कविसाथै राजनीतिज्ञ

एकपछि अर्को गर्दै मैले बाइबलका तथाकथित अन्तर्विरोधहरूलाई हेरेको छु र बाइबलका अभिलेखमा भएका ती अन्तर्विरोधहरूलाई अध्ययन गरेको छु । भाषाविद्हरू, पुरातत्त्वविद्या र विज्ञानको साक्षीले धर्मशास्त्रको विश्वसनियताप्रति भएको मेरो निश्चयतालाई बारम्बार पुष्टि गरेका छन् र मजबुत बनाएका छन् ।

ग्लिसन आर्चर, प्रतिष्ठित बाइबल विद्वान्

बाइबलमा समय र अनन्तताको व्याख्या गर्ने सत्यता र ऐतिहासिक मानिसहरूको पूर्ण श्रृङ्खला पाइन्छ जुन अन्य कुनै धर्ममा पाईंदैन ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

हाम्रा आदर्श र शैक्षिक संस्थाहरूका निम्ति हामी पुस्तकहरूको पुस्तक [बाइबल] प्रति ऋणी छौँ । तिनको सुरक्षा यसका सिद्धान्तहरूको अनुसरणमा आश्रित छ । बाइबल अध्ययन मानवीय अनुभूतिको महान्‌तम स्वतन्त्रतामा गरिने उत्कृष्ट स्नातकोत्तर कोर्स हो ।

हर्बट हुबर, एकतिसौँ अमेरिकी राष्ट्रपति

बाइबललाई तपाईंको स्वतन्त्रताको लङ्गुरको रूपमा समात्नुहोस्; यसका आदेशहरूलाई तपाईंको ह्रदयमा लेख्नुहोस अनि तिनलाई तपाईंको जीवनमा उतार्नुहोस् । यस पुस्तकको प्रभावकारिताको लागि हामी उन्नतिप्रति ऋणी छौँ र यसको लागि हामीले यसलाई हाम्रो भविष्यको गाइडको रूपमा लिनुपर्छ ।

उलाइसेस एस. ग्रान्ट, अठारौँ अमेरिकी राष्ट्रपति

बाइबल स्वतन्त्रताको कुनेढुङ्गो हो ।

थोमस जेफरसन, तृतीय अमेरिकी राष्ट्रपति

बाइबल अन्तर्राष्ट्रिय घोषणापत्र हो ।

डोनाल्ड बार्नहाउस, प्रचारक, पास्टरसाथै ईश्वरशास्त्री

येशूले बाइबलको पूर्ण प्रेरणालाई स्वीकार गर्नुभयो । शैतानले ढुङ्गालाई रोटी बनाउन प्रस्ताव गर्दा हाम्रा प्रभुले जवाफ दिनुभयो कि मानिस परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ (मत्ती ४:४, व्यवस्था ८:३ बाट उद्धृत गरिएको) । उहाँले यसो “केही वचनहरू” भन्नुभएन, तर “हरेक वचन” भन्नुभयो । यदि धर्मशास्त्र परमेश्वरले फुक्नुभएको हो भने (२ तिमोथी ३:१६) धर्मशास्त्रमा यसका केही भागहरू मात्र नभई मानिसलाई जीवित राख्ने हरेक कुरो हुनैपर्छ ।

     चार्ल्स राइरी, लेखकसाथै ईश्वरशास्त्री

बाइबल आफैले यसको खण्डन गरेकोले मानिसहरूले बाइबललाई इन्कार गरेका होइनन् तर यसले तिनीहरूको खण्डन गरेकोले तिनीहरूले यसलाई इन्कार गरेका हुन् ।

ई. पावल होबी

मैले पढ्ने अन्य सबै पुस्तकले भन्दा बाइबलको एउटा हरफले मलाई बढी सान्त्वना दिएको छ ।

जर्मन दार्शनिक

परमेश्वरको वचनमा भन्दा अन्य कतै सभ्यताको लागि ठोस आधार छैन । यदि हामी बाइबलमा सिकाइएका सिद्धान्तहरूमा रह्यौँ भने हाम्रो देशले उन्नति गर्ने छ । मैले हरेक वर्ष एक पटक बाइबल पढ्ने आदत बनाएको छु ।

दानिएल वेब्स्टर, राजनीतिज्ञ

Facebook Comments

Powered by Youth Circle