रोचकैरोचक

चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे 

नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एउटा आदिवासी जातिको नाउँ हो । यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे । यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो । यो वर्षौंअगिको कुरो हो । रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए । तिनी खानाको खोजीमा गएका …

Read More »

अमेरिकी नोटमा लेखिएको छ— परमेश्‍वरमा नै हामी भरोसा गर्छौं

अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्‍वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा ख्रिस्टाब्द १८६४ मा पहिलो पटक अमेरिकी सिक्‍कामा देखा परेको …

Read More »

हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ

“हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ” नामक भजन सर्वोत्कृष्ट भजनहरूको सूचीमा पर्छ । ख्रिस्टाब्द १५२९ तिर सुधारवादी मार्टिन लुथरद्वारा रचित यस भजनलाई “सुधारवादको राष्ट्रिय गान” भनिएको छ । यस भजनलाई अङ्ग्रेजी भाषामा मात्रै कम्तीमा पनि ७१ पटक अनुवाद गरिएको छ । ख्रीष्टियान जगत्‌मा गाइने अन्य कुनै पनि भजनभन्दा यस भजनलाई सबैभन्दा …

Read More »

बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी …

Read More »

नासाका वैज्ञानिकहरूले अन्तरिक्षमा बाइबलको वचन पाठ गरे

२४ डिसेम्बर १९६८ मा एउटा गजबको इतिहास रचिएको थियो । त्यस दिन चन्द्रमालाई फन्को मार्ने क्रममा नासाका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा नै पालैपालो बाइबलको वचन (उत्पत्ति १:१-१०) पढेका थिए । तिनीहरू अप्पोल्लो ८ नाम दिइएको अन्तरिक्ष यात्रामा थिए । ६ दिन ३ घण्टा ४२ मिनेट अन्तरिक्षमा बिताई अन्तरिक्ष यात्रीत्रय …

Read More »

माकुरोको जालोले विश्वासीलाई शत्रुहरूको हातबाट बचायो 

उत्तर  अफ्रिकामा विश्वासीहरूमाथि उग्र सतावट आउँदा फ्रेडरिक नोलान नाउँ गरेका विश्वासी आफ्ना शत्रुहरूबाट भाग्दै थिए । बेँसीहरूमा भागे तापनि शत्रुहरू तिनको पिछा गर्दै थिए । वैरीहरूले तिनलाई पहाडहरूमा पनि एकलै छाडेनन् । भाग्दा-भाग्दा थकाइले तिनी लखतरान भइसकेका थिए । अब भाग्नको लागि कुनै ठाउँ बाँकी रहेको थिएन । शत्रुहरूले फेला …

Read More »

हामी परमेश्वरका हातद्वारा बनाइएका शिल्प हौँ   

ख्रिस्टाब्द १८२६ मा इङ्गल्यान्डमा जन्मेका हेन्‍री मुरहाउस बिशपसाथै लेखक थिए । तिनी आफ्नो समयका परिचित वक्ता थिए । उन्नाइसौँ शताब्दीको आरम्भमा तिनी प्रचारको लागि अमेरिका जाने गर्थे । एक पटक मुरहाउस अस्तव्यस्त सहरबाट पैदल हिँड्दै थिए । एक जना ठिटोले पसलबाट माटोको सानो भाँडोमा दूध बोकेर ल्याइरहेको प्रचारकले देखे । …

Read More »

पहिलो पटक येशूको फिल्म हेर्ने जङ्गली जातिले अनौठो प्रतिक्रिया देखायो

पूर्वी एसियाको जङ्गलमा बस्ने एउटा जातिको बिचमा मिसनरीहरूले येशूको फिल्म देखाउँदै थिए । त्यहाँका स्थानीयहरूलाई सुसमाचार सुनाउने हेतुले यो फिल्म देखाइएको थियो । यी मानिसहरूमध्ये केहीले येशूको बारेमा कहिल्यै सुनेका थिएनन् । तिनीहरूले कहिल्यै चलचित्र देखेका थिएनन् । पहिलो पटक तिनीहरूले आफ्नो जीवन कालमा फिल्म हेर्न पाएका थिए । त्यो …

Read More »

चन्द्रमामा पाइले टेक्ने वैज्ञानिक जेम्सले परमेश्वरको महिमा गरे

अपोल्लो १५ एउटा मिसनको नाउँ हो जसअन्तर्गत अमेरिकाले मानवनिर्मित यानमार्फत चन्द्रमामा मानिसहरू उतारेको थियो । यो मिसन २६ जुलाई १९७१ सालमा सुरु भई उही सालको अगस्त ७ सम्म लम्बिएको थियो । मानिसहरूलाई चन्द्रमामा उतार्ने यो चौथो प्रयास थियो । नासाले यसलाई सर्वाधिक सफल मानवीय उडानको रूपमा लिएको थियो । ती …

Read More »

आफ्नो विश्वासको रक्षा गर्नुहोस्— येशूका भाइ यहूदा

चार्ली एच. क्याम्पबेल कलेज पढ्दा नास्तिक थिए । तर एक्काइस वर्षको उमेरमा आइपुग्दा तिनले कतै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि भनेर प्रश्न गर्न थाले । बाइबल, येशू ख्रीष्ट र परमेश्वरको पक्षमा लेखिएका तर्कसङ्गत पुस्तकहरू पढेपछि तिनी छक्क परे । नास्तिकवाद साक्षीमा आधारित नभएको र ख्रिस्टियमत साक्षीमा आधारित भएको देखेपछि १९९० मा …

Read More »

Powered by Youth Circle