पाले [अङ्ग्रेज दार्शनिक] को बौद्धिक तर्क र विश्वको उत्पत्तिसम्बन्धी तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन् र यो रचना परमेश्वरले गर्नुभएको हो भन्नाका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ ।
एडवार्ड हेरिसन, खगोलविद्साथै विश्व–उत्पत्तिशास्त्रविद्
यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ ।
जोन ग्लेन, अन्तरिक्ष–यात्रीसाथै इन्जिनिएर
म जति धेरै प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै सृष्टिकर्ताबारे चकित पर्दछु ।
लुई पास्चर, सुक्ष्म जीवशास्त्री
हामी देख्छौँ कि मानवीय कालिगडले जस्तै परमेश्वरले व्यवस्थितपना र नियममुताबिक संसारको निर्माण गर्नुभयो अनि हरेक कुरोलाई राम्ररी नाप्नुभयो ।
जोहानन केप्लर, खगोलविद्साथै गणितज्ञ
गुरुत्वाकर्षणले ग्रहहरूको चालको व्याख्या गर्दछ, तर ती ग्रहहरूलाई कसले चालमा स्थापित गर्यो भनी यसले व्याख्या गर्न सक्दैन ।
सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ
अहिले म विश्वास गर्दछु कि असीमित बुद्धिद्वारा यस विश्वलाई अस्तित्वमा ल्याइयो । म विश्वास गर्दछु कि विश्वका जटिल नियमहरूले वैज्ञानिकहरूले जेलाई परमेश्वरको समझ भनेका छन् त्यसलाई प्रदर्शन गर्दछन् । म विश्वास गर्दछु कि जीवन र पुनरुत्पादन ईश्वरीय स्रोतमा उत्पन्न हुन्छन् । आधा शताब्दीभन्दा बेसी समयसम्म मैले नास्तिकवादको व्याख्या गरी यसको पक्षमा वकालत गरे तापनि किन म यी कुराहरूमा विश्वास गर्दछु ? छोटो उत्तर यही होः म यही देख्दछु कि यही नै आधुनिक विज्ञानबाट उदय भएको विश्वको तस्बिर हो ।
एन्टोनी फ्लु, दार्शनिकसाथै लेखक
डीएनए कम्प्युटर प्रोग्रामजस्तै हो तर हालसम्म सृजित कुनै पनि सफ्टवेएरभन्दा यो विकसित छ ।
बिल गेट्स, आविष्कारकसाथै कम्प्युटर प्रोग्रामर
सृष्टिवादको विपरीत बौद्धिक रचना यसको आफ्नै हकमा एउटा विज्ञान हो र यो आफ्नै खुट्टामा खडा हुन सक्छ ।
विलियम ए. डेम्ब्स्की, गणितज्ञ, दार्शनिकसाथै ईश्वरशास्त्री
शून्यताबाट यस्तो व्यवस्थितपनाको उदय भयो भन्ने कुरा मेरो लागि ज्यादै असम्भव छ । व्यवस्थापन गर्ने सिद्धान्त विद्यमान हुनैपर्छ । परमेश्वर मेरो लागि रहस्य हुनुहुन्छ, तर केही नहुनुको साटो किन केही कुरो अस्तित्वमा छ भन्ने आश्चर्यकर्मको लागि उहाँ नै व्याख्या हुनुहुन्छ ।
अलान सान्डेज, खगोलविद्
बौद्धिक रचनाका निष्कर्षहरूसित कोही असहमत हुन सक्छ । तर यो धर्म, विश्वास वा ईश्वरीय प्रकाशमा आधारित तर्क हो भनी कसैले न्यायसङ्गत रूपमा दाबी गर्न सक्दैन । यो विज्ञानमा आधारित छ ।
स्टिफेन मेएर, बौद्धिक रचनाका समर्थक
हामी जति धेरै प्रकृतिको रहस्यभित्र छिर्छौं, त्यति नै धेरै परमेश्वरप्रति हाम्रो आदर बढ्छ ।
अल्बर्ट आइन्स्टाइन, वैज्ञानिकसाथै नोबेल पुरस्कार विजेता
परमेश्वर विश्व र मानव-जातिको सृष्टिकर्तासाथै पालनकर्ता हुनुहुन्छ जो विश्वभन्दा पर हुनुहुन्छ र यहाँ पनि हुनुहुन्छ ।
जर्ज एलिस, वैज्ञानिकसाथै लेखक
डीएनए अणु सम्पूर्ण विश्वमा नै सबैभन्दा दक्ष जानकारीसम्बन्धी भण्डारण प्रणाली हो ।
फ्रान्सिस क्रिक, अणुसम्बन्धी जीवशास्त्री, जीव-भौतिकशास्त्रीसाथै स्नायुविज्ञ
डीएनएको साक्षीले चेतनशील, जानकारी-वाहक रचनाबारे बताउँछ ।
फ्रान्सिस क्रिक, अणुसम्बन्धी जीवशास्त्री, जीव-भौतिकशास्त्रीसाथै स्नायुविज्ञ
प्रकृतिबारे कुनै ज्ञात नियम, कुनै ज्ञात प्रक्रिया, कुनै ज्ञात घटनाक्रम विद्यमान छैन जसले पदार्थमा आफसे आफ जानकारीको उदय गराउन सक्छ ।
वेर्नर जिट, लेखकसाथै इन्जिनिएर