बाइबलको विषयमा १५ ओटा मन छुने भनाइ (भाग १)

बाइबल परमेश्वरको बारेमा लेखिएको मानिसको वचन होइन तर मानिसको बारेमा लेखिएको परमेश्वरको वचन हो ।

जोन बार्थ

धेरै किताबहरू पढ्नुहोस् तर बाइबलअनुसार जिउनुहोस् ।

चार्ल्स स्पर्जिअन, पास्टर, लेखकसाथै प्रचारक

हाम्रो ज्ञान बढाउनलाई नभई हाम्रो जीवन रूपान्तरण गर्नलाई बाइबल दिइयो ।

डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

जब धर्मशास्त्र बोल्छ परमेश्वर बोल्नुहुन्छ ।

अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक

बाइबल मेरो जीवनको पुस्तक हो । म यही पुस्तकसित जिउँछुस यही पुस्तकद्वारा जिउँछुस यही पुस्तकद्वारा मर्न चाहन्छु ।

एन. टी. राइट, लेखक, ईश्वरशास्त्रीसाथै बिशप

बाइबल पढ्ने मानिसलाई मानसिक र सामाजिक रूपमा दास बनाउन असम्भव छ । बाइबलका सिद्धान्तहरू मानवीय स्वतन्त्रताका आधारभूत कार्य हुन् ।

होरास ग्रिले, राजनीतिज्ञसाथै सम्पादक

बाइबल हाम्रो स्वतन्त्रताको मुख्य आधार हो ।

उलाइसेस एस. ग्रान्ट, अठारौँ अमेरिकी राष्ट्रपति

बाइबलको पर्याप्त ज्ञान कुनै कलेजको शिक्षाभन्दा किम्मती छ ।

थियोडोर रुजरभेल्ट, छब्बिसौँ अमेरिकी राष्ट्रपति

विषयवस्तुमा बाइबलले सबै प्रारम्भिक धार्मिक साहित्यलाई उछिन्छ र यसको सन्देशको प्रत्यक्ष सरलता र … सबै क्षेत्र र समयका मानिसहरूलाई यसले गरेको निवेदनमा पनि यसले सारा अनुगामी साहित्यलाई शानदार रूपमा उछिन्छ ।

विलियम एफ. अल्ब्राइट, पुरातत्त्वविद्साथै बाइबल विद्वान्

बाइबलप्रति मेरो श्रद्धा यति महान् छ कि जतिसक्दो सानो उमेरमा मेरा छोराछोरीहरूले बाइबललाई पढ्न थाल्छन् त्यति नै धेरै मेरो आशा निश्चित हुने छ कि तिनीहरू देशको उपयोगी नागरिक र समाजका आदरणीय सदस्यहरूको रूपमा तिनीहरूले आफैलाई प्रमाणित गर्ने छन् ।

जोन क्विन्सी आदम्स, छैटौँ अमेरिकी राष्ट्रपति

नयाँ करार सर्वोत्कृष्ट पुस्तक हो जुन संसारले अहिलेसम्म जानेको छ र भविष्यमा पनि जान्ने छ ।

चार्ल्स डिकेन्स, लेखकसाथै समालोचक

सर, त्यो पुस्तक [बाइबल] चट्टान हो जसमाथि हाम्रो गणतन्त्र आश्रित छ ।

आन्द्रु ज्याकसन, सातौँ अमेरिकी राष्ट्रपति

यो समूहमा भएका हरेक पुरुष र स्त्रीलाई म भन्दछु कि आजको दिनबाट तिनीहरूले महसुस गर्ने छन् कि अमेरिकाको भाग्यको एक हिस्सा तिनीहरूले यस महान् पुस्तक [बाइबल] लाई पछ्याउने कुरामा भर पर्छ ।

वुडरो विलसन, अट्ठाइसौँ अमेरिकी राष्ट्रपति

हाम्रो सभ्यताको सारा प्रेरणा ख्रीष्टका शिक्षाहरू र अगमवक्ताका पाठहरूबाट उदय हुन्छन् । यी आधारभूत कुराहरूको निम्ति बाइबल पढ्नु अमेरिकी जीवनको लागि आवश्यक छ ।

हर्बट हुबर, एकतिसौँ अमेरिकी राष्ट्रपति

बाइबल पढ्नु भनेको एउटा उत्तम देशमा यात्रा गर्नु हो जहाँ आत्मालाई मजबुत पारिन्छ र विश्वासलाई नवीकृत गरिन्छ ।

डी. डी. ऐजनहोवेर, चौँतिसौँ अमेरिकी राष्ट्रपति

Facebook Comments

Powered by Youth Circle