बाइबल

कसरी इसहाक अब्राहामको ‘एउटै छोरो’ हुन सक्छ (उत्पत्ति २२:२) ?

परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्न खोज्नुहुँदा उहाँले अब्राहामलाई भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्” (उत्पत्ति २२:२) । तर इसहाकको जन्म हुनुभन्दा धेरै वर्षअगि नै अब्राहामले हागारबाट इश्माएललाई जन्माइसकेका थिए, “अनि हागारले अब्रामको एक जना …

Read More »

येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि (यूहन्ना १९:१४) ?  

मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) । तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाहृ बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाहृ बजेको थियो । पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) …

Read More »

के उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ ले त्रिएकतालाई जनाउँछ ?

उत्पत्ति १:२६ मा लेखिएको छ, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌’ ।” यस पदमा प्रयोग गरिएको बहुवचन सर्वनाम हो— हाम्रै । यो परमेश्वरको सट्टामा प्रयोग गरिएको शब्द हो । परमेश्वर एक …

Read More »

किन येशूले मरियमलाई “मलाई नछोऊ” भन्नुभयो (यूहन्ना २०:१७) ?

प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, …

Read More »

येशूका “म हुँ” भन्ने वाणीहरू किन यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् ?

यूहन्नाको पुस्तकमा येशूका ७ ओटा “म हुँ” भन्ने वाणीहरू अभिलिखित छन् । म जीवनको रोटी हुँ (यूहन्ना ६:३५) । म संसारको ज्‍योति हुँ (यूहन्ना ८:१२) । म ढोका हुँ (यूहन्ना १०:९) । म असल गोठालो हुँ (यूहन्ना १०:११) । म पुनरुत्थान र जीवन हुँ (यूहन्ना ११:२५) । म बाटो, सत्य …

Read More »

के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?

यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने । (वास्‍तवमा येशू …

Read More »

ख्रीष्टियानहरूले शपथ खान मिल्छ (हिब्रू ६:१३-१४) वा मिल्दैन (मत्ती ५:३४) ?

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ” (मत्ती ५:३४) । याकूब पनि उस्तै तथ्य व्यक्त गर्छन्, “मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ” (याकूब ५:१२) । अर्कोतिर परमेश्वर स्वयम्‌ले शपथ खानुभयो, “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा …

Read More »

परमेश्वरले हव्वालाई कहिले बनाउनुभयो— छैटौँ दिनमा वा त्योभन्दा पछि (उत्पत्ति २:२०-२२) ?

उत्पत्ति १ अध्यायअनुसार परमेश्वरले आदमलाई मात्र नभई हव्वालाई पनि छैटौँ दिनमा नै सृष्टि गर्नुभयो, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (पद २७) । मानव-जाति परमेश्वरद्वारा छैटौँ दिनमा सृष्टि गरिएका थिए भनी पद …

Read More »

बाबेलको धरहराअगि संसारमा कतिवटा भाषा थियो— एउटा मात्र वा धेरै (उत्पत्ति १०:५) ?

परमेश्वरले मानिसलाई सृजनुभएपछि पृथ्वीको चारैकुनामा फैलने आज्ञा दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर” (उत्पत्ति १:२८) । तर उत्पत्ति ११ अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरहरा बनाउने कोसिस गरे जसलाई …

Read More »

बाइबलीय विवरणको थप पुष्टि गर्ने २,८०० वर्ष पुरानो शिलालेख फेला पर्‍यो

२ राजा ३:४ मा लेखिएको छ, “मोआबका राजा मेशाले भेडाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठाहरू र एक लाख भेडाहरूको ऊन दिनुपर्थ्यो ।” मेशा मृत सागरको पूर्वमा पर्ने सानो राज्य मोआबका शासक थिए जसले नवौँ शताब्दी ख्रिस्टपूर्वको मध्यतिर शासन गरेका थिए । तिनी यहूदाका राजा यहोशापात (८७०–८४८ …

Read More »

Powered by Youth Circle