बाइबल

एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू

बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला आलेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ । माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको …

Read More »

मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज

ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ । धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका …

Read More »

मृत्युपश्चात् पुनरुत्थानअगि येशू कहाँ जानुभयो ?

क्रूसमा टाँगिएका दुई जना अपराधीमध्ये पश्चात्ताप गर्नेचाहिँलाई येशूले प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । यसको अर्थ हुन्छ कि येशू मर्नुभएको त्यस शुक्रबार उहाँ स्वर्गलोकमा जानुभएको थियो । तर प्रश्न यो हो— त्यस बेला स्वर्गलोक कहाँ थियो ? पुरानो करारमा मरेकाहरूको वासस्थानलाई उल्लेख …

Read More »

येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?

आफ्नो दोस्रो आगमनको समयबारे बोल्नुहुँदै येशूले भन्नुभयो, “तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न त पुत्रले” (मर्कूस १३:३२) । परमेश्वरको एउटा गुण हो— उहाँ सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई हरेक कुरो थाहा छ । हरेक कुरोभित्र भूत, वर्तमान र भविष्यसाथै …

Read More »

के येशू साँच्चै “तीन दिन र तीन रात” पृथ्वीको गर्भभित्र रहनुभयो (मत्ती १२:४०) ?

येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार पुनरुत्थान हुनुभयो भने कसरी उहाँ तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ त ? येशूको क्रूसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ । त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो …

Read More »

के निषेधित फल खाएको दिनमा नै आदम मरे (उत्पत्ति २:१६-१७) ?

अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७) । निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए …

Read More »

के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ-दिनको उल्लङ्घन गरे (मत्ती १२:१-२) ?

मत्ती १२:१-२ मा लेखिएको छ, “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो । उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे । तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्’ ।” के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ …

Read More »

कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?

बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी …

Read More »

बाइबल— जीवन परिवर्तन गर्ने पुस्तक

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि भाग्यवशः नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ …

Read More »

बाइबल— संसारमा सबैभन्दा प्रभावशाली पुस्तक

दोस्रो विश्वयुद्ध (१९३९-१९४५) जारी थियो । डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा १९४२ मा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा सुरक्षित अवतरण …

Read More »

Powered by Youth Circle