येशूका “म हुँ” भन्ने वाणीहरू किन यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् ?

यूहन्नाको पुस्तकमा येशूका ७ ओटा “म हुँ” भन्ने वाणीहरू अभिलिखित छन् ।

  • म जीवनको रोटी हुँ (यूहन्ना ६:३५) ।
  • म संसारको ज्‍योति हुँ (यूहन्ना ८:१२) ।
  • म ढोका हुँ (यूहन्ना १०:९) ।
  • म असल गोठालो हुँ (यूहन्ना १०:११) ।
  • म पुनरुत्थान र जीवन हुँ (यूहन्ना ११:२५) ।
  • म बाटो, सत्य र जीवन हुँ (यूहन्ना १४:६) ।
  • म दाखको बोट हुँ (यूहन्ना १५:१) ।

तर येशूका यी कुनै पनि वाणी अन्य सुसमाचारहरूमा पाईंदैन । किन यस्तो भएको होला ?

यूहन्नाले आफूले देखेका र सुनेका कुराहरू सही तरिकाले लेखे, “जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रा हातले छोयौं, त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो” (१ यूहन्ना १:१-२) ।

सम्मिलित सुसमाचारहरूभन्दा यूहन्नाको सुसमाचार फरक हुनुका विविध कारणहरू छन् । पहिलो, यूहन्नाले मूलतः येशूले यहूदियामा गर्नुभएको सेवाकार्यलाई जोड दिएका छन्, जब कि अन्य सुसमाचारहरू उहाँले गालीलमा गर्नुभएको सेवाकार्यमा केन्द्रित भएका छन् । दोस्रो, यूहन्नाले येशूका कतिपय गोप्य कुराकानीहरू अभिलिखित गरेका छन्, तर अन्य सुसमाचारहरूले खास गरी उहाँको सार्वजनकि सेवाकार्यको बारेमा चर्चा गरेका छन् । साधारणतया येशूले चुनौतीको सामना गर्नुभएपछि उहाँका प्रस्ट “म हुँ” भन्ने वाणीहरू देखा परेका छन् र आफूले भन्न खोज्नुभएको कुरोलाई उहाँले सामान्य तरवरले तर जोडदारसाथ व्यक्त गर्नुभयो ।

Facebook Comments

Powered by Youth Circle