यो वर्षौंअगिको कुरो हो । रुसको राजधानी मस्कोको कुनै एउटा रङ्गशालामा एउटा नाटकको आयोजना गरिएको थियो । उक्त नाटकको नाउँ थियो: क्राइस्ट इन अ टुक्सेडो । ख्रीष्टलाई अपमान गर्ने हेतुले रचना गरिएको यस नाटकमा अलेक्ज्यान्डर रोस्तोसेभ नाउँका व्यक्तिले ख्रीष्टको भूमिकालाई निर्वाह गर्नुपर्नेथियो । तिनको भूमिकामा तिनले नयाँ करारमा उल्लेखित डाँडाको …
Read More »रोचकैरोचक
म्याकडोलले असम्भवजस्तो देखिने प्रार्थनाको जवाफ पाए
ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् । तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् । म्याकडोल क्यालिफोर्नियास्थित सेमिनारीमा अध्ययन गरिरहँदा तिनका पिता प्रभुको घरमा प्रस्थान गरेका थिए । तिनकी आमाको वर्षौं पहिले नै निधन भइसकेको थियो । तर आमाले उद्धार पाएकी थिइन् …
Read More »ख्रीष्टियान परमेश्वर महान् हुनुहुँदोरहेछ भनी टुनामुना गर्नेहरूद्वारा स्वीकार
जोन गिब्सन पाटोन ख्रिस्टाब्द १८२४ मा स्कटल्यान्डमा जन्मेका परमेश्वरका सेवक थिए जो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने न्यु हेब्रिडेस भन्ने टापुमा मिसनरी भएर गए । तिनले त्यस टापुका स्थानीयहरूको बिचमा शिक्षा र ख्रीष्टियान सन्देशलाई पुर्याएका थिए । पाटोनको जीवनका थुप्रै सङ्घर्ष र रोचक प्रसङ्गहरूमध्ये यहाँ एउटा उल्लिखित छ । पाटोन …
Read More »सुसमाचार नै मान्छेको मासु खाने बोरा जातिको परिवर्तनको माध्यम बन्यो
एक जना मानवशास्त्री बोरा जातिलाई भेट गर्न गए । तिनले उनीहरूका बिचमा ख्रीष्टियान मिसनरीहरूको आलोचना गर्न लागे । तिनले भने, “ख्रीष्टियान धर्म गोरा मानिसहरूका लागि हो । तपाईंहरू आफ्नो पुरानो धर्म र चालचलनमा फर्कनुपर्छ ।” आफ्नो विगतलाई सम्झँदै क्रुद्ध बनेका बोरा जातिका मण्डलीका अगुवाले ती मानवशास्त्रीलाई गतिले जवाफ दिए, “हामीले …
Read More »अब्राहाम लिङ्कनले जवाफ दिए, “हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ”
अमेरिकाका सोर्हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्टाब्द १८६१-१८६५ सम्म राष्ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दास प्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे । १८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए …
Read More »अनौठो तरिकाले बाइबलको सन्देश बाँड्ने अफ्रिकाको मानिसको कथा
एक पटक अफ्रिकामा मिसनरी भएर गएका परमेश्वरका दासले त्यहाँको स्थानीयलाई एउटा बाइबल दिए । ती मानिस यति खुसी भए कि तिनले बाइबललाई अङ्गालो हाले र परमेश्वरको वचनको निम्ति मिसनरीप्रति आभार व्यक्त गरे । केही दिन बितेपछि मिसनरीले ती मानिसलाई फेरि देखे । छक्क पार्ने कुरो के थियो भने मिसनरीले दिएका …
Read More »येशूविनाको राजदरबारभन्दा येशूसहितको झ्यायालखाना नै उत्तम हो
राजदरबारमा काम गर्ने एक जना रुसी महिला कर्मचारीले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गरिन् । उनले आफ्नो विश्वासलाई लुकाइनन् बरु खुलेर गवाही दिइन् । जार अर्थात् रुसी बादशाह बेखुसी भए र तिनले ती महिलालाई झ्यालखानामा हालिदिए । उनले २४ घण्टा ज्यादै कष्टप्रद अवस्थामा बिताइन् । त्यसपछि उनलाई बादशाहको उपस्थितिमा …
Read More »तपाईंको विश्वस्तता महान् छ
५८६ ख्रिस्टपूर्वमा यरूशलेमको विनाश भएपछि लेखकले शोकाकुल आवाजमा कवितात्मक शैलीमा व्यक्त गरेका गीत हो विलापको पुस्तक । विलाप ३:२२–२३ मा लेखिएको छ, “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन । हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ । तपाईंको विश्वस्तता महान् छ ।” यस खण्डले …
Read More »एक जना जँड्याहाको परिवर्तनले गर्दा सयभन्दा बढीले प्रभुलाई पाए
ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल कुनै समय ख्रिस्टियमतका वैरी थिए । तिनी ख्रीष्टियान विश्वासलाई खण्डन गर्न तम्सिएका थिए । तर नसकेपछि तिनी बौद्धिक रूपमा बेइमान हुन सकेनन् । अन्ततोगत्वा, १९५९ डिसेम्बर १८ का दिन राती ८ बजेर ३० मिनेट जाँदा तिनले आफ्नो जीवन प्रभु येशूको चरणमा सुम्पे । …
Read More »१७ वर्षकी युवतीले ख्रीष्टलाई इन्कार गर्नुको साटो गोली रोजिन्
उत्तर र पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल र पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देशको नाउँ हो, लेबानोन । पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रिस्टाब्द १९७५–१९९२ सम्म गृह युद्ध चर्किएको थियो । अनुमानित २,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान युवतीको साहसपूर्ण कथा यस प्रकार रहेको छ । उनको नाउँ हो, …
Read More »