विचार

अपोलोजेटिक्स भनेको के हो ?

अपोलोजेटिक्स (apologetics) एउटा अङ्ग्रेजी शब्द हो जसलाई नेपालीमा रक्षाशास्‍त्र भनिन्छ । रक्षाशास्‍त्र भनेको ख्रीष्‍टियान विश्‍वासको तर्कसङ्गत प्रस्तुतिकरण हो । यसलाई पक्षमण्डनशास्‍त्र पनि भनिएको पाइन्छ । अपोलोजेटिक्स ग्रिक शब्द अपोलोगिया (apologia) बाट व्युत्पन्न भएको हो । नयाँ करारको ग्रिक बाइबलमा यो शब्द आठ पटक देखा पर्छ— प्रेरित २२:१; २५:१६; १ कोरिन्थी …

Read More »

पुस्तक पढ्नुका ७ ओटा फाइदा

माइक्रोसफ्ट संस्थानका सहसंस्थापक बिल गेट्सले भनेका छन्, “पढ्नमा म धेरै समय बिताउँछु ।” जर्ज आर. आर. मार्टिन उपन्यासकार हुन् । २०११ मा अङ्ग्रेजी पत्रिका टाइमद्वारा प्रकाशित संसारका सर्वाधिक प्रभावशाली १०० जना मानिसको सूचीमा मार्टिनको नाउँ पनि परेको थियो । किताब पढ्ने सम्बन्धमा तिनको भनाइ छ, “एउटा पाठक मर्नुअगि उसले एक …

Read More »

नयाँ वर्षबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. अबको ३ दिनपछि हामी नयाँ वर्ष २०२१ मा प्रवेश गर्ने छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यो पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोहरूमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ हो– ग्रेगोरी पात्रो । यो पात्रोअनुसार अहिले हामी २०२० मा छौँ …

Read More »

ख्रिस्टमसबारे ७ ओटा सामान्य प्रश्नका सामान्य जवाफहरू

१. ख्रिस्टमस भनेको के हो ? ख्रिस्टमस जिजस क्राइस्ट अर्थात् येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । यो मूलत: ख्रीष्टियानहरूको बडादिन भए तापनि संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिस उहाँको जन्मोत्सवमा रमाउँछन् । आज यो संसारकै उत्सव बनेको छ …

Read More »

आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी

के येशूले आफूलाई परमेश्वरको रूपमा देख्नुभयो ? उहाँले आफूलाई जस्तो देख्नुभएको थियो हामीले पनि उहाँलाई त्यस्तै देख्नुपर्छ । म सातवटा साक्षी पेस गर्न चाहन्छु जसले उहाँको ईश्वरत्वको दाबीको पुष्टि गर्छन् । १. पिता र म एक हौँ (यूहन्ना १०:३०) यहूदीहरूले येशूलाई प्रश्न गरे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं …

Read More »

ख्रिस्टमसको अवसरमा तपाईंले जान्नुपर्ने ७ ओटा बाइबलीय खण्ड

यहाँ बाइबलका ७ ओटा खण्ड दिइएका छन् जुन कुनै न कुनै दृष्टिकोणबाट येशूको जन्मसित जोडिएका छन् । ख्रिस्टमस उहाँको जन्मको अवसरमा मनाइने महोत्सव भएकोले यो मौसममा यी खण्डहरूबारे ज्ञान हुनु मुनासिब नै हुन्छ । अगिल्ला ३ ओटा खण्ड पुरानो करारका हुन् भने पछिल्ला ४ ओटा नयाँ करारका । १. यशैया …

Read More »

येशूको बारेमा तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

हामी ख्रिस्टमसको मौसममा छौँ । एक जना व्यक्तित्वको कारण ख्रिस्टमस अस्तित्वमा आएको हो । उहाँको नाउँ हो— येशू ख्रीष्ट । येशू ख्रीष्टविनाको ख्रिस्टमसको कल्पना गर्न सकिँदैन । उहाँ नै यो खुसियालीको कारण हुनुहुन्छ । ख्रिस्टमसको अवसरमा उहाँ को हुनुहुन्छ भनेर जान्नु नितान्त आवश्यक छ । १. येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ …

Read More »

ख्रिस्टमसको इतिहासबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्ताबेजहरूमा येशूको जन्म मिति प्रकट गरिएको छैन । तथापि सालको सम्बन्धमा उहाँ …

Read More »

येशूको आगमनले ल्याएको रूपान्तरणका ७ ओटा नमुना

येशूले भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । येशूको आगमनको एउटा उद्देश्य थियो— मानव-जातिलाई प्रशस्तताको जीवन दिनु । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभव गरे, तिनीहरूले संसारका मनग्गे क्षेत्रमा रूपान्तरण ल्याइदिए—नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, कानुन, कला, साहित्य, …

Read More »

ख्रिस्टमसको विरुद्धमा उठाइएका ७ ओटा अवरोधको जवाफ

ख्रिस्टमसको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । ख्रीष्टियानहरूले ख्रिस्टमस मान्नुहुँदैन भन्नाका लागि विविध कारणहरू पेस गरिएका छन् । यस आलेखमा त्यस्ता ७ ओटा कारण पेस गरी तिनको खण्डन गरिएको छ । १. ‘ख्रिस्टमस मनाओ’ भनेर बाइबलमा लेखिएको छैन बाइबलमा ‘ख्रिस्टमस मनाओ’ भनेर नलेखिएकोले हामीले …

Read More »

Powered by Youth Circle