चर्चको विषयमा १५ ओटा मन छुने भनाइ

साँचो मण्डली कहिल्यै असफल हुन सक्दैन । किनकि यो चट्टानमाथि बसालिएको छ ।

टी. एस. एलिअट

जहाँसुकै हामी परमेश्वरको वचनलाई विशुद्ध रूपमा प्रचार गरिएको र सुनिएको देख्छौँ त्यहाँ परमेश्वरको मण्डली अस्तित्वमा हुन्छ, यद्यपि त्यहाँ थुप्रै त्रुटिहरू नै किन नहोउन् ।

जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर

तपाईं मण्डलीप्रति समर्पित हुनुभई ख्रीष्टप्रति समर्पित नहुन सक्नुहुन्छ । तर तपाईं ख्रीष्टप्रति समर्पित नहुनुभई मण्डलीप्रति समर्पित हुन सक्नुहुन्न ।

जोएल ओस्टिन

मण्डली सभाहरूमा हुने विश्वासयोग्य उपस्थितिले यस्ता आशिष्‌हरू ल्याउँछ जुन तपाईंले अन्य कुनै पनि तरिकाले प्राप्त गर्न सक्नुहुन्न ।

एज्रा टी. बेनसन

मण्डली मानव–जातिको लागि खडा हुँदा मात्र यो साँचो अस्तित्व बनेको हुन्छ ।

डाइट्रिच बोनहफर, ईश्वरशास्त्री, पास्टरसाथै लेखक

मण्डली परमेश्वरका सन्तानहरूको जमघट हो जहाँ तिनीहरूलाई बच्चालाई जस्तै मदत गर्न सकिन्छ र खुवाउन सकिन्छ अनि तिनीहरूलाई आमाले जस्तै हेरचाह गर्न सकिन्छ । त्यसपछि तिनीहरू विश्वासको परिपक्वतामा बढ्छन् ।

जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर

जसरी परमेश्वरको इच्छा सृष्टि हो र यसलाई ‘संसार’ भनिन्छ, त्यसै गरी उहाँको मनसाय मानिसहरूको उद्धार हो जसलाई ‘मण्डली’ भनिन्छ ।

क्लेमेन्ट (अलेक्ज्यान्ड्रियाका), मण्डली–पिता, ईश्वरशास्त्री

मण्डली मात्र एउटा यस्तो संस्था हो जसलाई परमेश्वरद्वारा अलौकिक रूपमा योग्य तुल्याइएको छ । यो एउटा यस्तो संस्था हो जसको बारेमा येशूले प्रतिज्ञा गर्नुभयो कि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैनन् ।

चार्ल्स कोलसन, वकिलसाथै लेखक

जहाँ परमेश्वरको मण्डली हुन्छ त्यहाँ परमेश्वरका आत्मा हुनुहुन्छ र जहाँ परमेश्वरका आत्मा हुनुहुन्छ त्यहाँ मण्डली र सारा अनुग्रह हुन्छ ।

आइरेनियस, रक्षाशास्त्री, बिशपसाथै मण्डली–पिता

ख्रीष्टियान मण्डली धर्मीहरूको सभा होइन । यो त त्यस्ताहरूको समाज हो जो असल छैनन् भनी तिनीहरू जान्दछन् ।

डी. ई. स्टिभेन्सन

पृथ्वीमा मण्डली मात्र एउटा यस्तो समाज हो जुन गैरसदस्यहरूको फाइदाको लागि अस्तित्वमा छ ।

विलियम टेम्पल

सहिदहरूको रगत मण्डलीको बिउ हो ।

तर्तुलियन, लेखकसाथै रक्षाशास्त्री

मण्डलीले विनम्रताको बारेमा सिक्नुपर्छ र यसलाई सिकाउनैपर्छ ।

जर्ज बर्नाड सा, नाटककार, समालोचकसाथै समाजवादी

मण्डली कुनै उद्देश्यको लागि नभई ख्रीष्टमा मानिसहरूलाई खिँच्न, तिनीहरूलाई साना ख्रीष्टहरू बनाउन अस्तित्वमा छ । यसले त्यसो गरिरहेको छैन भने सबै मण्डली भवन, पादरी, मिसन, प्रवचन, र बाइबल आफै पनि समयको बर्बादी मात्र हुन् । परमेश्वर मानिस बन्नुभयो, अरू कुनै उद्देश्यको लागि होइन ।

सी. एस. लेविस, रक्षाशास्त्री, उपन्यासकारसाथै समालोचक

राज्यहरू टलेर जान्छन्, सिंहासनहरू ढल्छन्, तर मण्डली रहिरहन्छ ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

Facebook Comments

Powered by Youth Circle