के परमेश्वरको लागि कुनै कुरो असम्भव छ (मत्ती १९:२६) ?

येशूले भन्नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ” (मत्ती १९:२६) । तर परमेश्वरका लागि पनि केही कुराहरू असम्भव छन् भनी बाइबलमै लेखिएको छ । जस्तै: उहाँको लागि झुट बोल्नु असम्भव कुरो हो, “बदली हुन नसक्‍ने यी दुई कुराहरूमा परमेश्‍वर असत्‍य ठहरिनु असम्‍भव छ” (हिब्रू ६:१८) । परिवर्तनशीलता उहाँको लागि अर्को असम्भव कुरो हो, “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ” (मलाकी ३:६) । परमेश्वरको लागि सबै कुरा असम्भव छ वा छैन ?

येशूले भन्नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ” (मत्ती १९:२६) ? के असम्भव छ ? यहाँ उल्लिखित ‘यो’ ले केलाई जनाउँछ ? येशूले राज्यभित्र प्रवेश गर्ने वा अनन्त जीवन प्राप्त गर्ने विषयमा चर्चा गर्दै हुनुहुन्छ । त्यसैले ‘यो’ ले उद्धारलाई जनाउँछ । “मानिसहरूका लागि यो असम्‍भव छ” अर्थात् मानिसले आफैलाई बचाउन सक्दैन तर परमेश्वरले उसलाई बचाउन सक्नुहुन्छ ।

येशूले थप्नुभयो, “परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ ।” मत्तीको सन्दर्भलाई ध्यान दिँदा हामी बुझ्छौँ कि येशूले मानवीय दृष्टिकोणबाट असम्भव कुरोबारे बोल्दै हुनुहुन्छ जब कि माथिका अन्य खण्डहरू (मलाकी ३:६; हिब्रू ६:१८) मा परमेश्वरको स्वभावका कारण असम्भव कुराहरू उल्लिखित छन् । यो कुरो साँचो हो कि केही कुराहरू परमेश्वरले पनि गर्न सक्नुहुन्छ । उहाँले आफ्नो स्वभावसित बेमेल हुने कुराहरू गर्न सक्नुहुन्न । उदाहरणको लागि, ख्रीष्टमा विश्वास नगर्ने व्यक्तिलाई उहाँले स्वर्ग पठाउन सक्नुहुन्न, उहाँले पाप गर्न सक्नुहुन्छ, झुट बोल्न सक्नुहुन्न । अर्कोतिर, उहाँले तार्किक दृष्टिकोणबाट असम्भव कुराहरू पनि गर्न सक्नुहुन्छ । जस्तै: उहाँले दुईवटा भुजाबाट त्रिभुज बनाउन सक्नुहुन्छ न त आफूले उचाल्न नसक्ने ढुङ्गो बनाउन सक्नुहुन्छ ।

परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले आफ्नो स्वभावसित मेल खाने र तर्कसङ्गत सबै सम्भाव्य कुरो गर्न सक्नुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle