रोचकैरोचक

च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको ह्रदयलाई छोयो

भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रिस्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो …

Read More »

सभ्यता निर्माणमा येशूको शिक्षाको भूमिका

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा माइरले प्रस्तावना लेखेका छन् जहाँ तिनले सभ्यता निर्माणमा येशूको शिक्षाले खेलेको …

Read More »

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ

आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्‌मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए । तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One …

Read More »

अपहरणमा परेका मिसनरी प्रार्थनाको परिणामस्वरूप १६ महिनापछि मुक्त भए 

बेन्जामिन वेर आफ्नी पत्नी क्यारोलसँगै पश्चिम एसियाली मुलुक लेबानोनमा प्रभुको सेवा गर्दै थिए । यी दम्पती मिसनरी बनेर त्यस देशमा गएका थिए । तर मे १९८४ मा बेन्जामिन अकस्मात् अपहरणमा परे । इस्लामिक जिहाद (पछि यसको नाउँ हेजबोल्लाह राखियो) नाउँ गरेको अतिवादी समूहले मिसनरीको अपहरण गरेको थियो । अपहरणपश्चात् बेन्जामिनलाई …

Read More »

भिन्सीको विश्वप्रसिद्ध चित्र प्रभु–भोज पछाडि गजबको शिक्षा लुकेको छ 

लिओनार्दो दा भिन्सी बहुप्रतिभाशाली व्यक्तित्व थिए । ख्रिस्टाब्द १४५२ मा फ्लोरेन्स (वर्तमान इटालीमा पर्ने) मा जन्मेका भिन्सी चित्रकार, अन्वेषक, कालिगड, वैज्ञानिक, सङ्गीतकार, गणितज्ञ आदि थिए । तिनी मानव इतिहासका महानतम चित्रकारहरूको सूचीमा पर्छन् । तिनका चित्रहरूमध्ये मोनालिसा सर्वाधिक प्रसिद्ध छ । भिन्सीका विश्वचर्चित चित्रहरूको सूचीमा पर्ने अर्को एउटा चित्र पनि …

Read More »

ख्रीष्टले आफ्नो अनमोल रगतद्वारा हामीलाई छुटकारा दिनुभएको छ

ख्रिस्टाब्द १८३६ मा अमेरिकामा जन्मेका अदोनिराम जडसन प्रचारक, लेखकसाथै बाइबल अनुवादक थिए । तिनी बर्मामा मिसनरी भएर आएका थिए । अमेरिकामा पास्टर हुँदा जडसनले मण्डलीको सामुन्ने एक जना जवान केटोलाई भेटे जसले आफूसित एउटा खिया लागेको पिँजडा बोकिरहेको थियो । पिँजडाभित्र थुप्रै चराहरू डरले पखेटा फटफटाउँदै थिए । जडसनले सोधपुछ …

Read More »

५ करोड प्रति बिक्री हुन सफल एउटा ख्रीष्टियान पुस्तकको कथा

चार जना मानिसको हत्याको आरोप लागेका ब्रायन निकोलसको तीव्र खोजी हुँदै थियो । मार्च २००५ मा निकोलसले अस्ले स्मिथ नाउँ गरेकी स्त्रीलाई ७ घण्टासम्म उनकै अपार्टमेन्टमा बन्दी बनाए । त्यस बेला स्मिथले रिक वारेनद्वारा लिखित द पर्पोज ड्रिभन लाइफको ३२ अध्यायलाई पढिन् । उक्त वचनले निकोलसको निर्णयमा काम गर्‍यो । …

Read More »

भित्तामा टाँसिएका बाइबलका वचनहरू पढेर मानिसहरू प्रभुमा आए

रोबर्ट जे. थोमस (ख्रिस्टाब्द १८३९–१८६६) कोरियामा सहिद हुने प्रथम प्रोटेस्टेन्ट ख्रीष्टियान मिसनरी हुन् । १८३६ मा थोमस बेइजिङ गए जहाँ तिनले कोरियाका दुई जना व्यापारीलाई भेटे । ती व्यापारीहरूले तिनलाई क्याथोलिक धर्ममा आएका मानिसहरूको बारेमा बताए जससित कुनै बाइबल थिएन । थोमस स्कटल्यान्डको बाइबल सोसाइटीको प्रतिनिधि बनेर कोरियातर्फ लागे, बाइबल …

Read More »

परिचित ख्रीष्टियान लेखक समुएलले खराबीलाई भलाइ ठाने

उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा अमेरिकामा जन्मेका समुएल ब्रेन्जल साल्भेसन आर्मी नामक ख्रीष्टियान संस्थामा कमिस्नर (संस्थाको द्वितीय उच्चतम पद) थिए । एउटा जागृति सभामा किशोर अवस्थामा नै प्रभु येशूलाई अङ्गालेका ब्रेन्जल पवित्रताको अभियानमा निकै परिचित लेखक, शिक्षकसाथै प्रचारक हुन् । तिनका प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु होलिनेस (अर्थात् पवित्रताका सहायताहरू) एक हो जसलाई …

Read More »

ख्रीष्टविनाको धनाढ्य जीवनभन्दा ख्रीष्टसहितको दरिद्रता नै बेस

ख्रिस्टाब्द १७३६ मा अमेरिकामा जन्मेका प्याट्रिक हेन्‍री अमेरिकाका वकिलसाथै राजनीतिज्ञ थिए । स्वतन्त्रताका योद्धा तिनी यस भनाइको लागि तिनी परिचित छन्, “मलाई कि स्वतन्त्रता दिनुहोस् कि भने मृत्यु ।” वक्ताको रूपमा कहलाइएका प्याट्रिकको इच्छा–पत्रको अन्तिम अनुच्देछमा यसरी लेखिएको छ, “अब मैले मेरा सबै सम्पत्ति मेरो परिवारको लागि तयार पारेको छु …

Read More »

Powered by Youth Circle