विचार

७ ओटा ख्रीष्टियान अवधारणा जसले संसार बदल्दियो

दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक क्याम्बोडियाको एउटा परिवारमा एक छोरीको जन्म भयो । छोरी परिवारको चाहना नभएकोले तिनीहरूले छोरीलाई जङ्गलमा लगी खाडल खनेर बाकसमा राखी जिउँदै पुरिदिए । उक्त परिवारले आफ्नै छोरीलाई जङ्गलमा गाड्ने योजना बनाउँदै थियो भन्ने जानकारी पाएकी एक जना ख्रीष्टियान नर्स पछि-पछि गइन् । परिवारको प्रस्थानपश्चात् हतारसँग उनले …

Read More »

के भविष्यमा मान्छेले मान्छेको जस्तै बुद्धि भएको यन्त्र बनाउन सक्ने छ ?

ख्रिस्टाब्द १९५३ मा रसायनशास्त्रीद्वय स्टान्ली मिलर र हारोल्ड उरेले एउटा परीक्षण गरे । उक्त परीक्षण पृथ्वीमा जीवको उत्पत्तिसित सम्बन्धित थियो । तिनीहरूले हाइड्रोजन, मिथेन, एमिनो एसिडजस्ता रसायनहरूलाई एउटा भाँडोमा मिश्रण गरी त्यसमा विद्युतीय झट्का दिए । पृथ्वीको सुरुको वातावरणमा यी रसायनहरू विद्यमान थिए भन्ने बुझाइ थियो । तिनीहरूले केही एमिनो …

Read More »

संसारभरि आएको जागृतिको लहरले नेपाललाई पनि छोएको छ

२० नोभेम्बर १८३९ का दिन मिसनरीद्वय जोन विलियम्स र जेम्स हेरिस प्रशान्त महासागरको दक्षिणमा पर्ने न्यु हेब्रिडेस नामक देशको इरोमाङ्गो टापुको तटमा उत्रे । त्यसको केही मिनेटभित्रमा त्यहाँका स्थानीहरूले दुवै जनाको हत्या गरी तिनीहरूका मृत शरीर पकाएर खाइदिए । त्यहाँका स्थानीहरू नरभक्षी अर्थात् मान्छेको मासु खाने जातिहरू रहेछन् जसले येशूको …

Read More »

आधुनिक संसार निर्माणमा ख्रीष्टियान विश्वासको भूमिका

“धार्मिक स्वतन्त्रता, राजनीतिक जवाफदेहिता, असल सरकार, परोपकारिता र समुदायमाथि हाम्रो विश्वास सबै नै ख्रीष्टियान प्रभावको कारणले उदय भएका हुन् ।” यो हाऊ क्रिस्चियानिटी मेड द मोडर्न वर्ल्ड नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तक पठन यात्रामा यो मेरो ४३ औँ पुस्तक हो । २७० पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन …

Read More »

बुद्ध धर्मको दृष्टिकोणमा येशू 

छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नेपालमा जन्मेका गौतम बुद्धले यस धर्मको सुरुआत गरेका थिए । संसारको जम्मा जनसङ्ख्याको झन्डै ७% (करिब ४७ करोड) अनुयायी भएको यस धर्ममा पनि हिन्दु धर्ममा झैँ विभिन्न परम्परा, विश्वास र अभ्यासहरू पाइन्छन् । यसका अनुयायीहरू मूलतः एसिया महादेशमा बस्दछन् । संसारको १४ ओटा देशमा यस धर्मको बाहुल्यता …

Read More »

इस्लाम धर्मको दृष्टिकोणमा येशू

संसारको दोस्रो ठुलो धर्म हो— इस्लाम । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ र यसको धर्मशास्त्रको …

Read More »

मैले कहिल्यै नचिनेको येशू

मैले पछिल्लो पटक पढेर सिद्ध्याएको पुस्तकको नाउँ हो— द जिजस आई नेभर न्यु (नेपालीमा मैले कहिल्यै नचिनेको येशू) । पुस्तक पठन यात्रामा यो मेरो ४२ औँ पुस्तक हो । २५२ पृष्ठको यस किताबलाई मैले १२ दिन लगाएर सकेँ । ख्रिस्टाब्द १९९५ मा प्रकाशित यस कृतिले स्वर्ण पदक हात पारेको थियो …

Read More »

असल लेखक असल पाठक पनि हो

धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा सी. एस. लेविस नास्तिक बने । तिनी ख्रीष्टियान नहुन खोजेका थिए । तर आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई …

Read More »

के यो सम्पूर्ण विश्व संयोगद्वारा अस्तित्वमा आएको हुन सक्छ ?

हाम्रा आँखाले देख्न सक्ने र देख्न नसक्ने अनि नजिक र टाढा भएका यी यावत् थोक कहाँबाट आए ? सम्पूर्ण पदार्थ, शक्ति, अन्तरिक्ष र समय कहाँबाट अस्तित्वमा आए ? अर्को तरिकाले भन्नुपर्दा, यो सम्पूर्ण विश्व अर्थात् युनिभर्स कहाँबाट आयो ? उन्नाइसौँ शताब्दीको अन्त्यसम्मको गैरख्रिस्टियान जवाफ हुन्थ्यो: यो अनन्त भएकोले सधैँभरि अस्तित्वमा …

Read More »

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १०१ ओटा कारण

“मिखाएल फाराडे, ग्यालिलियो ग्यालिली, विलियम केल्भिन, गुग्लिल्मो मार्कोनी, आइज्याक न्युटन, लुई पास्चर र एडमन्ड ह्विटकरजस्ता अनगिन्ती प्रतिष्ठित वैज्ञानिकहरूले परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भनी विश्वास गरे ।” यो १०१ गुड रिजन्स टु बिलिभ: अ कम्प्रेहेन्सिभ केस फर क्रिस्चियानिटी नामक पुस्तकबाट साभार गरिएको अंश हो । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई यो …

Read More »

Powered by Youth Circle