गवाही

परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो— कोरोनामाथि विजय प्राप्त ९० वर्षीया वृद्धा

वासिङ्गटन उत्तर-पश्चिममा अवस्थित एउटा अमेरिकी राज्य हो । प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको सम्मानमा यो राज्यको नाउँ वासिङ्गटन राखिएको हो । राजधानी वासिङ्गटन डी. सी. सित नझुक्कियोस् भन्नाका लागि यसलाई अक्सर वासिङ्गटन राज्य पनि भनिन्छ । भूगोलको आधारमा अमेरिकाको अठारौँ ठुलो राज्य वासिङ्गटनको जनसङ्ख्या ७६ लाख रहेको छ ।[i] कोरोना सङ्क्रमणको …

Read More »

कोरोना भाइरसको विरुद्धमा जुधिरहेका नास्तिक डाक्टरले परमेश्वरलाई पाए

डाक्टरको नाउँ हो, जुलिएन उर्बान । तिनी ३८ वर्षका छन् । तिनी कोरोना सङ्क्रमित देश इटालीका नास्तिक थिए । इटालीको अत्यधिक प्रभाविक क्षेत्र लोम्बार्डीको अस्पतालमा तिनी सक्रिय छन् । अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहँदा कसरी परमेश्वरलाई पाए भनी तिनले गवाही दिएका छन् । कोरोना सङ्क्रमितहरूको सङ्ख्या एक्कासि बढेपछि …

Read More »

म येशूको पछि लाग्छु— करोडौँ फ्यान बटुल्न सफल युवा गायक जस्टिन

फोर्ब्स पत्रिकाअनुसार संसारका सबैभन्दा शक्तिशाली दस शीर्ष सेलिब्रेटीको सूचीमा जस्टिन बिबरको नाउँ तीन पटक (२०११, २०१२ र २०१३) परेको थियो । १९९४ मा क्यानडामा जन्मेका तिनी गायक, अभिनेतासाथै सङ्गीतकार हुन् । जस्टिन सामाजिक सञ्जालमा यति प्रसिद्ध छन्, कि ट्विटरमा तिनलाई पछ्याउनेहरूको सङ्ख्या १० करोडभन्दा बेसी छन्; फेसबुकमा तिनका फ्यानहरू करिब …

Read More »

येशूसित सित्तैँमा हिँड्न पाइन्छ— नासाका वैज्ञानिक चार्ल्स डुक

नासाका अवकाश प्राप्त अन्तरिक्षयात्री चार्ल्स डुकको जन्म ख्रिस्टाब्द १९३५ मा अमेरिकामा भएको थियो । १९७२ मा अपोल्लो १६ नाउँ गरेको अन्तरिक्ष यानमार्फत चन्द्रमाको धरातलमा पाइला टेक्दा तिनी ३७ वर्ष मात्र पुगेका थिए । तिनी पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा हिँड्ने दसौँ मानिस बन्नुका अतिरिक्त सबैभन्दा कान्छो व्यक्ति पनि बने । …

Read More »

सम्राट् नै ख्रीष्टियान बने

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई प्रथम ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् । पिता फ्लाभिअसले छोरो कन्स्टेन्टाइनलाई पश्चिमी रोमको सम्राट् बनाए । तर गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली …

Read More »

६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले लाखौँ दर्शकको सामु विश्वास गरे

१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको लागि अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको …

Read More »

झ्यालखानामा नै बाइबल पढेर ख्रीष्टियान भए नास्तिक सैनिक अधिकृत

दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा …

Read More »

दासबाट बिशप बने फ्रुमेन्टस

करिब ख्रिस्टाब्द ३१६ मा फ्रुमेन्टस र इडेसस बालकहरू नै थिए । तिनीहरू आफ्ना आफन्त मेरोपससितै आफ्नो जन्मभूमि टुरोस (हाल लेबानोन) बाट पानी जहाजको यात्रा गरी अफ्रिकी मुलुक इथियोपिया प्रस्थान गरे । तिनीहरू चढेका जहाज लाल समुद्रको तटमा आएर रोकिँदा त्यहाँका स्थानीयहरूले जहाजका मानिसहरूको नरसंहार गरे । यी दुई जना घटनास्थलभन्दा …

Read More »

येशूलाई घृणा गर्ने यहूदी धर्म-गुरुले उहाँलाई मसीहको रूपमा अङ्गाले

तिनको नाउँ हो, चिल स्लोस्तोस्की । तिनी यहूदी धर्मका रब्बी थिए । रब्बी भनेको तोराह (बाइबलका अगिल्ला पाँचवटा पुस्तक) का शिक्षक हुन् । आफ्ना कक्षाहरूमा तिनले ख्रिस्टियमत र येशूलाई घृणा गर्न विद्यार्थीहरूलाई निर्देशन दिन्थे । एक दिनको कुरो हो । आफ्ना सहकर्मीहरूसँगै तिनी हाइफाबाट यरूशलेमतर्फ रेलबाट यात्रा गर्दै थिए । …

Read More »

विख्यात पत्रकार माल्कोम येशू ख्रीष्टका अनुयायी बने  

ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । जवान छँदा सामाजिक समानताको पक्षमा लेख्ने गरे तापनि पछि तिनी साम्यवाद विरोधी बने । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा कामसमेत गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट …

Read More »

Powered by Youth Circle