के येशूले चेलाहरूकै जीवन कालमा फर्केर आउनुहुने प्रतिज्ञा गर्नुभयो ? (मत्ती १६:२८)

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खडा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌” (मत्ती १६:२८) । येशूको यस कठिन भनाइको अर्थ के हो ?

यो पदको अर्थ सहस्राब्दीय राज्य स्थापना गर्न येशू चेलाहरूकै जीवन कालमा फर्केर आउनुभयो भन्ने हुन सक्दैन किनकि राज्य स्थापना भएको हामी देख्दैनौँ । येशूले यी वचन बोल्नुहुँदा राज्य स्थापना भइसकेको थियो भन्ने अर्थ पनि लाग्दैन किनकि उहाँको भाषा भविष्यतिर लक्षित छ ।

येशूको भनाइलाई विभिन्न टिप्पणीकारहरूले फरक-फरक किसिमले बुझेका छन् । कसैले यसलाई पेन्तिकोसको दिनमा पवित्र आत्माको अवतरणसित जोडेका छन् त कसैले ख्रिस्टाब्द ७० मा भएको यरूशलेम र मन्दिरको विनाशसित ।

सम्भवतः तेस्रोचाहिँ व्याख्या बढी उपयुक्त छ । येशूले आफूले स्थापना गर्नुहुने राज्यको पूर्वदृश्यबारे भविष्यवाणी गर्नुभएको थियो जुन उहाँको रूप परिवर्तनमा देखा परेको थियो (मत्ती १७:१-८) । येशूको यस भविष्यवाणीको तत्कालै रूप परिवर्तन भएको छ । तीन जना साक्षीमध्ये एक जना साक्षी पत्रुसले येशूको रूप परिवर्तनलाई राज्यको पूर्वदृश्यको रूपमा अर्थ खोले (२ पत्रुस १:१६-१८) । यहाँ येशू महिमित स्वरूपमा शरीरमै देखा पर्नुभयो अनि पत्रुस, याकूब र यूहन्नाले त्यो महिमित अवसरको साक्षी बन्ने मौका पाए । येशूले आफ्नो मण्डली स्थापना गर्नुहुनेथियो भनी भर्खरै भविष्यवाणी गर्नुभएको थियो (मत्ती १६:१८) । त्यसो हो भने प्रतिज्ञात राज्यलाई के हुनेथियो ? राज्य जारी रहनेथियो भनी येशूले प्रस्ट पार्नुभयो ।

Facebook Comments

Powered by Youth Circle