विचार

रक्षाशास्त्रको इतिहास: पहिलो शताब्दिदेखि बिसौँ शताब्दीसम्म

नयाँ करारको कुनै पनि पुस्तक सिधै रक्षाशास्त्रसित सम्बन्धित नभए तापनि प्राय: सबै रचनामा ख्रीष्टियान विश्वासको जवाफ दिने प्रयास गरिएको पाइन्छ । “पावलका मुख्य पत्रहरू, हिब्रू, चारवटा सुसमाचार र प्रेरितको पुस्तकजस्ता नयाँ करारका भागहरूले लेखकहरूका मनमा भएको रक्षाशास्त्रसम्बन्धी विचारलाई प्रकट गर्छन् ।” यो हिस्ट्री अफ अपोलोजेटिक्स (रक्षाशास्त्रको इतिहास) बाट उद्धृत छोटो …

Read More »

मानव अधिकारको धारणामाथि बाइबलको प्रभाव

१० डिसेम्बर १९४८ ऐतिहासिक दिन थियो किनकि उक्त दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरियो । संयुक्त राष्ट्रसङ्घका तत्कालीन ५८ ओटा सदस्य राष्ट्रमध्ये ४८ ओटा मुलुकले यसको पक्षमा मत खसाल्यो, आठवटा अनुपस्थित थियो, दुईवटाले मत दिएन भने कुनै पनि देश यसको विरुद्धमा उठेन । फ्रान्सको राजधानी पेरिसमा संयुक्त राष्ट्रसङ्घको साधारण …

Read More »

परमेश्वर हुनुहुन्छ भने संसारमा किन खराबी छ ?

“हरेकले दुष्ट्याइँको अनुभव गर्छ । यो दर्द, दु:खकष्ट, रोग, विपत्ति, मृत्युजस्ता विभिन्न रूपमा आउँछ । के दर्दको कुनै उद्देश्य छ ? मैले मन पराएको मान्छे किन मर्‍यो ? किन हाम्रो सहरलाई आँधीबेहरीले प्रहार गर्‍यो ? किन हाम्रो घरमा चट्याङ पर्‍यो ? किन हाम्रो छिमेकमा तुफान आयो ? किन खडेरी र …

Read More »

ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास हो

“परमेश्वर कारणको परमेश्वर हुनुहुन्छ (यशैया १:१८), र उहाँले हामीलाई बौद्धिक प्राणीको रूपमा सृष्टि गर्नुभएको छ (उत्पत्ति १:२७; कलस्सी ३:१०) । त्यसैले हामीले कारणको वरदानलाई उपयोगमा ल्याउनु पक्कै पनि उहाँको चाहना हो । हामीले अन्धकारतिर डोर्‍याउने अन्धविश्वासलाई नभई असल साक्षीको प्रकाशमा बौद्धिक विश्वासलाई प्रयोग गरेका परमेश्वर चाहनुहुन्छ (हेर्नुहोस् यूहन्ना २०:२७) ।” …

Read More »

सृष्टिकर्ताको विज्ञान र बुद्धि

आफ्नो पुस्तकको पहिलो अध्यायमा ख्रीष्टियान रक्षाशास्त्रका सहयोगी प्राध्यापक लेखिका मेलिसा क्यारिन ट्राभिसले व्यक्त गरेकी छन्, “ईश्वरवादको लागि आधुनिक विज्ञानसित सम्बन्धित एउटै निकै सामान्य अवरोध हो— ‘परमेश्वरको अस्तित्वको लागि साक्षीको एउटा टुक्रा पनि छैन ।’ यो कुरो साँचो हो कि वैज्ञानिक रूपमा हामी परमेश्वरको अस्तित्वलाई न प्रमाणित गर्न सक्छौँ, न त …

Read More »

प्राचीन विश्वासलाई आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा

“विज्ञानको इतिहासमा देखा परेका सर्वाधिक नाटकीय खोजहरूमध्ये एउटा हो— यो विश्व महाविस्फोटमा सुरु भयो ।” यो मोडर्न फिजिक्स एन्ड एन्सन्ट फेथ नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तकका लेखक हुन्, स्टिफेन एम. बार । लेखक भौतिकशास्त्रका प्राध्यापक हुन् । ३३२ पृष्ठ लामो यो पुस्तक ख्रिस्टाब्द २०१६ मा प्रकाशित भएको …

Read More »

के प्रार्थनाले परमेश्वरको मन बद्लन सक्छ ?

परिवर्तन सधैँ कि झन् असलको लागि हो कि भने झन् खराबको लागि । परमेश्वर सिद्ध हुनुभएकोले उहाँलाई झन् असल वा झन् खराब हुनु आवश्यक छैन । परमेश्वरका विविध गुणहरूमध्ये एउटा हो, अपरिवर्तनशीलता । उहाँ अपरिवर्तनशील हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ” (मलाकी ३:६) । “उहाँले मन …

Read More »

महामारीप्रति महान् सुधारवादी मार्टिन लुथरको प्रतिक्रिया

मानव इतिहासमा अभिलिखित सर्वाधिक डरलाग्यो महामारीको नाउँ हो, ब्ल्याक डेथ (अर्थात् कालो मृत्यु) । सात वर्षसम्म जारी (ख्रिस्टाब्द १३४६-१३५३) यस महामारीको चपेटामा परी ७ करोड ५० लाखदेखि २० करोडसम्म मानिसहरू मरे भनी अनुमान गरिएको छ । यसले तत्कालीन ज्ञात विश्वलाई प्रभाव पारेको थियो जस्तो अहिले कोरोना भाइरस (कोभिड-१९) ले प्रभाव …

Read More »

मदर्स डेबारे ख्रीष्टियानले जान्नुपर्ने ७ ओटा कुरा

१. ‘मदर्स डे’ अङ्ग्रेजी Mother’s Day को लिप्यन्तरण हो । यसलाई ‘मातृ दिवस’ भनेर अनुवाद गर्न सकिन्छ । यो परिवारको आमालाई विशेष किसिमले सम्झना गरी मनाइने दिवस हो । यसको अर्थ बाँकी ३६४ दिन आमाको बेवास्ता गरी त्यस दिन मात्र उहाँलाई सम्झने भन्ने होइन । आमा ३६५ दिनै अति आदरको …

Read More »

कोरोना भाइरसको महामारीको लागि को जिम्मेवार— परमेश्वर वा मानिस ?

यस्तो जटिल प्रश्नको जवाफ खोज्ने प्रयासमा प्रेरित पावलको अर्तीलाई ख्याल गरी पहिले मानवीय विनम्रतालाई व्यक्त गर्नु बुद्धिमानी हुन्छ, “आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! ‘किनभने प्रभुको मनलाई कसले जानेको छ ? अथवा उहाँको सल्‍लाहकार को भएको छ’” (रोमी …

Read More »

Powered by Youth Circle