शेखर कालिनपुरको जन्म कट्टरवादी हिन्दु परिवारमा भएको थियो । ब्राह्मण परिवारमा जन्मेका शेखरका पिता परिचित पुजारीसाथै ज्योतिषी थिए भने तिनका हजुरबुबा तान्त्रिक थिए । शेखर धार्मिक परिवारमा जन्मेकाले तिनले प्रार्थनामा समय बिताउँथे ।
तर आफ्नो किशोरावस्थामा तिनी पापमा हराउन पुगे । बाहिरबाट हेर्दा तिनी ब्राह्मणको ईश्वरभक्त छोरो देखिन्थे जब कि भित्रपट्टि रित्तो थिए । तिनलाई पापको साङ्लाले बाँधिसकेको थियो । तिनी पाखण्डी बन्न पुगेका थिए । तिनी आफ्नो जीवनदेखि सन्तुष्ट हुन सकेनन् ।
सन्तुष्टिको खोजी गर्दै तिनले मन्दिर, मस्जिदजस्ता विभिन्न धार्मिक स्थलहरू धाए । देवी देवताहरूलाई पछ्याउन तिनी नाङ्गै खुट्टाले सडकहरूमा हिँड्थे । पापको बन्धनबाट मुक्त हुन तिनले हर सम्भाव्य प्रयास गरे । तर ती सबै निरर्थक साबित भए ।
एक दिन एक जना साथीले तिनलाई बाइबल दियो । बिहानको लगभग ३ बज्दा तिनले बाइबल पढ्न थाले । तिनले यूहन्ना ३:१६ पढ्दै थिए जहाँ लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” धर्मशास्त्रको यस खण्डले तिनको जीवन सदाको निम्ति परिवर्तन गरिदियो । त्यस रात तिनले आफ्नो ह्रदय येशूमा सुम्पे ।
१७ वर्षको उमेरमा नयाँ सृष्टि बनेपछि शेखर येशू ख्रीष्टका जोसिला अनुयायी बने । तिनको जीवनमा आमूल परिवर्तन आयो । तिनको व्यवहार, सोचाइसाथै आदतमा बद्लाउ आयो । रिसालु व्यक्ति आत्मसंयमी बने । तिनका मुखबाट निस्कने दुर्गन्धित वचनहरू जीवन दिने वचनमा बद्लिए । तिनको जीवनमा १८० डिग्रीको परिवर्तन देखा पर्यो । तिनी पापीबाट सन्त बने; दासबाट उत्तराधिकारी बने; अन्धकारबाट ज्योतिमा सरे । हाल तिनी न्यु लाइफ फेलोसिप मुम्बईका वरिष्ठ पास्टरको रूपमा सेवा गर्दै छन् ।
Reasons to Believe KamalAdhikari.com.np 


