यस साइटमार्फत तपाईंले धेरै मानिस तथा धेरै विषयमा धेरै कुरा सिकिसक्नुभएको छ । आज मैले आफ्नै बारेमा अवगत गराउने जमर्को गरेको छु । मेरो नाम कमल अधिकारी हो । आजभन्दा ४० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९८० मा मेरो जन्म गोरखा जिल्लाको आँपपिपल अस्पतालमा भएको थियो । यो अस्पताल १९६९ मा यूनाईटेड …
Read More »गवाही
ख्रीष्टियानहरूको अपमान गर्ने पीएच. डी गरेकी नास्तिक प्राध्यापक नयाँ सृष्टि बनिन्
साहित्यमा विद्यावारिधि गरेकी डा. होली अर्डीले फेब्रुअरी २०१४ मा नट गड्स टाइप नामक एउटा पुस्तक प्रकाशित गरिन् । यो किताब उनको आफ्नै व्यक्तिगत कहानी थियो । उनी नास्तिकबाट कसरी ख्रीष्टियान बनिन् भनी उनले यस कृतिमा अवगत गराएकी छन् । उनले सुरु गरेका छन्, “मैले मेरो जीवनमा कहिल्यै प्रार्थना गरेकी छैनँ; …
Read More »अनुसन्धानको क्रममा ख्रीष्टियान कृति पढेर येशूमाथि विश्वास गरे डा. समुएलले
डा. समुएल ब्लुमेनफिल्ड ख्रिस्टाब्द १९२७ मा जन्मेका अमेरिकी लेखकसाथै शिक्षक हुन् । तिनले शिक्षासित सम्बन्धित १० ओटा कृति प्रकाशित गरेका छन् । सरकारी शिक्षाको आरम्भ कहाँबाट भएको होला भन्ने सम्बन्धमा तिनले एउटा अनुसन्धान गरेका थिए । सामूहिक रूपमा सिकाइने शिक्षाको जरा सुधारवाद र खास गरी जोन काल्भिनमा पुगेको छ भनी …
Read More »हिन्दु धर्ममा भक्त प्रितीले आफूले नखोजेकी येशूमाथि विश्वास गरिन्
प्रिती कृष्णनले येशूलाई अङ्गाल्ने थिइन् भनी कहिल्यै अपेक्षा गरेकी थिइनन् । भारतको उत्तर प्रदेश प्रान्तको सर्वाधिक ठुलोसाथै राजधानी सहर लखनऊस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट लखनऊमा उनी विद्यार्थी थिइन् । उनी हिन्दु धर्ममा एक ईश्वरभक्त स्त्री थिइन् । उनले नियमित रूपमा आफ्ना भगवान्हरूलाई प्रार्थना चढाउँथिन् । अधिकांश हिन्दुहरूजस्तै उनी कर्मबारे सचेत …
Read More »संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे
पाश्चात्य उच्च साहित्यहरूका सङ्ग्रहलाई पाश्चात्य जगत्का महान् पुस्तकहरू भनी चिनिन्छ । यी महान् पुस्तकहरूमा झन्डै एक सय लेखकका चार सय पचासभन्दा बढी छनोटहरू समावेश छन् र यसले झन्डै पच्चिस शताब्दीको समयलाई ओगटेको छ । ती लेखकहरूमा होमर, प्लेटो, अरस्तु, प्लोटिनस, अगस्टिन, अक्विनास, डान्टे, हब्बस, स्पिनोजा, काल्भिन, रौसेउ, सेक्सपियर, ह्युम, कान्ट, डार्बिन, …
Read More »पीएलओका सदस्य तासिर सशस्त्र लडाकुबाट आत्मिक लडाकु बने
तिनको नाउँ हो, तासिर अबु सदा । तासिर सशस्त्र द्वन्द्वद्वारा प्यालेस्टाइनको स्वतन्त्रता स्थापित गर्ने उद्देश्यले स्थापित भएको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (अर्थात् पीएलओ) का सदस्य थिए । तिनी पीएलओ प्रमुख यासिर अराफतका व्यक्तिगत चालक पनि थिए । तासिरको जन्म ख्रिस्टाब्द १९५१ मा प्यालेस्टाइनको गाजामा भएको थियो । तिनका माता पिता साउदी …
Read More »ख्रीष्टियान विश्वासलाई खिल्लामा उडाउने प्राध्यापकले अन्तत: घुँडा टेके
रिचार्ड लुम्सडेन अमेरिकाको लुसियाना राज्यस्थित तुलाने विश्वविद्यालयका प्राध्यापक थिए । तिनले परजीविशास्त्रसाथै कोष जीवशास्त्र पढाउने गर्थे । डार्बिनवादी विकासवादलाई अङ्गाल्ने तिनी नास्तिक थिए । तिनको बुझाइमा बाइबलमा अभिलिखित सृष्टिको विवरण काल्पनिकसिवाय केही थिएन । कक्षा कोठाहरूमा ख्रीष्टियान विश्वासको खिल्ली उडाउन पाउँदा तिनलाई आनन्द लाग्थ्यो । ख्रिस्टाब्द १९८० को दसकमा लुसियाना …
Read More »च्यातिएको बाइबल पढेर नयाँ जन्म पाए आन्दोलनकारी युआनले
दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …
Read More »ख्रीष्टियानहरूलाई घृणा गर्ने लेखिकाले अनुसन्धानको क्रममा येशूलाई अङ्गालिन्
३४ वर्षको पुग्दा रोजारिया बटरफिल्ड समलिङ्गी मात्र थिइनन्, तर नास्तिकसाथै न्युयोर्कस्थित साइराकुस विश्वविद्यालयका प्राध्यापक पनि थिइन् । उनी फ्राएड, हेगेल, मार्क्ससाथै डार्बिनका अवधारणाहरूको पक्षपोषक थिइन् । समलिङ्गी अवधारणाको पक्षमा उनी खुलेरै बोल्थिन् । उनी ख्रीष्टियानहरूलाई घृणा गर्थिन् र येशू उनको लागि वाहियात थियो । येशूको नाउँ उनको घाँटीमा हात्तिको दाराजस्तै …
Read More »चुरोटको लागि लगिएको बाइबलद्वारा परिवर्तित झगडालु जँड्याहा प्रचारक बने
अफ्रिका महादेशको दक्षिणमा अवस्थित एउटा भूपरिवेष्टित मुलुकको नाउँ हो, जिम्बाब्वे । गेलर्ड काम्बारामी जिम्बाब्वे बाइबल सोसाइटीका महासचिव थिए । बाइबलको नयाँ करारलाई बाँड्दै जाने क्रममा तिनी एउटा दुर्गम गाउँमा पुगे । एक जना झगडालु जँड्याहा गाउँलेलाई तिनले नयाँ करारको एउटा प्रति दिन खोज्दा उसले लिन इन्कार गर्यो । बाइबलले मानिसलाई …
Read More »