Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

परमेश्वरका छोरीहरू : ९० जना नारीका प्रेरणादायी जीवनी र तिनीहरूका योगदान  

पुस्तकको नाम : परमेश्वरका छोरीहरू : ९० जना नारीका प्रेरणादायी जीवनी र तिनीहरूका योगदान   सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १८० मूल्य रु. : २५० प्रकाशन साल : २०२५ ISBN : 978-9937-1-9272-9 धर्मशास्त्रको पहिलो पृष्ठबाट नै नारीहरूको कथाबिना मानवजातिको कथा भन्न सकिँदैन । यो पुस्तक परमेश्वरका छोरीहरूको जीवनयात्रा हो …

Read More »

विज्ञान र प्रविधिमा ख्रिस्टियन योगदान :  १०५ ओटा वैज्ञानिक खोज सङ्ग्रह (भाग २)

पुस्तकको नाम : विज्ञान र प्रविधिमा ख्रिस्टियन योगदान :  १०५ ओटा वैज्ञानिक खोज सङ्ग्रह (भाग २) लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २०३ मूल्य रु. : २५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन साल : २०२५ ISBN : 978-9937-9-8459-1   आदिम मानिसले कुँदेका प्रारम्भिक ढुङ्गे हातहतियारदेखि टिकटकलाई जन्म दिने डिजिटल क्रान्तिसम्म …

Read More »

विश्व हल्लाउने बाइबलसम्बन्धी ७ ओटा पुरातात्त्विक खोज (भाग १)

पुरातत्त्वविद्या प्राचीन सभ्यता, संस्कृति, धर्म र ऐतिहासिक घटनाहरूको अध्ययन गर्ने एउटा महत्त्वपूर्ण विद्या हो । यसले समयको गर्भमा लुकेका प्रमाणहरू उजागर गर्छ जसले इतिहास र धर्मग्रन्थबारे हाम्रो बुझाइलाई गहन बनाइदिन्छ । पछिल्ला डेढ सय वर्षमा थुप्रै पुरातात्त्विक खोजले बाइबलका ऐतिहासिक सन्दर्भहरूलाई एकपछि अर्को गर्दै पुष्टि गरेका छन् । यिनै खोजले …

Read More »

बाइबललाई साहित्यिक दृष्टिकोणबाट हेर्दा (भाग २)

बाइबल एउटा पवित्र धार्मिक ग्रन्थ मात्र होइन तर विश्व इतिहासको एउटा सबैभन्दा महान् साहित्यिक पुस्तक पनि हो । भाषा त्यो बेला शक्तिशाली हुन्छ जब यसले जानकारी मात्र प्रदान नगरी कल्पना, भावना र गहिरो चिन्तन पनि जगाउँदछ । यस शृङ्खलाको पहिलो भागमा हामीले बाइबलीय पाठ्यांश र ख्रिस्टियन सञ्चारलाई समृद्ध बनाउने सातवटा …

Read More »

बाइबललाई साहित्यिक दृष्टिकोणबाट हेर्दा (भाग १)

परमेश्वरको प्रेरणाबाट लेखिएको भए तापनि बाइबल मानवीय भाषामा लिखित पुस्तक हो । यसको समृद्ध भाषा, जीवन्त चित्रण, प्रेम, न्याय, मुक्ति र विश्वासका गहन विषयवस्तुले विविध संस्कृतिलाई प्रभाव पार्नुका साथै असङ्ख्य पाठकलाई अभिप्रेरित गरेका छन् । धर्मशास्त्रका अतिरिक्त यो कालातीत साहित्यिक र नैतिक खजानाको रूपमा पनि खडा छ । यसमा कथा, …

Read More »

येशूको पापविहीनतका लागि ७ जनाको गबाही

येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानवीय चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । मानव धरतीमा येशू मात्रै एक यस्ता अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गबाहीहरूमा आधारित उचित निष्कर्ष हो । …

Read More »

पृथ्वीबारे १० ओटा तथ्य जसले तपाईंलाई परमेश्वरकहाँ डोर्‍याउँछन्

पृथ्वी बडो विचित्रको र रहस्यपूर्ण छ । हामी पृथ्वीको बारेमा जति धेरै ज्ञान हासिल गर्छौं त्यति नै धेरै छक्क पर्छौं । तपाईं र म बाँच्नका लागि पृथ्वीमा धेरै ससाना कुरा मिलेको हुनुपर्छ । सानो परिवर्तनले पनि जीवको अस्तित्वलाई असम्भव तुल्याइदिन्छ । यहाँ हामी पृथ्वीबारे १० ओटा तथ्यमाथि मनन गर्ने छौँ …

Read More »

मानव शरीरका १० आश्चर्य

मानव शरीर एउटा उल्लेखनीय जैविक मेसिन हो भन्दा फरक पर्दैन । यो यस्ता यस्ता अन्तरसम्बन्धित प्रणालीहरू मिलेर बनेको छ जसले आश्चर्यपूर्ण ढङ्गमा काम गर्दछन् । सानोभन्दा सानो कोषदेखि लिएर जटिलभन्दा जटिल अङ्गसम्म हरेक अङ्गले जीवन कायम राख्न भूमिका खेल्छ । यहाँ हामी मानव शरीरका दश आश्चर्यबारे अध्ययन गर्ने छौँ । …

Read More »

संसारका १० प्रमुख धर्म

धर्मले हजारौँ वर्षदेखि मानव इतिहास, संस्कृति, नैतिकता र विश्वदृष्टिलाई प्रभावित तुल्याएको छ । विश्वभरि अरबौँ मानिसले आफ्ना विश्वास र व्यवहारलाई निर्देशित गर्न आत्मिक मार्गहरू पछ्याउँछन् । यहाँ संसारका १० प्रमुख धर्मको बारेमा चर्चा गरिएको छ । १. ख्रिस्टियन धर्म ख्रिस्टियन धर्म संसारको सबैभन्दा ठुलो धर्म हो । १५७ ओटा देश …

Read More »

परमेश्वरको अस्तित्वका लागि १० ओटा साक्षी

परमेश्‍वरको अस्तित्वको प्रश्न मानव जीवनमा सबैभन्दा आधारभूत खोज हो । ख्रिस्टियनहरूका लागि परमेश्वरमाथिको विश्वास केवल अन्धविश्वासमा आधारित छैन, यो त तर्क, सृष्टि, धर्मशास्त्र बाइबल र व्यक्तिगत अनुभवबाट प्राप्त बाध्यकारी साक्षीहरूमा आधारित छ । यहाँ हामी यस्ता १० ओटा साक्षीबारे मनन गर्ने छौँ । १. विश्‍वको साक्षी यो सम्पूर्ण विश्व कहाँबाट …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle