कोरोना: भित्र डाक्टरहरू उपचार गर्दै, बाहिर विश्वासीहरू उत्साहको लागि प्रार्थना गर्दै

दुनियाँभरका ख्रीष्टियानहरू प्रार्थनामा समय बिताउँदै छन् । आफ्नो जीवन नै जोखिममा हालेर अग्रपङ्क्तिमा बसी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको उपचारका निम्ति लागिपरेका चिकित्सकहरूलाई उत्साह दिनका लागि ख्रीष्टियानहरू प्रार्थनामा सक्रिय छन् ।

अमेरिकी राज्य जर्जियाको अल्बानीस्थित अस्पतालको अगाडि कैयौँ मानिस भेला भई अस्पतालभित्र काम गररिरहेका स्त्री र पुरुषहरूका लागि प्रार्थना गरे । परमेश्वरको अनुग्रह र कृपा तिनीहरूमाथि रहोस् भनी आआफ्ना गाडीभित्र बसेर विश्वासीहरूले हात उठाउँदै प्रार्थना गर्दै थिए ।

त्यस्तै फ्लोरिडास्थित अस्पतालको सामु पनि विविध किसिमका गाडिहरू पार्किङ्ग गरिएका देखिन्थे । विश्वासीहरूले हेडलाइट बाली अस्पतालका कर्मचारीहरूको कामप्रति ऐकबद्धता जनाउँदै तिनीहरूलाई प्रेम देखाउनुकासाथै तिनीहरूको प्रयासमा समर्थन जनाए ।

अलाबामा पनि उस्तै प्रकृतिको दृश्य देखिन्थ्यो । कोरोना सङ्क्रमितहरूको स्वास्थ्यलाभको लागि मानिसहरूले परमेश्वरलाई बिन्ती चढाउँदै थिए ।

कतै विश्वासीहरूले ‘भययोग्य परमेश्वर’ भन्ने लोकप्रिय ख्रीष्टियान भजन गाएर भित्र उपचारमा खटिएका चिकित्सकहरूलाई हौसला दिएका थिए ।

अस्पतालसामु मात्र विश्वासीहरू प्रार्थनाका लागि भेला भएका छैनन्, तर यस्ता दर्जनौँ भिडियोहरू सार्वजनिक भएका छन् जहाँ स्वास्थ्यकर्मीहरूले पनि हातमा हात मिलाएर प्रार्थनामा समय बिताइरहेका छन् ।

‘नेम एबभ अल नेम्स’ अर्थात् सबै नाउँभन्दा माथि नामक फेसबुक पेजमा कैयौँ भिडियो पोस्ट भएका छन् जहाँ डाक्टरसाथै नर्सहरूले आआफ्ना विश्वास बाँड्नुका अतिरिक्त सँगसँगै प्रार्थना गरिरहेका छन् ।

कतिपय डाक्टरसाथै नर्सहरूले घुँडा टेकी उच्च स्वरमा यसो भनी परमेश्वरलाई पुकारेका छन्, “हे परमेश्वर, तपाईंको विश्वासको खोजी गरिरहँदा स्वर्गबाट ईश्वरीय चङ्गाइ ल्याउन हामीमाथि निगाह गर्नुहोस् ।”

यस्तो सङ्कटमय घडीमा केही चिकित्सकहरूले आँसु झारी परमेश्वरलाई बिन्ती चढाएका छन् ।

यो लेख पढिसक्नुभएपछि तपाईं पनि कोरोना सङ्क्रमितहरूको स्वास्थ्यलाभ र स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि कम्तीमा एक मिनेट प्रार्थनामा बिताउनुहुन्छ कि ?

 

स्रोत: https://www1.cbn.com/cbnnews/us/2020/march/must-see-videos-doctors-praying-inside-as-christians-surround-hospitals-to-pray-outside-against-coronavirus?fbclid=IwAR0J1Ekqpcgnmt-e_WAiVI4cOU-wcVueWAesgVV2ns5JGEKIMAXdDvTM6Uw

Facebook Comments

Powered by Youth Circle