यो वर्षौंअगिको कुरो हो । रुसको राजधानी मस्कोको कुनै एउटा रङ्गशालामा एउटा नाटकको आयोजना गरिएको थियो । उक्त नाटकको नाउँ थियो: क्राइस्ट इन अ टुक्सेडो । ख्रीष्टलाई अपमान गर्ने हेतुले रचना गरिएको यस नाटकमा अलेक्ज्यान्डर रोस्तोसेभ नाउँका व्यक्तिले ख्रीष्टको भूमिकालाई निर्वाह गर्नुपर्नेथियो ।
तिनको भूमिकामा तिनले नयाँ करारमा उल्लेखित डाँडाको उपदेश भनेर चिनिने खण्डबाट दुईवटा पद पढ्नुपथ्र्यो; आफूले लगाएको वस्त्र फुकाल्नुपथ्र्यो र यसो भन्दै कराउनुपथ्र्यो, “मेरो ज्याकेट र टोपी दिनुहोस् ।” तर जब तिनले डाँडाको उपदेशबाट येशूका यी वचनहरू पढ्न थाले, “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो । धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्” तिनी काम्न थाले । त्यसपछि नाटकको लागि तयार पारिएको लेखलाई पढ्नुको साटो तिनले मत्ती पाँच अध्यायबाट पढ्न जारी राखे । आफ्ना सङ्गी अभिनेताका खोकी, फोन कललगायतका क्रियाकलापहरूलाई तिनले बेवास्ता गरिदिए ।
अन्तत: आफ्नो बाल्यावस्थामा पढेको पदलाई स्मरण गर्दै तिनी चिच्च्याए, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्” (लूका २३:४२) । पर्दा खसालिनुअगि नै अलेक्ज्यान्डरले येशूलाई आफ्ना मुक्तिदाताको रूपमा स्वीकार गरिसकेका थिए ।