बौद्धिक रचनाबारे १५ ओटा भनाइ (भाग २)

भौतिकशास्त्रसम्बन्धी हालैका सिद्धान्तहरूको दृष्टिकोणबाट हेर्दा ख्रिस्टियमत केवल धर्म होइन तर परीक्षणात्मक तवरले जाँच गर्न सकिने विज्ञान हो ।

फ्र्याङ्क जे. टिप्लर, भौतिकशास्त्रीसाथै विश्व–उत्पत्तिशास्त्रविद्

बौद्धिक संरचनाको सन्निकट प्रतिफल छः यसले डार्बिनवादी विकासवादको नास्तिकवादी सम्पत्तिलाई नष्ट पार्छ । बौद्धिक संरचनाले बौद्धिक रूपमा सन्तुष्ट नास्तिक हुन असम्भव बनाइदिन्छ ।

विलियम ए. डेम्ब्स्की, गणितज्ञ, दार्शनिकसाथै ईश्वरशास्त्री

बाइबलको परमेश्वर जिनोमको पनि परमेश्वर हुनुहुन्छ । उहाँलाई मण्डलीमा वा प्रयोगशालामा आराधना चढाउन सकिन्छ । उहाँको सृष्टि तेजस्वी, विस्मयकारी, धेरै जटिल र सुन्दर छ ।

फ्रान्सिस एस. कोलिन्स, जेनोमविद्

एउटा अङ्ग्रेजी वाक्य वा कम्प्युटर सफ्टवेरमा भएको जानकारी मसीको रसायनशास्त्र वा चुम्बकको भौतिकशास्त्रबाट व्युत्पन्न हुँदैन तर त्यो भौतिकशास्त्र र रसायनशास्त्रभन्दा बाहिरी स्रोतबाट आउँछ । वास्तवमा दुवै अवस्थामा सन्देश माध्यमको धर्मभन्दा परबाट आउँछ । डीएनएमा भएको जानकारी पनि यसको भौतिक माध्यमभन्दा परबाट आउँछ ।

स्टिफेन सी. मेएर, लेखकसाथै विज्ञानका दार्शनिक

एउटा खगोलविद्को लागि विश्वको बारेमा भएको सबैभन्दा आश्चर्यपूर्ण कुरो यसको विशाल आकार होइन न त यसको लामो आयु नै हो, न त यसका सीमाहरूभित्र हुने शक्तिहरूको उग्रता नै हो । खगोलविद्लाई छक्क पार्ने कुरो त यसको सिद्ध सुव्यवस्थित अवस्था हो । हाम्रो सौर्य प्रणालीको ससाना भूउपग्रहहरूदेखि लिएर हामीभन्दा धेरै पर रहेका विशाल तारापुञ्जहरूसम्म भ्रमको कुनै सङ्केत पाईंदैन । कुनै पनि कुरो रीत नपुर्‍याई गरिएको छैन । विश्वको सुव्यवस्थित अवस्था विज्ञानको सर्वोत्तम खोज हो ।

एफ. आर. मोल्टन, खगोलविद्

वैज्ञानिक सिद्धान्तको वर्तमान अवस्थाबाट हेर्दा मेरो विचारमा विश्वव्यापी चेतना वा वचन उचित सम्भाव्य निष्कर्ष हो ।

आर्थुर एडिङ्गटन, खगोलव्दि, भौतिकशास्त्रीसाथै गणितज्ञ

यो विश्वलाई सर्वाधिक कडा मापनद्वारा नबनाइएको भए हामी कहिल्यै पनि अस्तित्वमा आउन सक्नेथिएनौँ । विश्व मानिसलाई जिउनको लागि सृष्टि गरिएको थियो भनी यी परिस्थितिहरूले अङ्कित गर्छन् भन्ने मेरो राय रहेको छ ।

जोन ओकिफे, नासाका खगोलविद्

[विगत] ५० वर्षभन्दा बेसी समय लगाएर डीएनए अनुसन्धनबारे पत्ता लागेका खोजहरूले संरचनाको पक्षमा नयाँ र अत्यधिक शक्तिशाली तर्कका लागि सामग्रीहरू जुटाएका छन् ।

एन्टोनी फ्लु, दार्शनिक

यो विश्वको एउटा उद्देश्य छ भनी भन्छु म । यो संयोगवशः अस्तित्वमा आएको होइन ।

रोजर पेनरोज, भौतिकशास्त्री, गणितज्ञसाथै विज्ञानका दार्शनिक

झन्डै बिस वर्षअगि विश्व–उत्पत्तिशास्त्रविद्को रूपमा मैले मेरो पेसाको थालनी गर्दा म एक दृढ नास्तिक थिएँ । एक दिन यहूदी–ख्रीष्टियान ईश्वरशास्त्रका मुख्य दाबीहरूलाई देखाउने र अहिले हामीले बुझेअनुसार यी दाबीहरू भौतिक विज्ञानका नियमहरूका सिधा निगमन तर्कहरू हुन् भन्ने मनसाय व्यक्त गर्ने पुस्तक लेख्ने थिएँ भनी मेरो सबैभन्दा परको सपनामा पनि मैले कहिल्यै कल्पना गरेको थिएनँ । भौतिकशास्त्रबारे मेरो आफ्नै विशेष शाखाबाट उत्पन्न अटल तर्कशास्त्रले मलाई यी निष्कर्ष निकाल्न बाध्य पारेको हो ।

फ्र्याङ्क जे. टिप्लर, भौतिकशास्त्रीसाथै विश्व–उत्पत्तिशास्त्रविद्

हामीलाई थाहा छ कि प्रकृतिलाई सबै सम्भाव्य गणितको सबैभन्दा उत्कृष्ट नियमद्वारा व्याख्या गरिन्छ किनभने यसलाई परमेश्वरले सृजनुभयो ।

अलेक्ज्यान्डर पोलिअकोभ, भौतिकशास्त्री

कसले सृजना गरे यी नियमहरूलाई ? सधैँ परमेश्वरको आवश्यकता पर्छ भन्ने कुरामा कुनै प्रश्न छैन ।

ब्यारी पार्कर, लेखकसाथै विश्व–उत्पत्तिशास्त्रविद्

म विश्वमा र मेरो जीवनमा परमेश्वरको आवश्यकता देख्दछु ।

आर्थुर एल. स्काओ, भौतिकशास्त्री

भौतिक संसारबारे हाम्रो वैज्ञानिक समझद्वारा प्रस्तुत यो अति उत्कृष्ट सुव्यवस्थित अवस्थाले परमेश्वरको माग गर्दछ ।

भेरा किस्टिकोस्की, भौतिकशास्त्री, शिक्षकसाथै अभियन्ता

वास्तविक विषय यो होः के हाम्रो विश्वमा भएका भौतिक शास्त्र र रसायन शास्त्रका नियमहरूले निर्जीव वस्तुबाट सजिव वस्तुको उदय हुने अनुमति दिन्छन् त ? हाम्रा सम्पूर्ण वैज्ञानिक अवलोकनले देखाइरहेका छन् कि जवाफ हुन्छः दिँदैनन् ।

जेक हर्बट

Facebook Comments

Powered by Youth Circle