Recent Posts

के यो सम्पूर्ण विश्व संयोगद्वारा अस्तित्वमा आएको हुन सक्छ ?

हाम्रा आँखाले देख्न सक्ने र देख्न नसक्ने अनि नजिक र टाढा भएका यी यावत् थोक कहाँबाट आए ? सम्पूर्ण पदार्थ, शक्ति, अन्तरिक्ष र समय कहाँबाट अस्तित्वमा आए ? अर्को तरिकाले भन्नुपर्दा, यो सम्पूर्ण विश्व अर्थात् युनिभर्स कहाँबाट आयो ? उन्नाइसौँ शताब्दीको अन्त्यसम्मको गैरख्रिस्टियान जवाफ हुन्थ्यो: यो अनन्त भएकोले सधैँभरि अस्तित्वमा …

Read More »

५ करोड प्रति बिक्री हुन सफल एउटा ख्रीष्टियान पुस्तकको कथा

चार जना मानिसको हत्याको आरोप लागेका ब्रायन निकोलसको तीव्र खोजी हुँदै थियो । मार्च २००५ मा निकोलसले अस्ले स्मिथ नाउँ गरेकी स्त्रीलाई ७ घण्टासम्म उनकै अपार्टमेन्टमा बन्दी बनाए । त्यस बेला स्मिथले रिक वारेनद्वारा लिखित द पर्पोज ड्रिभन लाइफको ३२ अध्यायलाई पढिन् । उक्त वचनले निकोलसको निर्णयमा काम गर्‍यो । …

Read More »

बप्तिस्मा-दिने यूहन्नाले कहाँ बप्तिस्मा दिन्थे— यर्दन नदीमा वा बेथानियामा वा एनोनमा ?

मत्तीले प्रस्ट पारेका छन् कि बप्तिस्मा-दिने यूहन्नाले मानिसहरूलाई यर्दन नदीमा बप्तिस्मा दिन्थे । मानिसहरूले “आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे” (मत्ती ३:६) । यूहन्ना १ अध्यायअनुसार तिनले बेथानियामा बप्तिस्मा दिन्थे, “यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए” (पद २८) । …

Read More »

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १०१ ओटा कारण

“मिखाएल फाराडे, ग्यालिलियो ग्यालिली, विलियम केल्भिन, गुग्लिल्मो मार्कोनी, आइज्याक न्युटन, लुई पास्चर र एडमन्ड ह्विटकरजस्ता अनगिन्ती प्रतिष्ठित वैज्ञानिकहरूले परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भनी विश्वास गरे ।” यो १०१ गुड रिजन्स टु बिलिभ: अ कम्प्रेहेन्सिभ केस फर क्रिस्चियानिटी नामक पुस्तकबाट साभार गरिएको अंश हो । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई यो …

Read More »

चुरोटको लागि लगिएको किताब पढेर लुटेरा ख्रीष्टको अनुयायी बने

पिटर भी. डिजन अमेरिकाको टेक्सासस्थित पार्क सिटिज प्रेसबिटेरियन चर्चका सहायक पास्टर हुन् । तिनले लेखेका एउटा पुस्तकको नाउँ हो, द प्रायोरिटी अफ नोइङ्ग गड । यस पुस्तकमा लेखकले भारतका रमद नाउँ गरेका एक जना व्यक्तिको कथालाई समावेश गरेका छन् । रमद लुटेराहरूको समूहका एक सदस्य थिए । एक दिन कुनै …

Read More »

येशूको शिक्षाबारे १८ ओटा घतलाग्दा भनाइ

हामीले बुद्धिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सद्गुणको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले न्यायको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले शान्तिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सत्य, जीवन र छुटकाराको विषयमा …

Read More »

कैयाफा अस्थिबाकस: येशूको जीवनीसित जोडिएको २,००० वर्ष पुरानो खोज

आजभन्दा ३० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९९० मा पहिलो शताब्दीको एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता लाग्यो । संसारको एउटा प्राचीनतम सहर यरूशलेमको दक्षिणमा पर्ने पिस फोरेस्ट नामक जङ्गलमा एउटा अस्थिबाकस फेला पारियो जसलाई कैयाफा अस्थिबाकस नाउँ दिइएको छ । चुन–ढुङ्गाले बनेको उक्त अस्थिबाकसमा आरमेइक भाषामा प्रस्ट रूपमा “कैयाफाका पुत्र योसेफ” भनेर …

Read More »

लेखकका अनुसार समाजवाद इतिहासकै सबैभन्दा अपमानित अवधारणा हो

दिनेस डिसुजा लेखकसाथै फिल्म निर्माता हुन् । ख्रिस्टाब्द १९६१ मा हाम्रै छिमेकी मुलुक भारतमा जन्मेका तिनी १९९१ अमेरिकी नागरिक बने । दर्जनभन्दा बेसी पुस्तकका लेखक तिनी ख्रीष्टियान रक्षाशास्त्री पनि हुन् । हालै प्रकाशित तिनको कृतिको नाउँ हो, युनाइटेड स्टेट्स अफ सोस्यालिज्म । पुस्तक पठन यात्रामा यो मेरो ३८ औँ पुस्तक …

Read More »

भित्तामा टाँसिएका बाइबलका वचनहरू पढेर मानिसहरू प्रभुमा आए

रोबर्ट जे. थोमस (ख्रिस्टाब्द १८३९–१८६६) कोरियामा सहिद हुने प्रथम प्रोटेस्टेन्ट ख्रीष्टियान मिसनरी हुन् । १८३६ मा थोमस बेइजिङ गए जहाँ तिनले कोरियाका दुई जना व्यापारीलाई भेटे । ती व्यापारीहरूले तिनलाई क्याथोलिक धर्ममा आएका मानिसहरूको बारेमा बताए जससित कुनै बाइबल थिएन । थोमस स्कटल्यान्डको बाइबल सोसाइटीको प्रतिनिधि बनेर कोरियातर्फ लागे, बाइबल …

Read More »

गंगाप्रसाद प्रधानः जसको प्रयत्नमा पूरै बाइबल नेपाली भाषामा अनुवाद गरियो

गंगाप्रसाद प्रधान प्रथम अभिषिक्त नेपाली ख्रीष्टियान पास्टर, नेपाली बाइबलको मुख्य अनुवादकसाथै अङ्ग्रेजी-नेपाली शब्दकोशका सहलेखक हुन् । गंगाप्रसादको जन्म ४ जुलाई १८५१ मा काठमाडौँको ठमेलमा भएको थियो । काम गर्ने उद्देश्यले तिनको परिवार दार्जिलिङ जाँदा तिनी केवल १० वर्षका थिए । १९ वर्षको उमेरमा स्कुलमा भर्ना भएका गंगा प्रसादले कान्छी आमाको …

Read More »

के यिप्ताले परमप्रभुलाई होमबलिस्वरूप आफ्नी छोरी चढाए (न्यायकर्ता ११:३०-३९) ?

यिप्ता इस्राएलका न्यायकर्ता थिए । अम्मोनीहरूको विरुद्धमा युद्धमा जानुअगि तिनले यसो भनी भाकल गरे, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने, जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ । म त्‍यसलाई होमबलि गरी चढाउनेछु” (न्यायकर्ता ११:३०-३१) । युद्धमा विजय हासिल …

Read More »

आत्महत्या गर्न हिँडेकी स्त्रीले वचन सुनेपछि ख्रीष्टमा विश्वास गरिन्

ख्रिस्टाब्द १८३४ मा इङ्गल्यान्डमा जन्मेका चार्ल्स स्परजिन उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने स्परजिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित एउटा मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे । मानिसहरूको जीवनमा उदेकको परिवर्तन ल्याउन परमेश्वरले तिनका वचनहरूलाई असाधारण रूपमा …

Read More »

विश्वासबारे १२ ओटा चाखलाग्दा भनाइ

सूर्योदयमाथि विश्वास गरेझैँ म ख्रिस्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो । सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री बचाउने ख्रीष्टियान विश्वासबारे भएको बाइबलीय दृष्टिकोणमा कहिल्यै अन्धो भएर छलाङ् मार्ने कुरो पर्दैन । हामीले सत्यतालाई जान्न सक्छौँ, केवल कुनै आत्मिक …

Read More »

परिचित ख्रीष्टियान लेखक समुएलले खराबीलाई भलाइ ठाने

उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा अमेरिकामा जन्मेका समुएल ब्रेन्जल साल्भेसन आर्मी नामक ख्रीष्टियान संस्थामा कमिस्नर (संस्थाको द्वितीय उच्चतम पद) थिए । एउटा जागृति सभामा किशोर अवस्थामा नै प्रभु येशूलाई अङ्गालेका ब्रेन्जल पवित्रताको अभियानमा निकै परिचित लेखक, शिक्षकसाथै प्रचारक हुन् । तिनका प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु होलिनेस (अर्थात् पवित्रताका सहायताहरू) एक हो जसलाई …

Read More »

कारेसेको सिलिन्डरः बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो पुरातात्त्विक खोज

कोरेसको सिलिन्डर प्राचीन माटोले बनेको एउटा सिलिन्डर हो जसमा फारसका राजा कोरेसको नाउँ उल्लेख गरिएको छ । ख्रिस्टाब्द १८७९ मा मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक इराक) मा यसलाई पत्ता लगाइएको हो । छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बनाइएको यस सिलिन्डरलाई अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको छ । ५३९ ख्रिस्टपूर्वमा फारसले …

Read More »

Powered by Youth Circle