सुसमाचारबारे १७ ओटा मन छुने भनाइ (भाग १)

सुसमाचारले विगतको लागि क्षमा, वर्तमानको लागि नयाँ जीवन र भविष्यको लागि आशा प्रदान गर्दछ ।

जोन सेन्तामु, प्रधान बिशप

महान् आज्ञा विचार गर्नको लागि दिइएको विकल्प होइन, यो त पालन गर्नको लागि दिइएको आदेश हो ।

हडसन टेलर, ख्रीष्टियान मिसनरी

परमेश्वरले सुसमाचारलाई बाइबलमा मात्र लेख्नुभएको छैन तर रुख, फुल, बादल र ताराहरूमा पनि लेख्नुभएको छ ।

मार्टिन लुथर, सुधारवादी, ईश्वरशास्त्रीसाथै लेखक

सुसमाचार प्रचार गर्नु भनेको एउटा भिकारीले अर्को भिकारीलाई रोटी कहाँ पाइन्छ भनेर बताउनु मात्र हो ।

डी. टी. नाइल्स, पास्टरसाथै प्रचारक

सुसमाचार सिद्धान्त होइन, सुसमाचार दर्शनशास्त्र वा अवधारणा होइन, सुसमाचार सोच्ने तरिका वा अनुभूति होइन । सुसमाचार इतिहासमा घटेको घटना हो ।

जोन पाइपर, लेखक, वक्तासाथै पास्टर

सुसमाचार अत्यधिक निश्चयतासहित शक्ति र पवित्र आत्मामा आउँछ । यदि तपाईंले प्रभुको नाउँ पुकार्नुभयो भने परमेश्वरले तपाईंलाई भित्रपट्टि रूपान्तरण गर्नुहुन्छ, तपाईंको जीवनमा तपाईंलाई चकित पार्नुहुन्छ र त्योभन्दा पनि बढी तपाईंलाई अनन्त जीवन दिनुहुन्छ ।

रे कम्फोर्ट, सुसमाचार प्रचारकसाथै लेखक

सुसमाचार कहिल्यै बद्लेको छैन ।

बिल्ली ग्राहम, सर्वश्रेष्ठ प्रचारक

तपाईं सुसमाचारअनुसार जिउनुभयो भने तपाईंले शान्ति र खुसी पाउनुहुने छ ।

गोर्डन बी. हिङ्क्ली, लेखकसाथै अगुवा

व्यवस्था परमेश्वरको पहिलो वचन हो, सुसमाचार परमेश्वरको आखिरी वचन हो ।

तुलिअन खिभिजन, पास्टरसाथै लेखक

सुसमाचारको जराविना हामीमा यसको फल लाग्न सक्दैन ।

जोसेफ बी. रिदलिन, ख्रीष्टियान अगुवा

प्रविधिका आश्चर्यहरूदेखि म छक्क पर्दछु र संसारको चारैतिर सुसमाचार बाँड्नको लागि यसलाई प्रयोग गर्न हामी सक्षमा भएकोमा म धन्यवादी छु ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारक

कोही पनि सुसमाचारको पहुँचभन्दा पर छैन ।

लि स्ट्रोबेल, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै पत्रकार

स्वधार्मिकता सुसमाचारको मुख्य शत्रु हो भनी बाइबलले प्रस्ट पार्छ ।

तुलिअन खिभिजन, पास्टरसाथै लेखक

येशू ख्रीष्टको सुसमाचारद्वारा मलाई अझै राम्रो व्यक्ति बन्न प्रेरणा मिलेको छ ।

जेन क्लेसन

हामीसँग अपरिवर्तनशील सुसमाचार छ । यो आजको हरियो घाँस होइन जुन भोली सुकेर जान्छ । यो अचल यहोवेको सधैँ रहिरहने सत्यता हो ।

सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक

यदि प्रभुले हाम्रो लागि हाम्रो पाप बोक्नुभएको खबर सुसमाचार होइन भने मसित प्रचार गर्नुपर्ने सुसमाचार नै छैन ।

सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक

सुसमाचारको मुटु छुटकारा हो र छुटकाराको सार ख्रीष्टको स्थानापन्न बलिदान हो ।

सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक

Facebook Comments

Powered by Youth Circle