गवाही

कट्टरवादी हिन्दु परिवारमा जन्मेकी शताब्दीले नयाँ करार पढेपछि येशूलाई पाइन्

उनको नाउँ हो, शताब्दी बनेर्जी । उनी भारतको कलकत्तामा एउटा कट्टरवादी हिन्दु परिवारमा जन्मेकी थिइन् । सबै धर्मले उही गन्तव्यमा पुर्‍याउँछन् र सबैले विभिन्न नामद्वारा उही ईश्वरलाई पुजेका हुन्छन् भन्ने उनको परिवारको विश्वास रहेको थियो । शताब्दीले एउटा ख्याति प्राप्त हिन्दु स्कुलमा दस कक्षासम्म अध्ययन गरिन् । पछि थप अध्ययनको …

Read More »

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ

आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्‌मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । ख्रिस्टाब्द १९३४ मा अर्जेन्टिनामा जन्मेका लुइसलाई सुसमाचारीय प्रचारको क्षेत्रमा धेरैले बिल्ली ग्राहमका उत्तराधिकारीको रूपमा पनि हेर्छन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु …

Read More »

सैयौँ मान्छेको हत्यारा अन्तत: येशूको सुसमाचारद्वारा परिवर्तित

तिनको नाउँ हो, चिफ तारिरी । तिनी दक्षिण अमेरिकाको पश्चिममा पर्ने पेरु नामक राष्ट्रका जङ्गली आदिवासी थिए । तिनी थिए मान्छेको शिकार गर्नेहरूका मुखिया । तिनी यति डरलाग्दा थिए कि तिनले अन्य दस जना मुखियालाई मारेर तिनीहरूका टाउका गेँडिदिएका थिए । तिनले ती टाउकाहरूको प्रयोग गरी आफ्नो कुटीको सामु भएका …

Read More »

मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन

ख्रिस्टाब्द १७९५ मा स्कटल्यान्डमा जन्मेका रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरे । मोफाटले जुन ठाउँमा सुसमाचार लिएर गएका …

Read More »

इस्लाम धर्मका विद्वान्‌बाट येशू ख्रीष्टका चेला

भारतको लखनाउमा पढाइरहँदा अब्दुल मसिहले कानपुर घुम्न जाने निधो गरे जहाँ तिनले ब्रिटिस इस्ट इन्डियाका पादरी हेन्‍री मार्टिनसित मित्रता गाँसे । मार्टिनले हरेक आइतबार भिक्षाको लागि जम्मा भएका गरिबहरूलाई प्रचार गर्थे । अब्दुल धनी मानिस भए तापनि मार्टिनको प्रचारबाट प्रभावित भई तिनी पनि ती सेवाहरूमा उपस्थित हुन थाले । त्यहीँ …

Read More »

ख्रीष्टियान बनेपछि मुखियाद्वारा आफ्नै पिताको हत्यारालाई क्षमा

उत्तर अमेरिकामा पर्ने एउटा देशको नाउँ हो, क्यानडा । यो राष्ट्रको पश्चिममा अल्बर्टा नाउँ गरेको प्रान्त पर्दछ । त्यहाँ क्रि नाउँ गरेका जातिका मुखिया बस्थे जसको नाउँ हो— मास्केपेटुन । तिनको जन्म करिब १८०७ मा भएको थियो । तिनी आफ्नो जातिका परिचित अगुवा मात्र नभएर योद्धा पनि थिए । तिनी …

Read More »

पिटर हिचेन्स— बाइबल जलाएका तिनले बाइबलकै पक्षमा वकालत गर्न थाले

ख्रिस्टाब्द १९५१ मा पिटर हिचेन्सको जन्म युरोपेली टापुको मुलुक माल्टामा भएको थियो । तिनका दाजु क्रिस्टोफर हिचेन्स कुख्यात नास्तिक थिए । दाजुभाइ नै धार्मिक दृष्टिकोणबाट सचेत परिवारमा हुर्के तापनि दुवै जना प्रखर नास्तिक बने । आफूले घरमा सिकेका ख्रीष्टियान मूल्य-मान्यताहरूको विरुद्धमा उत्रे तिनीहरू । वास्तवमा पिटरको विद्रोह यति उत्कट थियो …

Read More »

जोन सी. राइट— दक्ष लेखक जसले अन्ततः परमेश्वरमा घुँडा टेके

२२ अक्टोबर १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान र काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् । अरफान्स अफ खायोस, द गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए । कानुनको क्षेत्रमा असफल भएपछि राइट अखबारको दुनियाँमा प्रवेश गरेका थिए । …

Read More »

मार्भिन ओलास्की— जसले आफूले खोजेका शान्ति बाइबलका पानाहरूमा फेला पारे

१२ जुन १९५० मा मार्भिन ओलास्कीको जन्म अमेरिकामा यहूदी परिवारमा भएको थियो । तर तिनी किशोर अवस्थामा नास्तिक बने । कलेजमा मार्क्सवादको शिष्य बनी ख्रिस्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे । त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे । तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाको “हत्या नगर्नू” भन्ने …

Read More »

अलिस्टर म्याकग्रेथ— नास्तिकबाट ख्रीष्टियान बनेका वैज्ञानिक

२३ जनवरी १९५३ मा उत्तरी आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए । तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुईवटा कारण थिए । पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए । दोस्रो, ख्रिस्टाब्द १९६० को दसकमा मार्क्सवादी बन्नु प्रचलित थियो । विज्ञानको इतिहास र दर्शनशास्त्रबारे पढेपछि तिनले …

Read More »

Powered by Youth Circle