बाइबल

के येशूका चेला पत्रुसको घर फेला परेकै हो त ?

पत्रुस प्रभु येशू ख्रीष्टका १२ जना प्रेरितमध्ये एक थिए । तिनको घर कफर्नहुममा थियो (मर्कूस १:२९) जुन सहर गालील समुद्रको पश्चिमी किनारमा अवस्थित थियो । गालीलमा येशूले यो सहरलाई आफ्नो सेवाको केन्द्र–स्थलको रूपमा प्रयोग गर्नुभएको थियो । गालीलमा येशू कहाँ बस्नुभयो ? निश्चय नै पत्रुसको घरमा । येशूले यही घरमा …

Read More »

परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भने किन अब्राहामको परीक्षा लिनुभयो ?

परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भनी याकूबले व्यक्त गरेका छन्, “परीक्षा हुँदा कसैले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो ।’ किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न” (याकूब १:१३) । तर पुरानो करारमा परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो, “केही समयपछि …

Read More »

अलेक्जेन्डर महान्‌को राज्य चार भागमा टुक्रिँदा बाइबलको भविष्यवाणी पूरा भयो

३५६ ख्रिस्टपूर्वमा जन्मेका अलेक्जेन्डर महान् विश्‍व विजेता थिए । बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए । एसियादेखि उत्तर-पूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक महान् सैनिक …

Read More »

बाइबलको ईश्वरीय प्रेरणाबारे ७ ओटा घतलाग्दा भनाइ

प्रेरणा पाएका मानिसहरूद्वारा लेखिएको बाइबल परमेश्वरको वचन हो भनी म आधारभूत रूपमा विश्वास गर्दछु । म बाइबल दिनदिनै पढ्दछु । सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ बाइबल मानिसलाई परमेश्वरले दिनुभएको सर्वोत्तम उपहार हो भनी म विश्वास गर्दछु । संसारका मुक्तिदाताले सम्पूर्ण असल कुराहरू यस पुस्तकद्वारा हामीलाई दिनुभएको छ । अब्राहाम लिङ्कन, …

Read More »

क्रूसमा टाँगिएको दोष-पत्रको लेखोट चारवटा सुसमाचारमा किन फरक-फरक छ ?

येशूलाई टाँगिएको क्रूसमाथि लिखित सङ्क्षिप्त शब्द INRI लाई तपाईंले पक्कै पनि देख्नुभएको होला । यो एउटा ल्याटिन शब्द हो जसको पूर्ण रूप हुन्छ— एइसुस, नाजरेनस रेक्स युदाएरोम ((Iesus Nazarenus, Rex Iudaeorum) । यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ— नासरतका येशू, यहूदीहरूका राजा । हाम्रा प्रभु येशूलाई टाँगिएको क्रूसको दोष-पत्रमा वास्तवमा …

Read More »

हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ भन्नुको मतलब के हो (यूहन्ना ६:५३-५४) ?

येशूले भिडलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ” (यूहन्ना ६:५३-५४) । के अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ ? येशूको भनाइको अर्थ के …

Read More »

येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?

गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई …

Read More »

के मानिस र पशुको भाग्य एउटै हुन्छ (उपदेशक ३:१९) ?

दार्शनिक सोलोमनद्वारा व्यक्त भनाइबाट मानिस र पशुको मृत्युको बिचमा कुनै भिन्नता छैन जस्तो देखिन्छ, “मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ । ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ । एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ । सबैको एउटै सास हुन्‍छ । मानिसहरूको पशुभन्‍दा बढी सुविधा हुँदैन । हरेक कुरा व्‍यर्थ …

Read More »

बाइबलको विश्वव्यापी प्रभावबारे १८ ओटा शानदार भनाइ

हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्ने छु भनी दाबी गर्छ, यसले त्यो गर्छ अर्थात् यसले जीवन परिवर्तन गर्छ । दसौँ लाख मानिसले क्षमा पाएका र अनन्त जीवन पाएका गवाही दिएका छन् । तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् । तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पूरा भएका छन् । जीवनमा …

Read More »

सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् (अय्यूब १:१) ?

अय्यूब निर्दोष थिए भनी प्रस्ट रूपमा लेखिएको छ, “ऊज देशमा अय्‍यूब नाउँ भएका एक जना मानिस बस्‍दथे । तिनी निर्दोष र सोझो जीवन बिताउँथे । तिनी परमेश्‍वरसँग डराउँथे र दुष्‍टताबाट अलग बस्‍थे” (अय्यूब १:१) । तर बाइबलले बताउँछ कि “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०) र सबैले …

Read More »

Powered by Youth Circle