रोचकैरोचक

विख्यात ईश्वरशास्त्री अगस्टिनले सामान्य ठिटोको क्रियाकलापबाट पाठ सिके

ख्रिस्टाब्द ३५४ मा उत्तर अफ्रिका (हाल अल्जेरिया) मा जन्मेका अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रिस्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निभाएका छन् । पाश्चात्य ख्रिस्टियमतमा तिनलाई अति नै महत्त्वपूर्ण मण्डली पिताको रूपमा आदर गरिन्छ । १०० भन्दा बेसी कृतिका लेखक अगस्टिन हिप्पोका बिशप थिए …

Read More »

फुटबलको दुनियाँमा नाउँ कमाएका काकाको मनपर्ने पुस्तक हो— बाइबल

“एउटा खेलाडीको रूपमा मैले यस वर्ष हासिल गरेका सबै विजय र जितका लागि म परमेश्वरलाई धन्यवाद चढाउँछु र म वेदीमा दुईवटा पुरस्कार लिएर आउँछु । पहिलो हो— मेरो जन्मनै लागेको पहिलो छोरो । दोस्रो हो— फिफाबाट प्राप्त हुने ट्रफी जुन म परमेश्वरलाई अर्पण गर्न चाहन्छु ।” यो भनाइ अरू कसैको …

Read More »

कलेजसाथै विश्वविद्यालयहरूको स्थापना गर्नेहरू ख्रीष्टियानहरू नै थिए

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर ख्रिस्टाब्द १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा लेखकले संसारमा ख्रीष्टियान योगदानबारे चर्चा गरेका छन् । मैले यस …

Read More »

पहिलो शताब्दीदेखि बिसौँ शताब्दीसम्म मण्डली इतिहासको झलक

“ईश्वरशास्त्र, आराधना, मण्डलीको व्यवस्था र मिसनमा मात्र नभई शिक्षा, सरकार, अर्थतन्त्र, उद्योग र सामाजिक कार्य सबैमा काल्भिनको विचारको छाप पाइन्छ ।” यो चर्च हिस्ट्री १०१: द हाइलाइट्स अफ ट्वेन्टी सेन्चुरिज (मण्डली इतिहास १०१: बिस शताब्दीका मुख्य-मुख्य घटनाहरू) नामक पुस्तकबाट साभार गरिएको अंश हो । जोन काल्भिन सोर्‍हौँ शताब्दीका मात्र नभएर …

Read More »

ख्रीष्टियानको लागि मृत्यु केवल छाया हो

पास्टर बार्नहाउसले रूथसित बिहे गरे र यस दम्पतीबाट चार छोरी जन्मे । क्यान्सरको कारण पत्नीको मृत्युपश्चात् छोरीहरूलाई हुर्काउने जिम्मा तिनको काँधमा आयो । तिनले सम्भवत: अरू कसैले नगर्ने कुरो गरे अर्थात् तिनले आफ्नै पत्नीको अन्त्येष्टि सेवा सञ्चालन गरे । बार्नहाउस आफ्ना छोरीहरूसँगै अन्त्येष्टि सेवाको लागि जाँदै थिए । जीवनमा आइपरेको …

Read More »

क्रूर शिविरबाट भाग्न सफल बौद्ध धर्मका किशोर पास्टर बने

तिनी कम्युनिस्टहरूको पञ्जामा थिए । कम्युनिस्टहरू सत्तामा आएपछि अन्य कैयौँ बन्दीहरूसँगै तिनी पनि आफ्नो किशोर अवस्थामा क्याम्बोडियाको एउटा शिविरमा बन्दी बनाइएका थिए । तिनलाई आफ्नो परिवारबाट अलग गरिएको थियो । तिनले दिनमा १२–१४ घण्टासम्म काम गर्नुपर्थ्यो । पानीजस्तो तरल पदार्थ नै तिनको खाना थियो भने आफूले समातेका छेपाराहरू तरकारी । …

Read More »

मिसनरीको घर जलाउन आएका आक्रमणकारीहरू प्रार्थनाको नतिजास्वरूप भागे  

उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका जोन गिब्सोन पाटोन ख्रिस्टाब्द १८५८ मा न्यु हेब्रिडेस नाउँ गरेको टापुमा मिसनरी भएर गएका थिए । हाल भानुआतु नाउँले चिनिने यो टापु प्रशान्त महासागरको दक्षिणमा पर्छ । यी टापुका मानिसहरू यति हिंसक थिए कि तिनीहरूले मान्छेलाई मारेर उसको मासु खाने गर्थे । त्यस्ता आदिवासीहरूको बिचमा …

Read More »

प्रार्थनामा शक्ति छ— ९/११ को आक्रमण र कोरोनाबाट बाँचेका दम्पति

११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमा अति भयावह दिन साबित भयो । चारवटा यात्रुवाहक विमानलाई १९ जना अपहरणकारीले नियन्त्रणमा लिई आत्मघाती आक्रमण गरेका थिए । आतङ्कवादी सङ्गठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनको गुरु योजनामा उक्त आक्रमण गराइएको थियो । दुईवटा विमानलाई वर्ल्ड ट्रेड सेन्टरको उत्तर र दक्षिणपट्टि ठोक्काइएपछि १ घण्टा …

Read More »

कोरोना: आफ्ना सैनिक अधिकारीको निम्ति प्रार्थना गर्दै सुरक्षाकर्मीहरू

हेरिस काउन्टी सेरिफ्स अफिस अमेरिकाको टेक्सासस्थित कानुन कार्यान्वयन गर्न लगाउने सरकारी संस्था हो जसले हेरिस काउन्टीका ४० लाखभन्दा बेसी नागरिकको सेवा गर्दै छ ।[i] यस अफिसका सैनिक अधिकारी (सर्जन) रेमोन्ड स्कोलविन्सी हुन् । तिनी विगत २६ वर्षदेखि यस पदमा रहेका छन् । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको पुष्टि भएपछि तिनी उपचारको …

Read More »

क्वारेन्टाइनकै बेलामा एक लाखभन्दा बेसी मानिसले येशूलाई ग्रहण गरे

यो वर्षका ‘गुड फ्राइडे’ तथा ‘इस्टर’ जस्ता पवित्र दिनहरू ख्रीष्टियानहरूले घरघरमै बसेर मनाए । तरै पनि यो सालको पवित्र हप्तामा एक लाखभन्दा बेसी मानिसले येशूलाई ग्रहण गरेका छन् । लाइभ सञ्चालन गरिएको कार्यक्रमलाई संसारका विभिन्न कुनाबाट १७ लाखभन्दा बढी मानिसले हेरेका थिए ।[i] मण्डली इतिहासमा विभिन्न किसिमका ‘जागृति’ देखिए तापनि …

Read More »

Powered by Youth Circle