गवाही

सी. एस. लेविस— नास्तिकदेखि प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीसम्म

सी. एस. लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो …

Read More »

रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, …

Read More »

स्टट— एउटा खुट्टा नभए तापनि चीनमा सुसमाचार लिएर गएका मिसनरी

एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी सोधिँदा तिनले यसरी उत्तर दिएका थिए, “दुईवटा खुट्टा भएकाहरू गएका मैले देखिनँ । तसर्थ, म जानैपर्छ ।” यसरी जवाफ दिने व्यक्ति थिए, जर्ज स्टट । बुबा जोन स्टट र आमा जेन एन्डरसनबाट १३ …

Read More »

स्टिभेन— जसले आफूलाई तीन गोली हान्नेलाई क्षमा दिए

स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर थिए । १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए । तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए । १३-१५ वर्ष उमेरका तीन जना केटा शङ्कास्पद देखिए । तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका …

Read More »

बेथानी— बायाँ हात गुमे तापनि पानीसित खेल्ने स्त्रीको रूपमा परिचित

१३ वर्षकी छँदा बेथानी आफ्ना दौँतरी र नातेदारहरूसँगै समुद्री तटमा गइन् । उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ । मिति ३१ अक्टोबर २००३ को हो । बिहानको साढे सात बजेको थियो । सर्फिङ्ग खेल्दा प्रयोग गरिने आफ्नो फलेकमाथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी …

Read More »

जोनी— असक्तता भएकाहरूका लागि प्रेरणाकी स्रोत

“मेरो कमजोरी (गर्दनदेखि मुनि पक्षाघात) मेरो सबैभन्दा ठुलो सम्पत्ति हो किनकि म उठ्दा हरेक बिहान यसले मलाई ख्रीष्टका पाखुराहरूमा लैजान्छ ।” यो भनाइ पक्षाघात भएकी जोनी एरिक्सन टाडाको हो जो चित्रकार, वक्ता, अभिनेत्री र लेखिका हुन् । आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा अद्भुत सफलता हात पार्न …

Read More »

एरिक— सगरमाथाको टुप्पोमा पाइला टेक्ने एक मात्र दृष्टिविहीन

ख्रिस्टाब्द १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ्ग नोर्गेले पहिलो पटक सगरमाथाको टुप्पोमा पाइला टेकेपछि साहसिक यात्राको लागि सगरमाथा आकर्षण बन्यो यद्यपि आरोहणको क्रममा धेरैले ज्यान गुमाएका छन् । २००१ मा एरिक नाम गरेका दृष्टिविहीनले पनि संसारकै सर्वोच्च शिखरमा पाइली टेकी इतिहास रच्ने योजना बुने । शारीरिक दुर्बलता मात्र तिनको …

Read More »

फेन्नी क्रज्बी— जसले दृष्टिविहीन भएर पनि ८,००० ओटा भजन रचिन्

एक जना सेवकले फेन्नी क्रज्बीप्रति सहानुभूति देखाउँदै भन्यो, “परमेश्वरले तिमीमाथि प्रशस्त वरदानहरू खन्याउनुभएको छ । तर मेरो विचारमा उहाँले तिमीलाई दृष्टि नदिनुचाहिँ ज्यादै दुःखको कुरो हो ।” फेन्नीले तुरुन्तै उसलाई यसो भन्दै हप्काइन्, “के तपाईंलाई थाहा छ कि जन्मने बेलामा मेरा सृष्टिकर्तालाई एउटा बिन्ती चढाउने मौका मलाई प्रदान गरिएको भए …

Read More »

निक— हात र खुट्टाविना जन्मेका प्रेरणादायी प्रचारक

“परमेश्वरले हात र खुट्टा नभएको मानिसलाई उहाँको हात र खुट्टा हुनको लागि प्रयोग गर्न सक्नुहुन्छ भने निश्चय नै उहाँले कुनै पनि इच्छुक ह्रदयलाई प्रयोग गर्नुहुने छ ।” यो निकको भनाइ हो जो हात र खुट्टाविना जन्मे तापनि आज विश्वभरि प्रेरणादायी वक्ता कहलाइएका छन् । वर्तमान संसारमा फरक क्षमता भएका मानिसहरूका …

Read More »

ख्रीष्‍टियान विश्‍वासलाई अनुसन्धान गरेपछि नास्तिक पत्रकारले घुँडा टेके

तिनी नास्तिक थिए । तिनको बुझाइमा प्रेमिलो र सर्वशक्तिमान् सृष्‍टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन । पत्रकार र कानुनका विद्यार्थी तिनी अमेरिकाको सिकाको ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए । एक दिन तिनकी अज्ञेयवादी पत्‍नी लेज्लीले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेकी छु ।” …

Read More »

Powered by Youth Circle