येशूले आफ्ना बाहृ जना चेलालाई यसो भनी सुसमाचार प्रचारको लागि पठाउनुभएको थियो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस । तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ” (मत्ती १०:५-६) । अर्को ठाउँमा येशूले प्रस्ट रूपमा बताउनुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ” (मत्ती १५:२४) । तर आफ्नो क्रुसारोहण …
Read More »बाइबल
कसले लेखे व्यवस्था ३४ अध्याय ?
व्यवस्था ३४ अध्याय मोशाको मृत्यु र दफनको अभिलेख हो । पद ५ मा लेखिएको छ, “तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।” व्यवस्थाको पुस्तकका लेखक मोशा आफै हुन् । त्यसो हो भने मोशा आफैले आफ्नै मृत्यु र दफनको बारेमा अभिलिखित अध्याय कसरी लेखेका हुन सक्छन् ? यो …
Read More »बाइबलको अविनाशिताबारे १० ओटा मन छुने भनाइ
[बाइबललाई जस्तै] अर्को कुनै पुस्तकलाई टुक्रा–टुक्रा पारिएको छैन; चक्कु रोपिएको छैन; नियालेर जाँच गरिएको छैन; अनुसन्धान गरिएको छैन; निन्दा गरिएको छैन । … [तथापि] बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्; दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् । बर्नाड र्याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री विधर्मीहरूले अठार शताब्दीसम्म बाइबललाई खण्डन गर्दै र …
Read More »अश्शूरी राजा सर्गान— बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने खोज
यशैया २०:१-२ मा लेखिएको छ, “जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो । उहाँले तिनलाई यसो भन्नुभयो, ‘जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् र तेरा खुट्टाबाट जुत्ता फुकाल् ।’ अनि तिनले त्यसै गरे, र तिनी …
Read More »टेल दान शिलालेख— दाऊदको नाउँ उल्लेख गर्ने ३,००० वर्ष पुरानो शिलालेख
इस्राएलका महान्तम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकतामाथि नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …
Read More »नाबोनिदसका सिलिन्डरहरू— बाइबलीय विवरणसित सम्बन्धित २,५०० वर्ष पुरानो प्रमाण
नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरे । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ ख्रिस्टियानेतर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना …
Read More »याकूबको अस्थि-बाकस— नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज
ख्रिस्टाब्द २००२ मा संसारलाई तीन छक पार्ने चुन ढुङ्गाबाट निर्मित एउटा अस्थि-बाकस फेला पारिएको उद्घोष गरियो । इस्राएलको यरूशलेममा फेला पारिएको उक्त अस्थि-बाकसमा प्राचीन आरमेइक भाषामा प्रस्ट रूपमा लेखिएको थियो— “याकूब, योसेफका पुत्र, येशूका भाइ ।” यो यति महत्त्वपूर्ण खोज थियो कि अङ्ग्रेजी पत्रिका टाइमले यसलाई “नयाँ करारको पुरातात्त्विक इतिहासमा …
Read More »“येशूको डुङ्गा”— बाइबलीय विवरणको पुष्टि गर्ने अर्को प्रमाण
ख्रिस्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो । दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो । स्थानीय अखबारहरूले “येशूको डुङ्गा” फेला पारियो भनी लेख्न थाले । गालीलको समुद्रमा पत्ता लगाइएको “पहिलो प्राचीन पानी जहाज” भनी पुरातत्त्वविद्हरूले घोषणा गरे …
Read More »एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू
बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला आलेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ । माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको …
Read More »मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज
ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ । धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका …
Read More »