बाइबल

क्रूसमा टाँगिनुभएका येशूको शिरमाथि लिखित INRI को अर्थ के हो ?

संसारमा येशूका विविध चित्रहरू पाइन्छन् । तपाईंले ती तस्बिरहरूमा येशूको शिरमाथि INRI लेखिएको एउटा शब्द देख्नुहुन्छ । यसको पूरा रूप के हो र यसको अर्थ के हुन्छ ? येशूको जन्म र मृत्युको समयमा उहाँलाई यहूदीहरूका राजा भनिएको छ । उहाँ बेथलेहेममा जन्मनुभएपछि पूर्वबाट आएका बुद्धिमान् मानिसहरूले यसो भन्दै सोधखोज गरे, …

Read More »

निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो (मत्ती ३:१३-१७) ?

येशूले कहिल्यै पाप गर्नुभएन भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ । येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रूस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी …

Read More »

किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो (लूका ३:२३) ?

येशू यहूदी परिवारमा जन्मनुभयो र यहूदी हुनुभएकोले आठौँ दिनमा उहाँको खतना गरियो । व्यवस्थाबमोजिम चालिसौँ दिनमा उहाँलाई मन्दिरमा अर्पण गरियो । १२ वर्ष पुग्नुभएपछि उहाँ यरूशलेममा जानुभयो, “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो” (लूका २:४२) । यूहन्नाबाट बप्तिस्मा लिनुभएसँगै उहाँको सेवाकार्य सुरु भयो, “तब येशू …

Read More »

याकूबले कोसित कुश्ती लडे— स्वर्गदूत वा परमेश्वर (उत्पत्ति ३२:२२-३२) ?

याकूबको कुश्तीबारे उत्पत्ति ३२:२२-३२ मा वर्णन गरिएको छ । तपाईं यस कुश्तीबारे परिचित हुनुहुन्न भने विवरण यस प्रकार छ: त्‍यस रात याकूब उठे, र तिनका दुई पत्‍नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्‍बोक नदी तरे । तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्‍यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि …

Read More »

के परमेश्वरले राहाबको झुटलाई अनुमोदन गर्नुभयो (यहोशू २:४-५) ?

दश आज्ञामध्ये एउटा आज्ञाले झुटो गवाही दिन निषेध गर्छ, “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू” (प्रस्थान २०:१६) । तर यहोशूको पुस्तकमा राहाबले झुट बोलिन्, “तर त्‍यस स्‍त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई । त्‍यसले भनी, ‘हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन्‌ मलाई थाहा भएन …

Read More »

घिनलाग्दा पापहरू गरेका लोत (उत्पत्ति १९) कसरी ‘धार्मिक’ हुन सक्छन् (२ पत्रुस २:७-८) ?

उत्पत्तिको विवरणअनुसार लोतले घिनलाग्दा पापहरू गरेका छन् । तिनले समलिङ्गीहरूलाई आफ्ना कन्या छोरीहरू मात्र दिने प्रस्ताव गरेनन् तर मद्यले मात्तिएको अवस्थामा तिनका छोरीहरू नै तिनीसित सुते (उत्पत्ति १९) । तर पत्रुसले आफ्नो दोस्रो पत्रमा लोतलाई ‘धार्मिक’ भनेका छन्, “उहाँले दुष्‍टहरूका कामुकताबाट अति दु:खित भएका धार्मिक लोतलाई बचाउनुभयो । (ती मानिसहरूका …

Read More »

मासु खाने वा नखाने सम्बन्धमा बाइबलले के सिकाउँछ ?

बाइबल स्कुलकी छात्राले प्रश्न गरिन्, “सर, हामीले सुँगुरको मासु खान मिल्छ कि मिल्दैन ?” उनी लेवी ११ अध्यायमा अभिलिखित शुद्ध र अशुद्ध खानेकुराबारे सचेत थिइन् । पद ७ मा सुँगुरको मासु खान निषेध गरिएको छ, “अनि सुँगुर, किनभने त्‍यसको खुर पूरै चिरिएको त हुन्‍छ, तर उग्राउँदैन । त्‍यो तिमीहरूका निम्‍ति …

Read More »

पत्रुसका पिता को थिए– योना वा योआनेस वा यूहन्ना ?

पत्रुस येशूका १२ जना चेलामध्ये एक थिए । तिनलाई सिमोन वा केफास पनि भनिन्छ । तिनका पिता को थिए ? मत्तीको सुसमाचारअनुसार योना थिए, “येशूले तिनलाई भन्‍नुभयो, ‘योनाको छोरो सिमोन, तिमी धन्‍य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो'” (१६:१७) …

Read More »

येशूको जन्मको सूचना पहिले कसलाई दिइयो— योसेफलाई वा मरियमलाई ?

मत्तीको सुसमाचारअनुसार येशूको जन्मको सूचना योसेफलाई दिइयो, “तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ‘योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ । तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ …

Read More »

“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्‌हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …

Read More »

Powered by Youth Circle