आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यहाँ मसीहलाई “स्त्रीको सन्तान” भनिएको छ । …
Read More »येशू
येशू याकूबको वंशमा जन्मनुहुँदा १,३०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
गन्ती २२-२४ अध्यायहरूमा गैरइस्राएली अगमवक्ता बालामको कथा पाइन्छ । तिनका सातवटा प्रवचन अर्थात् ईश्वरवाणीमध्ये तेस्रो (गन्ती २४:५-९) र चौथो (गन्ती २४:१७-१९) खास गरी उल्लेखनीय छन् किनकि यी खण्डहरू मसीहसित सम्बन्धित छन् भनी लामो समयदेखि अर्थ खोलिएको छ । अगमवक्ता बालामले भने, “म उहाँलाई देख्छु, तर अहिले त होइन । म …
Read More »येशू अब्राहामको सन्तान भएर जन्मनुहुँदा २,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
मोशापछि नयाँ करारमा पुरानो करारबाट सबैभन्दा धेरै पटक उल्लेख गरिएको नाउँ हो, अब्राहाम । उत्पत्ति ११:२६ मा पहिलो पटक तिनको उल्लेख गरिएको छ । उत्पत्ति १२-२५ अध्यायसम्म तिनको बारेमा सबिस्तार वर्णन पाइन्छ । अब्राहामलाई ‘परमेश्वरका मित्र’ भनिएको छ (याकूब २:२३) जुन उपाधी अन्य कुनै पनि बाइबलीय पात्रलाई दिइएको छैन । …
Read More »येशू यिशैको वंशमा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
यिशै इस्राएलका महान्तम राजा दाऊदका पिता थिए । यिशै ओबेदका छोरा थिए भने रूथ र बोअजका नाति । तिनी यहूदाको बेथलेहेममा बस्थे र यहूदाको कुलका थिए । बेथलेहेमका परिचित बासिन्दा तिनी कृषक थिए र तिनले भेडा-बाख्राहरू पाल्थे । यिशै इस्राएलकै सर्वाधिक परिचित राजा दाऊदका पिता भएकाले र येशूको वंशावलीमा तिनको …
Read More »येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष (करिब १०१०-९७० ख्रिस्टपूर्व) सम्म राज्य गरे । २ शमूएल ७ अध्यायमा पुरानो करारकै एउटा महत्त्वपूर्ण भविष्यवाणी पाइन्छ जसअनुसार दाऊद आफ्नो महलमा सुरक्षित थिए र चारैतिरका शत्रुहरूबाट तिनले विश्राम पाएका थिए । नातान अगमवक्ता राजा …
Read More »येशू यहूदाको कुलमा जन्मनुहुँदा १,७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
याकूबको मृत्यु हुनुअगि तिनले आफ्ना छोराहरूलाई डाकी तिनीहरूको बारेमा विविध भविष्यवाणीमूलक आशिष्हरू दिए । आफ्ना काहिँला छोरा यहूदाको सम्बन्धमा तिनको वचन यस्तो थियो, “यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन् । र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्” (उत्पत्ति ४९:१०) । येशूको जन्मभन्दा झन्डै …
Read More »येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग २)
हिजो यस साइटमा येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १) भन्ने शीर्षकमा एउटा रचना पोस्ट गरिएको थियो । यो आलेख त्यसैको निरन्तरता भएकोले यसलाई भाग २ भनिएको हो । येशू ख्रीष्टको जन्मबारे उपलब्ध बाइबलीयसाथै बाइबलेतर विवरणहरूलाई विश्लेषण गर्दा अधिकांश बाइबल विद्वान्हरूको बुझाइअनुसार येशू ख्रीष्ट ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभएको थियो भनी …
Read More »येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १)
यो आलेख मूलतः येशू ख्रीष्ट कुन सालतिर जन्मनुभयो र त्यसको निर्धारणको लागि के-कस्ता विधिहरूको प्रयोग गरिन्छन् भन्ने कुरासित सम्बन्धित भएकोले यहाँ डिसेम्बर २५ लाई किन येशूको जन्मोत्सवको रूपमा मनाइन्छ भनी चर्चा गरिने छैन । चारवटा सुसमाचारीय पुस्तक (मत्ती, मर्कूस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक भरपर्दा जीवनीहरू मात्र …
Read More »येशू बेथलेहेममा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो
मीकाले भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ” (मीका ५:२) । मीका एक अगमवक्ता थिए जसले करिब ७३७-६९६ ख्रिस्टपूर्वको बिचमा यहूदामा भविष्यवाणी गरे । तिनी यशैया, आमोस …
Read More »बालक येशूलाई भेट्न आउने ज्योतिषीहरू को थिए ?
यो सालको ख्रिस्टमस नजिकिँदै छ । हिजो हामीले यस साइटमा ख्रिस्टमसको तारा (जसलाई बेथलेहेमको तारा पनि भनिन्छ) को पहिचानको सम्बन्धमा अध्ययन गर्यौँ । ख्रिस्टमसको मौसममा ताराको विषयमा मात्र नभएर बालक येशूलाई भेट गर्न आउने ज्योतिषीहरूको पनि चर्चा हुने गर्दछ । यो रचना ती ज्योतिषीहरूको पहिचान, तिनीहरूको स्थान र प्राचीन प्यालेस्टाइनमा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 