विज्ञान

बाइबलीय पात्र इरास्तसको शिलालेख फेला पारियो

बाइबलमा ३ पटक इरास्तसको नाउँ देखा पर्छ (प्रेरित १९:२२; रोमी १६:२३ र २ तिमोथी ४:२०) । प्रेरितको पुस्तकअनुसार पावलले तिमोथीसँगै इरास्तसलाई माकेडोनिया पठाए, “तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे” (१९:२२) । रोमीहरूलाई लिखित आफ्नो पत्रमा पावल रोमका विश्वासीहरूलाई …

Read More »

बाइबलको वैज्ञानिक सच्चाइबारे ६ ओटा घतलाग्दा भनाइ

अन्य सबै प्राचीन धार्मिक ग्रन्थहरूबाट बाइबललाई फरक बनाउने एउटा कुरो हो— यसको वैज्ञानिक सच्चाइ । विनाअपवाद अन्य प्रत्येक प्राचीन धार्मिक ग्रन्थमा कुनै न कुनै वैज्ञानिक त्रुटिहरू पाइन्छन् । उदाहरणको लागि, सूर्य हिल्लाम्मे झर्नाभित्र गएर बिलाउँछ भनी मुहम्मदले कुरआनमा सिकाएका छन् । पृथ्वी थेप्चो र त्रिभुजाकारको छ अनि पृथ्वीमुनि भएका हात्तीहरूले …

Read More »

बाइबलको इतिहाससित सम्बन्धित ३,२०० वर्ष पुरानो स्मारक फेला पारियो

ख्रिस्टाब्द १८९६ मा  विश्वविख्यात ब्रिटिस पुरातत्त्वविद् फ्लिन्डर्स पेट्रीले मिश्रमा एउटा शिलालेख पत्ता लगाए जसलाई मर्नेप्ता स्मारक स्तम्भ भनिन्छ । ‘इस्राएल’ को उल्लेख गर्ने बाइबल बाहिरको यो नै प्राचीनतम सन्दर्भ भएकोले यसलाई इस्राएल स्मारक स्तम्भ पनि भनेर चिनिन्छ । मर्नेप्ता प्राचीन मिश्रका राजा थिए जसले १२१३–१२०३ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । …

Read More »

बाइबलीय पात्र बारूकका २,६०० वर्ष पुराना २ ओटा छाप फेला पारिए

यर्मिया ३६:४ मा लेखिएको छ, “यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे ।” छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बाँचेका बारूक बाइबलका परिचित पात्र हुन् । बाइबलीय विवरणहरूअनुसार बारूक शास्त्री, चेला, सचिवसाथै यर्मिया अगमवक्ताका घनिष्ठ …

Read More »

‘परमप्रभुको मन्दिर’ लेखिएको २,६०० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो 

इस्राएलको दक्षिणमा पर्ने अरद (प्राचीन यहूदा) नामक सहरमा एउटा शिलालेख फेला पारिएको छ जसमा अन्य केही लेखहरूसँगै ‘परमप्रभुको मन्दिर’ भनेर पनि लेखिएको छ । यस आविष्कारलाई छैटौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको छ जसको अर्थ हुन्छ कि यो २,६०० वर्ष पुरानो लेखोट हो । यसको लेखक अज्ञात भए तापनि यसको प्रापक …

Read More »

बाइबलसित सम्बन्धित तीन हजार वर्ष पुरानो शिलालेख फेला पारियो

इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …

Read More »

फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख

ख्रिस्टाब्द १९६१ को जुन महिनामा एउटा शिलालेख फेला पारियो जसले नयाँ करारको एउटा महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ । तिनको नाउँ हो— पन्तियस पिलातस । तिनले नै येशूलाई क्रूसमा टाँग्ने आज्ञा दिएका थिए । यस आविष्कारले पिलातसको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी पुष्टि गरिदिएको छ । इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको …

Read More »

बाइबलीय पात्रको नाम उल्लिखित २,००० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो

आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रा (ख्रिस्टाब्द ४९–५२) मा पावलले कोरिन्थमा १८ महिना बिताएपछि तिनको सुसमाचारीय सेवामा विरोध आयो । यो राजनीतिक दङ्गा थियो जसको विषयमा इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, र यसो भने, …

Read More »

बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो छाप फेला पारियो 

ख्रीष्टियान धर्मशास्त्र बाइबलको पुरानो करारका ३९ ओटा पुस्तकमध्ये एउटा हो, यर्मिया । यस पुस्तकका लेखक स्वयम् यर्मिया नै थिए जो अगमवक्ता पनि थिए । तिनले यहूदाको आसन्न निर्वासनको विषयमा भविष्यवाणी गर्दा थुप्रै राजनीतिक अगुवाहरूले तिनको खेदो गरे । अगमवक्ताको विरुद्धमा उत्री तिनलाई सताउनेहरूमध्ये एक थिए, पशहूरका छोरा गदल्याह । यर्मिया …

Read More »

पत्ता लाग्यो बेथस्दाको जल–कुण्ड जहाँ येशूले पक्षाघातीलाई निको पार्नुभएको थियो

यहूदीहरूको निस्तार चाडको अवसरमा येशू यरूशलेम जानुहुँदा अठतिस वर्षदेखि बिरामी पर्दै आएका एक पक्षाघातीलाई येशूले चङ्गाइ गर्नुभयो भनी यूहन्नाले लेखेका छन् (यूहन्ना ५:१–१५) । तिनको बयानअनुसार भेडा–ढोकाको नजिक पर्ने यस जल–कुण्डमा पाँचवटा दलान थिए । चौथो सुसमारीय लेखक यूहन्नाले वर्णन गरेका ठाउँहरूमध्ये केही ठाउँहरू पुष्टि नभएकाले आलोचकहरूले तिनको सुसमाचारमाथि आशङ्काका …

Read More »

Powered by Youth Circle