जर्मनीको एउटा अन्धकार कोठामा भयभीत छोराछोरीहरू तिनीहरूकी आमाको वरिपरि झुम्मिएका थिए । तिनीहरूमध्ये जिल्ल परेका चार वर्षको बालक पनि त्यहाँ उपस्थित थियो जो अनाथ हुनै लागेको थियो । उसले सुनिरहँदा प्राण त्याग गर्नै लागेकी उसकी आमाले कानेखुसी गरिन्, “मेरा प्रिय छोरा-छोरीहरू हो, तिमीहरूका लागि मसित महान् खजाना छ ।” “आमा, …
Read More »रोचकैरोचक
जङ्गलमै बसेर नयाँ करारलाई स्थानीय भाषामा अनुवाद गर्ने मिसनरी
रोबर्ट मोर्स आफ्नो परिवारसँगै बर्मामा मिसनरी बनेर गएका थिए । सेवाको क्रममा तिनी र तिनको परिवार बर्माबाट निष्कासन गरिए । त्यस बेला केही केटाकेटीहरू बिरामी थिए भने एक जना स्त्रीको बच्चा जन्माउने बेला आइपुगिसकेको थियो । परिस्थिति प्रतिकूल भएकोले तिनीहरू अमेरिका फर्केर जान सकेनन् । बाँच्नका लागि तिनीहरू पहाडहरूमा लुके …
Read More »निकोलको जीवनमा बिमार आशिष् साबित भयो
विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …
Read More »नाजी शिविरमा आफूलाई यातना दिने पहरेदारलाई क्षमा दिइन् बुमले
कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो । दोस्रो विश्वयुद्धको बेलामा उनी र उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए । पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो । उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् …
Read More »अमेरिकी नोटमा लेखिएको छ— परमेश्वरमा नै हामी भरोसा गर्छौं
अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा १८६४ मा पहिलो पटक अमेरिकी सिक्कामा देखा परेको थियो …
Read More »‘लाटो गोरु’ भनिएका अक्विनास मध्यकालकै सर्वश्रेष्ठ ईश्वरशास्त्री बने
थोमास अक्विनास मध्यकालका महान्तम दार्शनिकसाथै ईश्वरशास्त्री थिए । तिनी मण्डलीका डाक्टर थिए । प्राकृतिक ईश्वरशास्त्रका अग्रणी अक्विनासले पाश्चात्य विचारमा व्यापक प्रभाव पारे । खास गरी नीतिशास्त्र, प्राकृतिक नियम, पराभौतिक दर्शन र राजनीतिक सिद्धान्तमा प्रस्तुत तिनका विचारको पक्षमा वा विपक्षमा अधिकांश आधुनिक दर्शनशास्त्र खडा छ । सुम्मा थियोलोजिका र सुम्मा कन्ट्रा …
Read More »द प्यासन अफ द क्राइस्ट— प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको फिल्म
“यो प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको चलचित्र हो । उहाँ [येशू] सारा मानव-जातिका लागि मर्नुभयो; उहाँले हामी सबैका निम्ति दुःख भोग्नुभयो । यो त्यो आधारभूत सन्देशमा फर्कने समय हो । संसार बौलाएको छ । हामी सबैले थोरै भए पनि प्रेम, विश्वास, आशा र क्षमालाई प्रयोग गर्न सक्छौँ ।” …
Read More »१० वर्षकै कलिलो उमेरमा येशूलाई ग्रहण गरेका बालक अमेरिकाको राष्ट्रपति बने
१० वर्षको कलिलै उमेरमा तिनले येशूलाई ग्रहण गरे । ६ वर्षपश्चात् तिनी एउटा मण्डलीको सदस्य बने । तिनी पास्टर बनुन् भनी तिनकी आमाले अपेक्षा गरे तापनि तिनको जीवनमा परमेश्वरको योजना अर्कै थियो । १८ लागेपछि तिनको देश गृहयुद्धको चपेटामा पर्यो । पछि तिनी एक सफल वकिल बने । तिनकी पत्नी …
Read More »मिसनरीद्वारा नदीभित्र प्रवेश गर्न डराउने जङ्गली आदिवासीको परिवर्तन
ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । झन्डै १०० ओटा पुस्तक लेखिसकेका लुकाडोको एउटा कृतिको नाउँ होः सिक्स आवर्स वान फ्राइडे । यस पुस्तकमा तिनले एक जना ख्रीष्टियान मिसनरीको कथा भनेका छन् । ब्राजिल दक्षिण अमेरिकाको सर्वाधिक ठुलो राष्ट्र हो । यस देशको जङ्गलको दुर्गमा …
Read More »दृष्टिविहीन महिलाद्वारा रोपिएको सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे
अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेका चाखलाग्दो कथा हो यो । एक जना वृद्धाले सुसमाचार सुनेपछि येशू ख्रीष्टमाथि विश्वास गरिन् । उनी दृष्टिविहीन थिइन् । उनी न लेख्न सक्थिन् न त पढ्न सक्थिन् । आफ्नो त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुद पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् …
Read More »