कलेजसाथै विश्वविद्यालयहरूको स्थापना गर्नेहरू ख्रीष्टियानहरू नै थिए

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर ख्रिस्टाब्द १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा लेखकले संसारमा ख्रीष्टियान योगदानबारे चर्चा गरेका छन् । मैले यस किताबलाई सुरुदेखि अन्त्यसम्म पूरै पढेँ र ख्रीष्टियान मूल्य-मान्यताले समाज विकाससाथै देश निर्माण अनि मानवप्रति उच्च दृष्टिकोणलगायतजस्ता क्षेत्रमा कसरी प्रभाव पारेको रहेछ भनी थाहा पाउँदा दङ्ग परेँ । यस पुस्तकमा माइरले प्रस्तावना लेखेका छन् जहाँ तिनले सभ्यताको निर्माणमा येशूका शिक्षाहरूले खेलेको भूमिकालाई सठिक ढङ्गमा व्यक्त गरेका छन्ः

प्राचीन संसारमा उहाँ [येशू] का शिक्षाहरूले नैतिकताको पाशविक स्तरलाई माथि उठाए, शिशु हत्या रोके, मानवीय जीवनको मूल्यलाई वृद्धि गरे, स्त्रीहरूलाई मुक्त गरे, दास प्रथालाई निर्मूलन पारे, परोपकार र राहतसम्बन्धी संस्थाहरू जन्माए, अस्पतालहरूको सृजना गरे, अनाथालयहरूको स्थापना गरे र स्कुलहरू खोले ।

मध्य युगमा पाण्डुलिपिहरूको प्रतिलिपि गरेर, पुस्तकालयहरूको निर्माण गरेर, स्थगन दिनहरूमा लडाइँ मन्द पारेर र झैझगडाको छिनोफानो गरेर झन्डै ख्रिस्टियमतले मात्रै सर्वश्रेष्ठ संस्कृतिको जगेर्ना गर्‍यो । कलेजसाथै विश्वविद्यालयहरूको स्थापना गर्नेहरू, श्रमलाई ईश्वरीय पेसाको रूपमा सम्मान दिनेहरू र सभ्यताको ज्योतिलाई सीमा क्षेत्रमा बस्ने असभ्यहरूकहाँ पुर्‍याउनेहरू ख्रीष्टियानहरू नै थिए ।

आधुनिक कालमा उचित किसिमले व्यक्त ख्रीष्टियान शिक्षाले विज्ञानलाई अगाडि बढायो, राजनीति, सामाजिक र आर्थिक स्वतन्त्रताको अवधारणालाई दृढतापूर्वक स्थापित गर्‍यो, न्यायको विकास गर्‍यो र वर्तमान समयसम्म हाम्रो सम्पत्तिको रूपमा रहेका कला, वास्तुकला, सङ्गीतसाथै साहित्यमा विद्यमान वैभवशाली प्राप्तिहरूका लागि प्रेरणाको महानतम एकल स्रोतलाई उपलब्ध गरायो ।

Facebook Comments

Powered by Youth Circle